Gita Chaudhary Secretariat - गिता चौधरी सचिवालय

  • Home
  • Nepal
  • Kanchanpur
  • Gita Chaudhary Secretariat - गिता चौधरी सचिवालय

Gita Chaudhary Secretariat - गिता चौधरी सचिवालय यो पेज माननीय गिता चौधरीको सचिवालयले प्रयोग गर्ने पेज हो ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग माननीय मन्त्रीज्यूले  चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि क...
19/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग माननीय मन्त्रीज्यूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीज्यूले प्रधानमन्त्री शाहज्यूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।

सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित थारु राष्ट्रिय सांस...
17/08/2026

थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित थारु राष्ट्रिय सांस्कृतिक टिहुवार गुरही/गुरिया–२०८३ समुद्घाटन समारोहमा कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरीज्यू सहभागी हुनुभएको छ ।

थारु समुदायको समृद्ध सांस्कृतिक विरासत, मौलिक परम्परा र सामाजिक एकताको सम्मान गर्दै यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र पुस्तान्तरणमा सबैको साझा भूमिका आवश्यक छ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण थारु समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । 🙏

17/08/2026

हाम्रो संस्कृति प्रकृतिप्रतिको सम्मान सिकाउँछ। गुरही पर्वमा गाइने किराको पूजा गर्ने थारू समुदायको मौलिक परम्परा यसको सुन्दर उदाहरण हो। गाइने किरा हानिकारक किराहरू नियन्त्रण गरी कृषि, स्वास्थ्य र पारिस्थितिक प्रणालीको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ।
गुरही पर्वको शुभकामना !

नाग पञ्चमीको हार्दिक शुभकामना 🙏
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना 🙏

12/08/2026

राष्ट्र निर्माणका संवाहक, परिवर्तनका अभियन्ता र समृद्ध भविष्यका आधारस्तम्भ सम्पूर्ण युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना !

कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा रहेको  दुग्ध विकास सस्थानले आक्रमक बजारीकरण तथा संस्थानमा रहेको मौज्...
11/08/2026

कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास सस्थानले आक्रमक बजारीकरण तथा संस्थानमा रहेको मौज्दातको खपतबाट सृजित बिक्री आम्दानीबाट यस तिन महिनामा कृषक भुक्तानीलाई ७२ करोडबाट करिब ३५ करोडमा सिमित गर्न सकिएको र सो लाई अझै थप सुधार गरि ७ महिनासम्मको भुक्तानी दुरीलाई २-३ महिनामा ल्याइ सकिएको र सो लाई अझै एक महिनामा झार्ने लक्ष्य अनुरुप कार्य भैरहेको। यस बीचमा भएका मुख्य मुख्य कार्यहरुः
• धुलो दुध ६०० मे.टन र मखन ४५० मे.टन मौज्दात रहेकोलाई खपत गराई बिक्री आम्दानी बढाइएको।
• दैनिक बिक्री आम्दानीलाई ६० लाख दैनिकबाट ९० लाख पुर्याउन सफल भएको। र यस बाट आएको थप रकमलाई शत प्रतिशत कृषक भुक्तानीमा लगाइएको।
• संस्थानका अनिवार्य बाहेकमा अन्य खर्चहरुलाई न्युनिकरण गरि कृषक भुक्तानीमा प्राथमिकता दिइएको।
• निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा ८ वटा डेडिकेटेड सेल्स काउन्टर खोलिएको।
• बाँकी बक्यौता असुलीमा दृढता तथा कठोरताका साथ लागी रकम उठाइएको।
• कर्मचीहरुलाई दिइँदै आइएको सहुलियत दुध तथा घ्यूको सुविधालाई कटौती गरि बार्षिक ३ करोडको अतिरिक्त बचत गरिएको।
यस बीचमा नेपाल सरकारबाट कुनै पनि किसिमको सहुलियत कर्जा तथा अनुदानहरु नलिएको र संस्थानको आन्तरिक सुधार तथा आक्रमक बजारीकरणबाट नै कृषक भुक्तानीलाई सहजिकरण गरिएको।

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको प्रमुख आतिथ्यतामा "सामुदायिक वन दिवस २०८३" को अवसर पारेर आयोजित 'र...
10/08/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको प्रमुख आतिथ्यतामा "सामुदायिक वन दिवस २०८३" को अवसर पारेर आयोजित 'राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह' सम्पन्न भएको छ।
माननीय मन्त्रीज्यूबाट वन तथा वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन र वनको दिगो व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरू तथा विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान-पत्र वितरण गरिएको छ।
सम्बोधनको क्रममा माननीय मन्त्रीज्यूले सामुदायिक वनले नेपालको हरियाली प्रवर्द्धन गर्न, वातावरणीय सन्तुलन कायम राख्न र स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्न पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुदै आगामी दिनमा वन पैदावारको समुचित उपयोग गर्दै कृषिसँग जोडेर हरित अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो।
यस अवसरमा पुरस्कृत हुनुहुने सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह तथा महानुभावहरूमा हार्दिक बधाई ज्ञापन गर्दै, वन संरक्षणको यस महान् अभियानमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौं।
वन संरक्षण र दिगो विकासमा हाम्रो सामूहिक प्रयास निरन्तर रहिरहोस्।

09/08/2026

विश्व आदिवासी दिवसको हार्दिक शुभकामना 🙏

नेपालको विविध भाषा, संस्कृति, परम्परा, पहिचान तथा सभ्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा आदिवासी जनजाति समुदायले पुर्‍याउँदै आउनुभएको अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु।

आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, समानता, सामाजिक न्याय र समावेशिताको संरक्षण तथा प्रवर्द्धन गर्दै समृद्ध, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि हामी सबै एकजुट भएर अघि बढौँ।

यस विशेष अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायमा विश्व आदिवासी दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

कृषि उत्पादनको बजारीकरण, किसानका समस्या र कृषि सुधारबारे तीन मन्त्रालयबीच संयुक्त छलफल। कृषि, वन तथा पर्यावरण मन्त्री गि...
06/08/2026

कृषि उत्पादनको बजारीकरण, किसानका समस्या र कृषि सुधारबारे तीन मन्त्रालयबीच संयुक्त छलफल।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनाको संयुक्त उपस्थितिमा नुवाकोट, काभ्रे र धादिङका किसानसँग कृषि उत्पादनको बजारीकरण, मल व्यवस्थापन, वन्यजन्तुबाट हुने बाली क्षति, कृषि पूर्वाधार तथा कृषि सुधारका विषयमा विस्तृत छलफल सम्पन्न भयो।

06/08/2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रियसभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ पेस गर्नुभएको छ।

Address

Kanchanpur
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Gita Chaudhary Secretariat - गिता चौधरी सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category