सानोकेर्खाका गतिबिधिहरु

  • Home
  • Nepal
  • Jhapa
  • सानोकेर्खाका गतिबिधिहरु

सानोकेर्खाका गतिबिधिहरु Sanokerkha, jhapa, Nepal

झापा, कमल गाउँपालिका-३, सानोकेर्खा निवासी ज्ञान बहादुर लिम्बुकी धर्मपत्नी ४० वर्षीया सरस्वती मगर लिम्बुको असामयिक निधनको...
07/07/2026

झापा, कमल गाउँपालिका-३, सानोकेर्खा निवासी ज्ञान बहादुर लिम्बुकी धर्मपत्नी ४० वर्षीया सरस्वती मगर लिम्बुको असामयिक निधनको खबरले निकै दुःखी तुल्यायो। सर्पको डसाइका कारण उहाँले ज्यान गुमाउनुपरेको घटना अत्यन्तै हृदयविदारक छ।
यस दुःखद घडीमा स्वर्गीय सरस्वती मगर लिम्बुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ र ईश्वरले उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दछौ।

01/07/2026

📢 हाम्रो टोल, हाम्रो जिम्मेवारी: सचेतना सूचना ❗️

सम्पूर्ण सानोसेर्खा बासीहरु,
हाम्रो सुन्दर टोललाई सफा, सुरक्षित र व्यवस्थित बनाउन हामी सबैको सक्रिय सहभागिता जरुरी छ। कृपया निम्न कुराहरूमा ध्यान दिनुहोला:

🐾 घरपालुवा कुकुर धनीहरूका लागि:
आफ्ना कुकुरहरूलाई घरबाहिर जथाभावी नछाड्नुहोस्।
कुकुरहरूलाई सधैं नियन्त्रणमा (Leash मा) राख्नुहोस्।
सम्बन्धित निकायमा अनिवार्य दर्ता गराउनुहोस्।

🐕 भुस्या कुकुर व्यवस्थापन:
सडकमा छाडा कुकुरको समस्या समाधानका लागि हामी सम्बन्धित निकायसँग समन्वय गर्दैछौं।

👁️‍🗨️ घरबाहिर फोहोर नफाल्नुहोस्, जसले गर्दा भुस्या कुकुरहरूको संख्या बढ्ने गर्दछ।

हाम्रो सानो प्रयासले नै हाम्रो टोललाई सुरक्षित बनाउन सकिन्छ। सहयोगका लागि सम्पूर्णमा हार्दिक धन्यवाद!

"सानोकेर्खा र बोराटोल केर्खाबजार जोड्ने वैकल्पिक पुल निर्माणको काम तीव्रताका साथ अघि बढ्दै! 🚧यसले स्थानीय आवतजावतलाई थप ...
27/06/2026

"सानोकेर्खा र बोराटोल केर्खाबजार जोड्ने वैकल्पिक पुल निर्माणको काम तीव्रताका साथ अघि बढ्दै! 🚧
यसले स्थानीय आवतजावतलाई थप सहज र सुरक्षित बनाउने छ। समयमै गुणस्तरीय कामको अपेक्षा! "

कमल गाउँपालिका वडा नं ३ निवासी श्री सागर चापागाई की ममतामयी माता पवित्रा देबि  चापागाई को आज मिति २०८३ साल असार ९ गते बि...
23/06/2026

कमल गाउँपालिका वडा नं ३ निवासी श्री सागर चापागाई की ममतामयी माता पवित्रा देबि चापागाई को आज मिति २०८३ साल असार ९ गते बिहान ७ बजे असामयिक निधन भएको खबरले मर्माहत बनायो को छ। यस दुखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ती इश्वरले प्रदान गरून भन्दै माताको वैकुण्ठ बासको कामना गर्दछौ । 🌸🌸

कमल गाउँपालिकाले संघीय सरकारबाट पायो ४४ करोड ६९ लाख अनुदान।❗️आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कमल गाउँपालिकाले सङ्घीय ...
13/06/2026

कमल गाउँपालिकाले संघीय सरकारबाट पायो ४४ करोड ६९ लाख अनुदान।❗️

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कमल गाउँपालिकाले सङ्घीय सरकारबाट ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर–सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरणअनुसार गाउँपालिकाले विभिन्न शीर्षकअन्तर्गत उक्त बजेट प्राप्त गरेको हो। प्राप्त बजेटमध्ये १ करोड ८० लाख रुपैयाँ विशेष अनुदान र ४० लाख रुपैयाँ समपूरक अनुदान विनियोजन गरिएको छ।

सङ्घीय सरकारबाट प्राप्त हुने यस अनुदानले गाउँपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य स्थानीय विकासका कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

आगामी आर्थिक वर्षमा प्राप्त बजेटको प्रभावकारी कार्यान्वयनमार्फत कमल गाउँपालिकाले स्थानीय विकासका योजनालाई थप गति दिने विश्वास गरिएको छ।

रक्तदान: जीवनदान ! 🩸 कर्मणी बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिकोत्सवको पावन अवसरमा नेपाल रेडक्रस सोसाइटी, दमक उप...
13/06/2026

रक्तदान: जीवनदान ! 🩸

कर्मणी बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिकोत्सवको पावन अवसरमा नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखासँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।

🗓 मिति: २०८३ असार ०१ गते
📍 स्थान: कर्मणी साकोसको कार्यालयको प्राङ्गण, कमल-३, केर्खा, झापा
📞 सम्पर्क: ९७६५५८४६३८

रक्तदान गरौँ, जीवन बचाऔँ!


09/06/2026

लामो समय र पटकपटकको माग पछि सानोकेर्खा र केर्खाबजार तर्फको वैकल्पिक पुल बन्ने तरखरमा काम सुरु भएको छ ❗️

Video: Lekhnath Subedi

कमल-३ सानो केरखा निवासी शान्तिराम र अर्जुन दाहालक पिता टीकाराम दाहालको असामयिक निधनकाो खवरले सानाो केरखाबासी अत्यन्त स्त...
08/06/2026

कमल-३ सानो केरखा निवासी शान्तिराम र अर्जुन दाहालक पिता टीकाराम दाहालको असामयिक निधनकाो खवरले सानाो केरखाबासी अत्यन्त स्तव्ध र दुखित भएकाछौ। मृतआत्माकाो चिरशान्तिको कामना गर्दै बैकुण्ठमा बास मिलोस ।शोकाकुल परिवारजनमा विपदको घडीलाई सामना गर्ने सामर्थ्य मिलोस भनि समबेदना व्यक्त गर्दछौ ।

दुखत खबरःरोजगारीको सिलसिलामा केही महिनाअघि टर्की प्रस्थान गरेका झापाको कमल गाउँपालिका ३ बोहोराटोल निवासी मदन अधिकारीको द...
06/06/2026

दुखत खबरः
रोजगारीको सिलसिलामा केही महिनाअघि टर्की प्रस्थान गरेका झापाको कमल गाउँपालिका ३ बोहोराटोल निवासी मदन अधिकारीको दुखद निधन भएको छ। 🥲

कमल–३ बाट दुई बालक हराएको सूचनाझापाको वडा नम्बर ३ अन्तर्गत केर्खा बोहोरा टोलबाट हिजो दिउँसो करिब १ बजेतिर दुई जना बालक ह...
19/05/2026

कमल–३ बाट दुई बालक हराएको सूचना

झापाको वडा नम्बर ३ अन्तर्गत केर्खा बोहोरा टोलबाट हिजो दिउँसो करिब १ बजेतिर दुई जना बालक हराएको जानकारी प्राप्त भएको छ।

हराइरहेका बालकमध्ये एक जना मयंग क्षेत्री रहेका छन् भने अर्का बालकको नाम सरोज रहेको र उनलाई “मनोज” भनेर बोलाइने गरिएको बताइएको छ।

उनीहरू हालसम्म सम्पर्कमा नआएकाले भेट्नुहुने महानुभावहरूले 9815055848/9713369254 नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारजनले अनुरोध गरेका छन्।

सानोकेर्खाका गतिबिधिहरु

Address

Kamal-3
Jhapa
57200

Website

Alerts

Be the first to know and let us send you an email when सानोकेर्खाका गतिबिधिहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category