02/04/2026
सेवा नै धर्म हो ।
मिति २०८२ साल चैत्र १९ गतेका दिन, वाणगङ्गा ट्रक व्यवसायी समितिको सौजन्य तथा वैरिया युवा समाजको सक्रिय सहयोगमा, श्रृङ्गिघाट (देउराली घाट) क्षेत्रमा बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन गरिएको सामूहिक श्रमदान कार्यक्रममार्फत प्रतिक्षालय निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस महत्वपूर्ण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण वैरिया युवा समाजका सदस्यहरू तथा सहयोगी हातहरू प्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौं।
सामूहिक प्रयास र सेवाभावले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आगामी दिनहरूमा समेत यस्तै सहकार्य निरन्तर रहने अपेक्षा गर्दछौं।