Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski

  • Home
  • Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski

Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski, Government Organization, Annapurna-3, Lumle, Kaski, .

https://narc.gov.np/wp-content/uploads/2023/09/notice-and-form-2080.pdf
26/09/2023

https://narc.gov.np/wp-content/uploads/2023/09/notice-and-form-2080.pdf

https://narc.gov.np/wp-content/uploads/2023/09/notice-and-form-bandipur-2080.pdf
26/09/2023

https://narc.gov.np/wp-content/uploads/2023/09/notice-and-form-bandipur-2080.pdf

***केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला***३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरि...
21/08/2023

***केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला***

३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले गरेको अन्वेषणमा यस्तो तथ्य पत्ता लागेको वैज्ञानिक डा. राम खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

वैज्ञानिकहरु सुरज वैद्य र खड्कासहितको टोलीलले साउन १० गते शंकास्पद लक्षण पछि एक किसानको फार्मको केरामा लागेको रोगको नमूना काठमाडौं ल्याएर जाँच गरेको थियो ।

काठमाडौंमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा केरामा लाग्ने पुरानो रोग ‘पानामा’ को नयाँ प्रजातिको लक्षण देखिएपछि वैज्ञानिकहरुले त्यसको जाँच सिङ्गापुरमा गराएका थिए । सिङ्गापुरबाट १ भदौमा आएको प्रयोगशाला रिपोर्टमा ‘पानामा टीआर–फोर’ रोग पुष्टि भएको डा‍. खड्काले बताए ।

‘हामीले १० साउनबाट थालेको अध्यायनको नतिजाले नेपालको जी–नाइन’ प्रजातिको केरालाई बिनासै गर्न सक्ने ‘पानामा टीआर–फोर’ रोग नेपालमा भित्रिएको पुष्टि भएको छ,’ उनले भने ।

के हो केरामा लाग्ने यो रोगको प्रजाति ?

वैज्ञानिकहरुकाअनुसार केरामा यो प्रजातिको रोग लाग्नु भनेको केरा नै विनाश हुनु हो । यसअघि सन् १९७४ मा अष्ट्रेलियामा यो रोगको पहिलो प्रजाति ‘पानामा’ फेला परेको थियो । उक्त रोगका कारण अष्ट्रेलियासहित, अफ्रिकाका सबै केरा खेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् । तत्कालीन केराका प्रजातिहरु यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरुले रोगलाई यथावत नै छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केरा खेतीलाई पुनर्जीवन दिएका थिए ।

विश्वभर व्यावसायिक केरा खेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा यही रोगका कारण मासिएको उनी बताउँछन् । ‘पानामा’ रोग नेपालमा १५ वर्ष अघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको नार्कले जनाएको छ ।

नेपालको रैथाने केरामा सो रोग रहेपनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ८० प्रतिशत हिस्सा ओगट्ने ‘जी नाइन’ जातको केरामा नयाँ रोग देखिएको थिएन ।

वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो । भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा भने हालसम्म नदेखिएको डा. खड्का बताउँछन् ।

केरामा पर्ने असर

नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । राष्ट्रिय फलफूल विकास केन्द्रले २०७६ सालमा गरेको अध्ययनमा नेपालको १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । ४ वर्ष अघिको सो तथ्याङ्‍कमा वार्षिक २ लाख ७८ हजार ८९० टन केरा उत्पादन हुने भनिए पनि अहिले सो बढेको अनुमान छ । नेपालमा भएका केरा खेतीमध्ये करिब ८० प्रतिशत ‘जी–नाइन’ प्रजातिका छन् ।

यो प्रजातिमा नयाँ रोग लागेको खण्डमा केराको फेदैदेखि पात पहेंलो हुने र अन्तमा रुखै ढल्ने वैज्ञानिक खड्का बताउँछन् । ‘यो एउटा यस्तो हानिकारक रोग हो जसले केरा सबै नै सखाप बनाउन सक्छ,’ खडकाले भने । बेलैमा यो रोग नियन्त्रण गर्न सकिएन भने नेपालमा व्यावसायिक केरा खेती मासिने जोखिम आफूहरुको अध्यायन र अन्तर्राष्ट्रिय घटनाहरुमा देखिएको खड्काले दाबी गरे ।

के छ निदान ?

रोग पुष्टि भएपछि कैलालीका ती किसानलाई रोगबारे बताइएको र सरकारी नियकालाई पनि जानकारी गराइएको नार्कले जनाएको छ । नार्कको काम अन्वेषणात्मक भएका कारण यसबारे सोमबार विस्तृतमा जानकारी दिएर देशैभरका सरकारी निकाय र कृषकलाई सूचित गर्ने तयारी गरिएको पनि डा. खड्काले बताए ।

तर, नेपालको केरा जोखाउने हो भने तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्ने र त्यहाँबाट प्लान्ट प्रजाातिको ओसार पार तथा मानविय गतिविधि रोक्नु पर्ने वैज्ञानिकहरुले बताएका छन् ।

सरकारले यसबारे बेलैमा कदम नचाले यो रोगले भयवह अवस्था सृजना गर्ने वैज्ञानिकहरुको अनुमान छ ।
https://www.onlinekhabar.com/2023/08/1353128?fbclid=IwAR2lEJ4Xq81yoUeJLA0yXTnpEIJ2jvVXsoavafL4DoNXT1vPl4jtfml-U9E

जुम्ली मार्सी धानलाई रोगबाट जोगाउने वैज्ञानिकहरूको सफल प्रयास सन् २००५ को आसपासबाट ब्लास्ट रोगको प्रकोपका कारण विशेषगरी ...
14/08/2023

जुम्ली मार्सी धानलाई रोगबाट जोगाउने वैज्ञानिकहरूको सफल प्रयास


सन् २००५ को आसपासबाट ब्लास्ट रोगको प्रकोपका कारण विशेषगरी जुम्ला र हुम्लाका उच्च हिमाली भेगमा गरिने जुम्ली मार्सी धानको उत्पादन २५ प्रतिशतभन्दा बढीले घटेको थियो।

नेपाल र यूकेका कृषि वैज्ञानिकहरूको संयुक्त प्रयासमा मरुवा रोग पनि भनिने ब्लास्टप्रतिरोधी अनुवंश भएको आईआर-६४ नामक प्रजातिको बीउको अनुवंश जुम्ली मार्सीमा मिसाएर तीन प्रकारका रोगप्रतिरोधी बीउ तयार पारिएको वैज्ञानिकहरू बताउँछन्।

झन्डै डेढ दशक लगाएर विभिन्न किसिमका परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि जुम्ली मार्सीलाई रोगप्रतिरोधी बनाइएको उक्त अनुसन्धानमा सक्रिय रहेका एक अनुसन्धानकर्ताले बताए।...... बाकीं तलको लिंकमा पढ्नुहोस् l

बीउको चरित्र परिवर्तन गर्ने एउटा प्रविधिको प्रयोग दक्षिण एशियमै पहिलो पटक गरेर विश्वको सर्वाधिक उचाइमा फल्ने न.....

03/07/2023
Photo Credit: कृषि प्रविधि संचार
02/07/2023

Photo Credit: कृषि प्रविधि संचार

माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्यू, कृषि अनुसन्धानका गतिविधि अनुगमनको लागि कृषि अनुसन्धान निर्देशनालय, लुम्लेम...
19/06/2023

माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्यू, कृषि अनुसन्धानका गतिविधि अनुगमनको लागि कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा

सुन्तला र डालेघाँसको विरुवाहरु बिक्रिवितरणको सूचना
09/06/2023

सुन्तला र डालेघाँसको विरुवाहरु बिक्रिवितरणको सूचना

आवेदन फारम https://narc.gov.np/wp-content/uploads/2023/03/Application-1.pdf
27/03/2023

आवेदन फारम
https://narc.gov.np/wp-content/uploads/2023/03/Application-1.pdf

Address

Annapurna-3, Lumle, Kaski

33711

Alerts

Be the first to know and let us send you an email when Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Directorate of Agricultural Research, Gandaki Province, Lumle Kaski:

  • Want your organization to be the top-listed Government Service?

Share