वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति

  • Home
  • Nepal
  • Jhapa
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति, Political Party, Birtamode, Jhapa.

निर्वाचन बहिष्कार सम्बन्धी संघर्षको कार्यक्रम घोषणा सभा ।
08/01/2026

निर्वाचन बहिष्कार सम्बन्धी संघर्षको कार्यक्रम घोषणा सभा ।

कस्तो हुनुपर्छ संस्कृति सम्बन्धी नीति ?
20/12/2025

कस्तो हुनुपर्छ संस्कृति सम्बन्धी नीति ?

हाम्रो पार्टी महासचिव कमरेड आहुतिको आमा कान्छी अछामी आज राती बित्नुभयो ।आमालाई असीम स्मरण र कमरेड आहुति लगायत सबै परिवार...
05/11/2025

हाम्रो पार्टी महासचिव
कमरेड आहुतिको आमा
कान्छी अछामी आज राती बित्नुभयो ।
आमालाई असीम स्मरण

कमरेड आहुति लगायत सबै परिवारजनमा
गहिरो समवेदना ।

हाम्रो प्रिय पार्टीकोभर्खरै भएको केन्द्रीय समितिको वैठककोकेही खास निर्णयहरु:१)बहुप्रतिक्षितवैज्ञानिक समाजवादी व्यवस्थाको...
04/11/2025

हाम्रो प्रिय पार्टीको
भर्खरै भएको केन्द्रीय समितिको वैठकको
केही खास निर्णयहरु:

१)
बहुप्रतिक्षित
वैज्ञानिक समाजवादी व्यवस्थाको
शाषकीय स्वरुप, संरचना र खाका
प्रस्ताव गरेको छ ।
यसलाई आम समुदायमा व्यापक
वहसमा लैजाने निर्णय गरेको छ ।
२)
अब 'जनवादी केन्द्रीयता'
होइन राष्ट्रिय सम्मेलनले संश्लेषण गरेको
'सामुदायिक सार्वभौमिकता'को
संगठनात्मक सिद्धान्तको
विस्तृत व्याख्या

कार्यान्वयनको प्रारम्भ गरेको छ ।
३)
विगतको अनुभव र समीक्षालाई
ज्ञानको रुपमा संश्लेषण गर्दै
समानान्तर अर्थव्यवस्था निर्माणको
स्पष्ट परियोजना ठोस गरेको छ ।
४)
कुनैपनी नामको
प्रतिगमनलाई पूर्ण खारेज गर्दै
यथास्थितिमा गरिने
एकथान निर्वाचनले पनि
फगत यथास्थितिकै पक्षपोषण गर्छ ।

जसले 'जेनजी विद्रोह'को
मर्म र भावनालाई त लत्याउछ नै ।
आजको नेपाली समाजको अन्तर्विरोध पनि
हल गर्न सक्दैन ।
त्यतिबेला
सम्भावित अर्को विद्रोहको आवश्यकतालाई
पक्रिने निर्णय गरेको छ ।

प्रेस वक्तव्य मिती: १७, २०८२ कात्तिक । हाम्रो प्रिय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको केन्द्रीय समितिको ध्रवी...
03/11/2025

प्रेस वक्तव्य

मिती: १७, २०८२ कात्तिक ।

हाम्रो प्रिय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको केन्द्रीय समितिको ध्रवीकरण बैठक महासचिव कमरेड आहुतिको संयोजकत्वमा कात्तिक १२–१५ गते काठमाडौंमा सम्पन्न भयो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. बैठकले केही समयअघि बित्नु भएका पार्टीको प्रबुद्ध समिति संयोजक तथा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता क.नन्दन अर्यालको गहिरो स्मरण ग¥यो । त्यसैगरी हालसालै भएको ‘जेनजी विद्रोह’ र आजसम्म भएका सम्पूर्ण न्यायपुर्ण आन्दोलनका सहिदहरुलाई स्मरण गर्दै बैठक प्रारम्भ भएको थियोे ।
२. ‘जेनजी विद्रोह’पछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना छैन । ‘जेनजी विद्रोह’ले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय गरेको छ।
३. दलाल संसदीय व्यवस्थाको खास विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकाको प्रस्ताव तय गरेको छ । बैठकले तय गरेको वैज्ञानिक समाजवादी कार्यक्रमको प्रस्तावलाई तत्काल देशव्यापी बहसमा लैजाने निर्णय गरेको छ ।
४. पार्टीले आत्मनिर्भर उत्पादन प्रणालीसहित वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिसहित नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलनको नवीन कार्यदिशा तय गरेको विदितै छ । केही समययता भइरहेको क्रियान्वयनको समीक्षा गर्दै आजसम्मको अनुभवलाई ज्ञानको रूपमा संश्लेषण गर्दै बैठकले ठोस परियोजनासहित समानान्तर अर्थतन्त्रको मार्गचित्रमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।
५. पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले ‘जनवादी केन्द्रीयता’को संगठनात्मक सिद्धान्तले आजको युगको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नसक्ने संश्लेषण गरेको थियो । त्यसको सट्टामा ‘सामुदायिक सार्वभौमिकता’को नयाँ संगठनात्मक सिद्धान्तको संश्लेषण पनि गरेको थियो । बैठकले ‘सामुदायिक सार्वभौमिकता’को नयाँ संगठनात्मक सिद्धान्तलाई अवलम्बन र क्रियान्वयन प्रारम्भ गर्ने निर्णय गरेको छ ।

६. ‘जेनजी विद्रोह’पछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भागदौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक सङ्कटको परिणाम हो । जुन कुरा हाम्रो पार्टीले स्थापनाकालदेखि नै स्पष्ट पार्दै आएको छ । त्यसैले इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन । अतः विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित ध्रुवीकरणको नयाँ यात्राको सङ्कल्प लिएर अघि बढ्न बैठकले विशेष अपील गरेको छ ।
७. पार्टीले पुरानो कम्युनिस्ट आन्दोलनले निजी सम्पत्ति र स्वामित्वको विकल्पको रूपमा अघि बढाउँदै आएको ‘सर्वहाराकरण’को सट्टामा ‘कम्युनिस्टकरण’ र ‘सामुदायिकीकरण’को नीति तय गरेको थियो । बैठकले उक्त नीतिलाई पार्टीभित्र र समुदायमा लैजाने ठोस कार्यक्रम बनाएको छ । त्यसको निम्ति पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय पूर्णकालीन शिविर सदस्यहरूको निजी सम्पत्तिको कम्युनिस्टकरण र सामुदायिकीकरणको ठोस प्रक्रिया प्रारम्भ गरेको छ ।
८. सच्चा जेनजीहरूलाई ‘जेनजी विद्रोह’पछि वैदेशिक हस्तक्षेपहरूमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान नेपाली समाजको रूपान्तरणको वैज्ञानिक विचार, संगठन र वैचारिक नेतृत्व निर्माणको प्रक्रियामा लामबद्ध हुन बैठकले विशेष अपील गरेको छ ।
९. सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ ।

प्रवक्ता
राजेश्वरी सुवेदी

01/11/2025
01/11/2025
28/10/2025

Address

Birtamode
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share