इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन

  • Home
  • Nepal
  • Jhawani
  • इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन .

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१।०७।१३ गते दिउसो अ. १४:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका ...
30/10/2024

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१।०७।१३ गते दिउसो अ. १४:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा न.९ कपुरफोर स्थितमा यस इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडीको संयुक्त आयोजनामा अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडीका कार्यालय प्रमुख प्र.ब.ना.नि विष्णु बहादुर थापाले रत्ननगर नगरपालिका वडा न. ९ स्थित कपुरफोर माध्यामिक विद्यालयको छात्रा, छात्र शिक्षक शिक्षिका गरी अ. ५० जनाको उपस्थित संख्यालाई ट्राफिक नियम र सवारी दुर्घटना सम्बन्धी विषयमा प्रशिक्षण दिईएको ।

29/10/2024
समुदाय–प्रहरी साझेदारी कार्यक्रमआज मिति २०८१।०७।०८ गते बिहान ११:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालीका वडा न. ४ क...
25/10/2024

समुदाय–प्रहरी साझेदारी कार्यक्रम

आज मिति २०८१।०७।०८ गते बिहान ११:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालीका वडा न. ४ को कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका महिला तथा बालबालिका सेवा केन्द्र को अधिकृत दिपा घिमिरे को उपस्थितिमा श्री राष्टिय आधारभुत बिद्यालय देवौली मा कक्षा ६,७ र ८ का छात्र, छात्रा शिक्षक, शिक्षिका गरी ८० जनालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी मा कार्यरत प्र.स.नि राकेश बि.क. द्वारा लागुऔषध दुर्व्यशन नियन्त्रण सम्बन्धि जनचेतना मुलक प्रशिक्षण प्रदान गरिएको ।

22/10/2024
चाडपर्व लक्षित विशेष सुरक्षा योजना मुताबिक आज मिति २०८१।०७।०६ गतेका दिनमा यस इलाका प्रहरी कार्यालय, टाँडी रत्ननगरको आयोज...
22/10/2024

चाडपर्व लक्षित विशेष सुरक्षा योजना मुताबिक आज मिति २०८१।०७।०६ गतेका दिनमा यस इलाका प्रहरी कार्यालय, टाँडी रत्ननगरको आयोजनामा तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा ज्युको प्रमुख आतिथ्यतामा यस कार्यालयको क्षेत्राधिकार भित्रको स्थानमा अवस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु संग बैंक तथा बित्तिय संस्थामा विधमान सुरक्षा जोखिमहरु र ति जोखिमहरुलाई न्युनिकरण गर्ने उपायहरुका बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. रञ्जन अवा ज्यु, रत्ननगर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कलाधर पौडेल ज्यु, बैंक तथा वित्तिय संस्थाका ५१ जना प्रमुख तथा प्रतिनिधि ज्युहरुको उपस्थिति रहेको, उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी विपिन शर्मा आचार्यले गर्नु भएको ।

प्रेशर हर्न बजाएर ध्वनि प्रदुषण गरेको भन्ने जनगुनासो स्थानीयबाट प्राप्त भएको हुँदा सो को नियन्त्रणको लागि इलाका प्रहरी क...
21/10/2024

प्रेशर हर्न बजाएर ध्वनि प्रदुषण गरेको भन्ने जनगुनासो स्थानीयबाट प्राप्त भएको हुँदा सो को नियन्त्रणको लागि इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडीको संयुक्त चेकिङ टोलीले आज मिति २०८१।०७।०५ गतेका दिन जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.९ स्थित टिकौली जङ्गलमा गरेको चेकिङ्को क्रममा १२३ (एक सय तेईस) थान प्रेशर हर्न नियन्त्रणमा लिएको तथा सवारी चालकहरुलाई प्रेशर हर्नबाट सर्वसाधारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको बारेमा जानकारी गरिएको । District Police Office Chitwan Bagmati Province Police Office, Hetauda

11/06/2024

प्रतिवन्धित औषधिजन्य लागुऔषध सहित २ जना नियन्त्रणमा ।
******************************************
मिति २०८१/०२/२५ गते अं. १४:३० वजेको समयमा प्राप्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. १२ मिलिजुलीचोक स्थित भित्रि सडकखण्डमा बा प्र ०६-००१ प ५४४९ नम्वरको FZs मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक जिल्ला चितवन राप्ती न.पा वडा न.११ वस्ने वर्ष-३० को सरोज कुमार तामाङ र सोहि मोटरसाईकलमा सवार ऐ.ऐ. बस्ने वर्ष-२८ को बिनोद परियारले झोलामा लुकाई छिपाई ल्याएको प्रतिवन्धित लागु औषध Tramadol Hydrochloride Capsules IP 50 mg TRAMANIL लेखिएको १५०० क्यापसुल, Promethazine Hydrochloride Tablets IP Anargan - 25 लेखिएको १५०० ट्यावलेट फेला परेको हुँदा निज सरोज कुमार तामाङ र बिनोद परियार उक्त लागुऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागुहुने गरी दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँढी, चितवनको अनुरोध "..................
30/05/2024

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँढी, चितवनको अनुरोध "..................

लागु ओैषध सहित मानिस नियन्त्रणमा ।*********************************मिति २०८१।०१।१८ गते दिनको अन्दाजी १६:०० बजेको समयमा ज...
03/05/2024

लागु ओैषध सहित मानिस नियन्त्रणमा ।
*********************************
मिति २०८१।०१।१८ गते दिनको अन्दाजी १६:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.१३ स्थित ऐ.ऐ वस्ने बिमलराज श्रेष्ठको घर रितपुर्वक खानतलासी गर्दा निज बिमलराज श्रेष्ठको घर कोठा भित्र प्रतिवन्धित लागु औषध DIAZEPAM ४१ एम्पुल, Buprenorphine ४१ एम्पुल र Promethazine ४१ एम्पुल गरी जम्मा १२३ एम्पुल , NITRAZEPAM ६०० ट्यावलेट , प्रतिवन्धित औषधी Tramadol ५९० ट्यावलेट, प्रतिवन्धित औषधी ANARGAN ९१० ट्यावलेट र प्रतिवन्धित औषधी Prometh ७०० ट्यावलेट फेला परेको हूँदा निजलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध कसुर मुद्दामा अनुसन्धान भई रहेको ।

12/04/2024

रत्ननगर, चैत ३० । पूर्वी चितवनको कालिका नगरपालिकाबाट लागु औषध गाजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्....

Address

Chitwan
Jhawani
44203

Alerts

Be the first to know and let us send you an email when इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category