16/03/2026
स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पसद्वारा टीकापुर नगरपालिका कार्यवाहक नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत ज्यू समक्ष ध्यानाकर्षण पत्र ।
स्वतन्त्र विद्यार्थी यूनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस यस टीकापुर क्षेत्रमा रहेका समग्र विद्यार्थीहरू तथा समाजका साझा मुद्धामा निरन्तर खबरदारी, समझदारी र सहकार्य गर्दै समग्र विद्यार्थीका समस्यालाई निरुपण गर्न अग्रसर रहेको कुरा यहाँ हरू सम्पूर्णलाई अवगत नै छ ।
नेपालको संघिय संरचना अनुरुप टीकापुर नगरपालिका स्थानिय सरकारको प्रमुख अङ्ग भएको र यस क्षेत्रको शैक्षिक अवस्थाको अनुगमन गर्ने, अनुसन्धान गर्ने तथा देखिएका समस्याको समाधान गर्नु स्थानिय तहको कर्तव्य पनि हो। यस क्षेत्रका विद्यालय तथा विद्यार्थीहरू माझ आएका समस्याहरूलाई समावेश गरी वीरेन्द्र विद्या मन्दिर क्याम्पस स्ववियु ले यो भन्दा पहिले पनि ध्यानाकर्षण पत्र बुझाएको तर पूर्णरूपमा कार्यान्वयन भएको नदेखिएको हुँदा निम्न कुराहरूलाई गम्भीरतापूर्वक लिई समस्या समाधान गर्नहुन हार्दिक अनुरोध गर्दछु ।
१) खडक चोक देखि वीरेन्द्र विद्या मन्दिर क्याम्पस सम्मको सडक यस क्याम्पसमा अध्ययनरत २००० भन्दा बढी विद्यार्थी आवत जावत गर्ने प्रमुख सडक खण्ड हो । उक्त सडक वरिपरि रहेका होटल तथा व्यवसायीहरु बाट निस्कने फोहोरपानी सडकमै मिसाइएको हुँदा सडकमा यातायात दुर्घटनाको जोखिमका साथै वातावरणीय पर्यावरण निकै दुर्गन्धित भई विद्यार्थीहरूको आवतजावतमा समस्या भएको गुनासो आएको र हामीले बारम्बार सम्बन्धित होटल तथा व्यवसायीसँग समन्वय गर्दा पनि समाधान नआएको हुनाले तत्काल उक्त फोहोरपानीको ढल निकासा गरी व्यवस्थित गर्नुपर्ने ।
२) साथै उक्त सडकमा बर्षातको समयमा पानि जम्ने सडकमा परेका खाल्डामा परी पटक पटक कयौ विद्यार्थीहरु दुर्घटनामा परेको गुनासो स्व.वि.यू मा आयको कारण उक्त सडक पुन गार्बिल गरि कालो पत्रे गर्नुपर्ने ।
३) वीरेन्द्र विद्या मन्दिर क्याम्पसको गेट वरीपरीको सडकमा फोहोर राख्ने डष्टविनको व्यवस्था नभएको हुँदा क्याम्पस गेटजोड्ने दुवै सडक तर्फ नगरपालिकाले फोहोर राख्ने डष्टबिनको व्यवस्था गर्नुपर्ने ।
४. खड्ग चोक देखि क्याम्पस गेट सम्मको सडक खण्डको छेउछाउमा रहेका पसल तथा संस्थाहरुका सवारी साधन आफ्नो हाता भित्र पार्किङ गराई दुर्घटना हुनबाट बचाउन अनुरोध ।
५. टीकापुर नगरपालिकाले शैक्षिक संस्था देखि १०० मि. सम्मको दुरीमा धुम्रपान, मद्यपान तथा सुर्तिजन्य पदार्थ बेच्न नपाईने सुचना प्रकाशित गरेको तर उक्त सुचना अनुरुप वीरेन्द्र विद्या मन्दिर क्याम्पसको सडक खण्डक छेउछाउमा रहेका पसलमा कार्यन्वयन नभएको खबर आएको हुनाले उक्त क्षेत्रमा कार्यन्वयन गर्न माग गर्दछौ ।