Drishya Adhikari

Drishya Adhikari संयोजक
अनेरास्ववियू क्रान्तिकारी गण्डकी विश्वविद्यालय

संयोजक
GenZ Red Force Nepal गण्डकी प्रदेश

24/12/2025

जेन्जेड रेड फोर्स नेपालले आगामी फागुन २९ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको औपचारिक घोषणा गरेको छ। केन्द्रीय समितिको मिति २०८२/०१/०९ मा सम्पन्न बैठकको निर्णयअनुसार उम्मेदवार छनोट गरिएको हो।

केन्द्रीय समितिद्वारा जारी सूचनाअनुसार संगठनका सम्पूर्ण संरचना, प्रदेश समिति, जिल्ला समिति तथा सदस्यहरूलाई जानकारी गराउँदै जम्मा ११ जना उम्मेदवार चयन गरिएको छ। यी उम्मेदवारहरू प्रत्यक्ष र समानुपातिक गरी दुई विधामा छनोट भएका हुन्।

प्रत्यक्षतर्फ ६ जना उम्मेदवार चयन भएका छन्। उनीहरूमा स्मृति तिमिल्सिना, केन्द्रीय संयोजक; सीमा शाही, केन्द्रीय सदस्य; सन्दीप नुडल, केन्द्रीय सदस्य; अभिषेक जङ्ग शेर्पाली, केन्द्रीय सदस्य; होमनाथ घिमिरे, प्रदेश प्रतिनिधि; र सुदिप खड्का, प्रदेश प्रतिनिधि रहेका छन्।

त्यसैगरी समानुपातिकतर्फ ५ जना उम्मेदवार छनोट गरिएको छ। यसअन्तर्गत सुरज परियार, केन्द्रीय सदस्य; दृश्य अधिकारी, प्रदेश प्रतिनिधि; शुभाष अधिकारी, केन्द्रीय सदस्य; नवीन बस्तेाला, केन्द्रीय सदस्य; र जुनेद खान, प्रदेश प्रतिनिधि रहेका छन्।

केन्द्रीय समितिले छनोट भएका सबै उम्मेदवारहरूलाई संगठनको नीति, सिद्धान्त र कार्यक्रमअनुसार एकताबद्ध भई निर्वाचन अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, प्रदेश तथा जिल्ला समिति सहित संगठनका सबै तहलाई उम्मेदवारहरूको पक्षमा आवश्यक समन्वय, प्रचार–प्रसार र सहयोग गर्न आह्वान गरिएको छ।

विज्ञप्तिको अन्त्यमा संगठनले एकता, संघर्ष र परिवर्तनलाई मूल अभियानका रूपमा अघि बढाउँदै निर्वाचनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Address

Pokhara 23
Kaski
33700

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 14:00

Telephone

+9779817131023

Website

Alerts

Be the first to know and let us send you an email when Drishya Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Drishya Adhikari:

Share

Category