28/10/2025
नमस्कार सबै आत्मीय जनहरूमा,
दशैँ तिहार र छठको लामो बिदा पश्चात सबैजसो विद्यालयहरू आजबाट सुचारु हुँदै छ ।
एउटा महत्वपूर्ण सूचना सम्झाएँ है !
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विषय दर्ता फाराम भर्ने सम्बन्धी सूचना गत आश्विन २७ गते प्रकाशित गरिसकेको छ । यसका लागि फाराम भरी नियमित शुल्क बुझाउने मिति यहि कार्तिक १६ गते सम्म रहेको छ । त्यसैले आजै विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूलाई खबर गरी तुरुन्तै फाराम भरिइहाल्नुस् है ।