Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान

  • Home
  • Nepal
  • Kapilvastu
  • Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान

Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान लोकतन्त्रिक बाम गठबन्‍धन को साझा उम्मेदवार, प्रदेश सभा, कपिलवस्तु ३ (क)

20/02/2026
12/02/2026

एमाले केन्द्रीय सदस्य तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र कपिलवस्तु जिल्ला क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया बिच भएको चुनावी प्रचारप्रसारमा करोडौं खर्च हुने बारेको पैसा लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएको छ। यो अडियो अपुष्ट रहेपनि चुनावमा डेढ करोड खर्च गर्नुपर्ने भनेर गोपाल बहादुर थापाले भनेको र २५/३० लाख भन्दा धेरै दिन नसकिने कुरा उम्मेदवार प्रकाश रजौरियाले गरेका छन्।
यहाँ दुबै जनाको नियतमाथि प्रश्न उठेको छ। टिकटका लागि करोड करोडको बार्गेनिङ गर्ने एमाले केन्द्रीय सदस्य गोपाल बहादुर थापा र चुनावमा २५/३० लाखमा टिकट किन्न खोज्ने घण्टी चिन्हका उम्मेदवार प्रकाश रजौरिया यी दुबैको नैतिकता माथी गम्भीर प्रश्न उठेको छ। @जिल्ला निर्वाचन आयोग कपिलवस्तुको ध्यानाकर्षण गरादउँछु।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा ले डेढ करोड लिएर काङ्ग्रेसका नेता विरेन्द्र कनौडियालाई एमालेको टिकट उपलब्ध गराएको आशंका समेत सर्वसाधारण जनतामा शंका उत्पन्न हुन थालेको छ। नाम नबताउने शर्तमा एमालेकै एक जिल्ला सदस्यले एमालेको टिकटका खरिद गर्न का लागि विरेन्द्र कनौडियाले २००००००० दुई करोड नेपाली रुपैयाँ एमाले जिल्ला कमिटीलाई बुझाएको जानकारी दिएका छन्।

२ करोडमा एमालेको टिकट किन्ने विरेन्द्र कनौडियाबाट आम जनमानसले के आशा राख्ने? अब प्रश्न गर्नुहोस्।
डेढ करोड दिने हैसियत छैन तर २५/३० लाख दिन सक्छु भनेर विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा संग टिकटको बार्गेनिङ गर्ने र डेढ करोड दिने असम्भव भ‌एपछि पार्टी परिवर्तन गरि रास्वपा मा समाहित भएका “राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया लाई पनि प्रश्न गर्नुहोस्!
तपाइँले कति लाखमा घण्टीको टिकट किन्नु भ‌एको हो? अब टिकट किन्न दिएको त्यत्रो पैसा कसरि उठाउने सोच गर्नु भएको छ? भ्रष्टाचार गर्ने हो?

जनता लाटा त छैनन् तर अहिले परिवर्तन को नाममा गलत व्याक्तिप्रति आकर्षित हुने युवा साथीहरू प्रति गम्भीर भ‌इदिन विनम्रता पूर्वक आग्रह गर्दछु ।

अब भोट न एमाले न घण्टी मात्र रातो तारामा 🌟
हामी नेपाली साराले
जित्नै पर्छ ताराले

11/02/2026

जनताको प्रचण्ड बहुमत समर्थनसहित कॉमरेड एहसान
कॉमरेड एहसान अहमद खाँ निरन्तर जनताको बीचमा पुग्दै जनआवाज सुन्ने र जनचासोलाई प्राथमिकतामा राख्ने नेताको रूपमा स्थापित हुँदै जानु भएको छ। घर–दैलो अभियानका क्रममा उहाँले आदरणीय कमरेड प्रचण्डले जनताको हितमा गरेका ऐतिहासिक तथा परिवर्तनकारी कार्यहरूको स्पष्ट र तथ्यगत व्याख्या गरिरहनु भएको छ।
आदरणीय कमरेड प्रचण्डको मार्गदर्शन र जनताको चाहनाअनुसार सधैं जनतामुखी कार्य गर्ने दृढ प्रतिबद्धतासहित अघि बढिरहनु भएका कॉमरेड एहसानलाई आज जनताबाट व्यापक समर्थन प्राप्त भइरहेको छ। यही जनविश्वास र प्रचण्ड बहुमत समर्थनका साथ उहाँ जनताकै घर–दैलोमा खटिँदै परिवर्तनको अभियानलाई थप सशक्त बनाइरहनु भएको छ।
Mana Budha
Keshar Oli
Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान
शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु

17/11/2022
17/11/2022
देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइनन् । एम...
17/11/2022

देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइनन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको दक्षिणपन्थी गठबन्धन र हाम्रो वाम–लोकतान्त्रिक गठबन्धनले आजको राजनीतिका दुई प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । दक्षिणपन्थी गठबन्धनको उद्देश्य हो— संविधानलाई कमजोर बनाउने र व्यवस्थालाई भित्रैबाट भत्काउने । हिजोसम्म लोकतन्त्रकै नाममा लोकतन्त्रको हत्या गर्न उद्यत ओलीले यस पटक सबै पर्दा च्यातेर सीधै राप्रपाको झन्डा समाउनुभएको छ । यो २०६२/६३ को जनआन्दोलनमाथिको सीधा विश्वासघात हो । यसले ओली प्रवृत्तिको नियत र गन्तव्य देखाउँछ।

क. प्रचण्ड / Comrade Prachanda

देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइ...

सार्वजनिक अपिलआदरणीय जनसमुदाय लाल सलाम,                                 यस पटक हामी सबैले आफ्ना गुनासा , कुन्ठा र असहमति...
17/11/2022

सार्वजनिक अपिल

आदरणीय जनसमुदाय लाल सलाम,
यस पटक हामी सबैले आफ्ना गुनासा , कुन्ठा र असहमति हरुका वावजुद ब्यवस्था र प्रणालि जोगाउन गठबन्धनको पक्षमा मतदान गर्नुहुन विनम्र अनुरोध गर्दछु । हामि सहितको ३ पुस्ताको त्याग ,बलिदान र योगदान बाट प्राप्त उपलब्धिहरुको रक्षाका लागी लोकत्रान्त्रिक बाम गठबन्धनलाई मतदान गरि जिताऔं! यो देशमा ब्याप्त राजनैतिक बेथिती , देश र जनताका सामान्य अपेक्षा समेतको बेवास्ता र संमग्र मुलुकको कहालिलाग्दो अबस्थाका कारणले देखिएको चरम निरासामा खेल्न खोज्ने कथित प्रतिगामी तत्वहरु, लक्ष्य र गनतब्यहिन गैर राजनैतिक शक्तिलाई बैकल्पिक राजनैतिक शक्ति मान्न सकिन्न ! त्यसैले आ-आफ्नो स्थानमा प्रत्यक्षमा रूख, हसिया हतौडा र समानुपातिकमा आफुलाई मन पर्ने दललाई भोट हालौ!
दलको विकल्पमा अझ उन्नत अझ बढि सहभागितामुलक अझ समावेशी लोकतान्त्रिक दलहरु नै हुन र बनाउने हो! कोहि भ्रममा नपरौ!
यसपटक सबैले सबै तिर ५ दलिय गठबन्धनलाई नै मतदान गरौ र संघिय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गरौ!
यस पछिको बाटो भनेको समृद्दी र बिकासको बाटो हुदै समुन्नत समाजबाद नै हो!

जय गठबन्धन !!!!
लाल सलाम !!!! ✊

Ahsan Khan
प्रदेश सभा सदस्य उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. ३ 'क'

17/11/2022

हाम्रो यात्राले शिखर चुम्दै छ, विजय उत्सवको तयारीमा लाग्नुहोस् ।

भोट हाल्न हसिया हथौडा चिन्ह नबिर्सनु होला ।
Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान

Address

Kapilvastu 3(क)
Kapilvastu

Telephone

+9779824437444

Website

Alerts

Be the first to know and let us send you an email when Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ahsan Ahmad Khan एहसान अहमद खाँ जिताउ अभियान:

Share

Category