Nawa Aadarsha Tol

  • Home
  • Nawa Aadarsha Tol

Nawa Aadarsha Tol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawa Aadarsha Tol, Social service, Nawa Aadarsha Mukti Chock Birtamod -9 Jhapa,Nepal., .

28/12/2025

नमस्कार
२०८२ साल पुष १४ गते विहान ११ बजे हाम्रो टोल विकाश को महत्त्वपूर्ण भेला भएकोले सम्पूर्ण पदाधिकारी , टोलवासी तथा शुभचिन्तक हरुलाई उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

22/11/2025

समवेदना पत्र

बिर्तामोड नगरपालिका–९
नव आदर्श टोल विकास संस्था

हाम्रो टोल विकास संस्थाका सम्माननीय सल्लाहाकार श्री जीवन शिवाकोटीज्यूकी आदरणीया माता
श्रीमती जगमाया शिवाकोटीज्यू आज शनिबार, राति १:०० बजे
अनन्तयात्रामा विलीन हुनु भएको दुःखद समाचारले सम्पूर्ण टोलवासी तथा संस्था परिवार अत्यन्त मर्माहत र पीडित बनेका छौँ।

स्वर्गीय आमाको पुण्य आत्माको चिर शान्तिको लागि हामी हृदयदेखि प्रार्थना गर्दछौँ।
यस शोकको गहिरो घडीमा शोकाकुल शिवाकोटी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ
र भगवान् श्री पशुपतिनाथले परिवारका सबै जनालाई धैर्य–धारण, शक्ति र सहनशीलता प्रदान गरून् भन्ने कामना गर्दछौँ।

— नव आदर्श टोल विकास संस्था परिवार

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरणबिर्तामोड, असोज १९ ।बिर्त...
05/10/2025

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण
बिर्तामोड, असोज १९ ।
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन जाने क्रममा शुक्रबार दिउँसो चट्याङ लागेर उनको असामयिक निधनपछि आदर्श टोल, नव आदर्श टोल र काली मन्दिर क्षेत्रअन्तर्गत वडानं ३ र बिर्तामोड–९ का स्थानीय बासिन्दाहरुले सहयोग रकम तथा सामग्री संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका छन्।
सहयोग संकलनमा संयोजकको भूमिका गणेश उप्रेतीले निर्वाह गरेका थिए भने बिर्तामोड–३ वडाध्यक्ष मदन बुढाथोकी आदर्श नव युवा क्लबका अध्यक्ष प्रकाश आचार्य, सदस्य प्रकाश भण्डारी, सुशील शिवाकोटी, संजय पौडयाल, समाजसेवी इन्द्र बुढाथोकी, मिलन बुढाथोकी लगायतको सक्रिय सहभागिता रहेको थियो।
यस क्रममा रु. १२,९१५ नगद रकम सङ्कलन गरिएको थियो यो रकमबाट ३ बोरा (९० केजी) चामल, ५ केजी चिनी, ५ केजी फलफूल, ५ केजी नुन, एक कार्टुन तोरीको तेल, १० केजी गउँको पिठो संकलन भएको थियो । रु. ९३५ नगद एवं अन्य खाद्यान्न सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी मोहन कुमार पौडयाल, बमबहादुर चौधरी, सलिना पौडयाल, प्राञ्जल घिमीरे, प्रसुन बस्नेत, कमला कटवाल लगायतको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरुले यस प्रकारको विपद्को घडीमा परस्पर सहयोग र ऐक्यबद्धताले समाजलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

02/10/2025

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

27/09/2025

नव आदर्श टोल विकाश संस्था द्धारा दशैको लागि लिङ्गे पिङ्ग निर्माण कार्य सम्पन्न गरेको छ I मिति २०८२ साल शनिबार असोज ११ गते
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण टोलबासी एवं सम्पूर्ण दाताहरुलाई सहयोग मनहरुलाई हार्दिक नमन सहित आभार व्यक्त गर्दछौ I नव आदर्श टोल परिवार बिर्तामोड ९ झापा I

Send a message to learn more

19/08/2025

काठमाडौं महानगरपालिकाले आज देखि सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिहरूलाई रू ५००।- का दरले जरिवाना कारवाहि शुरू गरेको छ! 😮

आदर्श टोल विकास समिति संस्थाका अध्यक्ष श्री प्रकाश आचार्य ज्यू लाई जन्मदिनको मङ्गलमय शुभकामना !!
25/07/2025

आदर्श टोल विकास समिति संस्थाका अध्यक्ष श्री प्रकाश आचार्य ज्यू लाई जन्मदिनको मङ्गलमय शुभकामना !!

डाक्टर महावीर पुनको उपस्थिति हाम्रो टोल हाम्रो गाउँमा सम्पूर्ण टोलबासी गाउँवासी हरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। हा...
22/07/2025

डाक्टर महावीर पुनको उपस्थिति हाम्रो टोल हाम्रो गाउँमा सम्पूर्ण टोलबासी गाउँवासी हरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। हाम्रो सुरुवातको यो कार्यक्रमलाई सफलताका साथ अघि बढाउन यहाँहरुले आफ्नो तर्फबाट दिनुभएको योगदानप्रति हृदयदेखि नै नमन गर्न चाहन्छौं।

भविष्यको कुनै समयमा
यो एउटा स्मरण बन्न सक्छ।
इतिहास भन्न सक्छ।
सम्झना लायक पल बन्न सक्छ।

डा.महाबिर पुनले "बिरगंज कृषि औजार कारखाना" सञ्चालनका लागि सुरू गर्नुभएको आफ्नो आत्मकथा किताब बिक्री अभियान अन्तरगत आज मि...
22/07/2025

डा.महाबिर पुनले "बिरगंज कृषि औजार कारखाना" सञ्चालनका लागि सुरू गर्नुभएको आफ्नो आत्मकथा किताब बिक्री अभियान अन्तरगत आज मिति २०८२ श्रावण ६ गते Mahabir Pun
स्थान: नव आदर्श मुक्तिचोक, बिर्तामोड ९
स्थान: काली मन्दिर प्राङ्गण, बिर्तामोड ९

21/07/2025

भोली मिति २०८२ । ०४ । ०६ गते मंगलवार साझ डा .माहाविर पुन हाम्रो यस नवआदर्श टोल विकास संस्था र काली माता मठमन्दिर व्यवस्थापन समितिको निमन्त्रणा स्विकार गरी साझ ४ः०० देखी ५ः०० सम्म नव आदर्श मुक्तिचोक र काली मन्दिरमा आउनु हुने भएकोले यस टोलका सम्पूर्ण महानुभाव हरुले 'एक घर एक पुस्तक ' खरिद गरी डा . पुनको देशमा आफ्नै कृषी औजार सामाग्री उत्पादन गर्ने र देशलाई आत्मानिर्भर बनाउने लक्ष्यको प्रत्यक्ष साक्षी बन्नको लागि हार्दिक आमन्त्रण गर्दछौ ।
मिति : ५ साउन २०८२, सोमवार
समय: साझ ४ः०० देखी ५ः०० सम्म
स्थान: नवआदर्श मुक्तिचोक
स्थान: काली मन्दिर प्राङ्गण

Address

Nawa Aadarsha Mukti Chock Birtamod -9 Jhapa,Nepal.

57204

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Aadarsha Tol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share