16/02/2023
ट्राफिक सचेतना कार्यक्रम
===================
मिति २०७९।११।०४ गते यस कार्यालय तथा मातहत ट्राफिक प्रहरी ईकाइहरुबाट खटिएको ट्राफिक प्रहरी टोलिले लुम्बिनी प्रदेश स्तरीय चालक तथा यात्रु सचेतना कार्यक्रममा सवारी चालक, सह-चालक, यात्रु, पैदल यात्री, विद्यार्थी तथा सर्बसाधरणहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनीकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण गरिदै ।