कृषि विकास शाखा, कमल गाउँपालिका

  • Home
  • Nepal
  • Jhapa
  • कृषि विकास शाखा, कमल गाउँपालिका

कृषि विकास शाखा, कमल गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि विकास शाखा, कमल गाउँपालिका, Public & Government Service, Kamal Jhapa, Jhapa.

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको नेतृत्वमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिड कम्पनीबाट प्राप्त मलको ...
29/10/2023

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको नेतृत्वमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिड कम्पनीबाट प्राप्त मलको रेट, स्टक तथा किसानले सहजता पाएका छन् कि छैनन् भनि सहकारी तथा डिलरको अनुगमन गरिएको छ।

26/09/2023

कमल गाउपालिका गाउकार्यपालिकाको कार्यालय कृषि बिकास शाखा बाट सन्चालन हुने कार्यक्रममा सहभागिताका लागि आवेदन पेस गर्नेबारेको अत्यन्त जरुरी सूचना ।

कृषि  सम्बन्धि सूचना
20/09/2023

कृषि सम्बन्धि सूचना

धानको फेद डढुवा रोग :कमल गाउँपालिका का विभिन्न वडाहरुमा फेद डढुवा रोग देखा परेको हुदा बेलैमा सचेत रहनुहुन जानकारी गराइन्...
28/08/2023

धानको फेद डढुवा रोग :
कमल गाउँपालिका का विभिन्न वडाहरुमा फेद डढुवा रोग देखा परेको हुदा बेलैमा सचेत रहनुहुन जानकारी गराइन्छ।

♦ लक्षण
पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू भए पछि आकारमा बृद्धि हुदैजान्छ र ढूसीको कालो गिर्खाहरू देखापर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ । बाली उत्पादनमा १५ देखि ५० प्रतिशत सम्म ह्रास आउँछ ।
♦ व्यवस्थापन
शुरूवाती अवस्थामा कन्चन कमल झोल मल (१ किलो ताजा गोबर ३ लिटर पानीमा मिलाएर ४ घन्टा सम्म छोड्ने त्यस पछी पुर्ण रुपमा गोबर थिगृएपछी माथिल्लो सतहमा भएको पानीलाइ १ टंकी सफा पानीमा मिलाएर बोट भिज्नेगरी स्प्रे गरिदिने । )

क) नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने ।
ख) उन्नत जातको धान रोप्दा बोटदेखि बोटको दूरी बढाउने ।
ग) Validamycin 3%L (Sheathmar, Valigan, Ozoro) ३ ग्राम प्रति लिटर वा Pencycuron 22.9 SC (Monceren 250) १.५ मि.लि. प्रति लिटर पानीमा वा कार्वेन्डाजिम ५० प्रतिशत डव्लुपी (वेभिष्टिन वा डेरोसाल) ढूसीनाशक विषादी १.५ ग्राम प्रतिलिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने ।

आजको कार्यक्रम @ कमल गाउपालिका वडा न ७ ,    वडाका सबै टोल बिकास बाट प्रतिनिधिमुलक सहभागिता जनाई प्राङगारिक खेतितर्फ अगाड...
23/08/2023

आजको कार्यक्रम @ कमल गाउपालिका वडा न ७ ,
वडाका सबै टोल बिकास बाट प्रतिनिधिमुलक सहभागिता जनाई प्राङगारिक खेतितर्फ अगाडि बढ्ने ऐक्यबद्वता जनाईदिनुभएकोमा सबै सबैलाई मनैदेखि धन्यबाद।

कार्यक्रम अवधिभर सहभागी भैइ हामिलाई हौसला दिनुभएकोमा वडाध्यक्ष श्री पृथ्वीपति राई ज्यु अगायत ब्यवस्थापनमा सहयोग गर्नुहुने वडा सचिव रेनुका गौतम ,सम्पुर्ण कर्मचारी टीमलगायत वडा सदस्य ज्युहरुलाई विशेष धन्यबाद।

त्यसैगरी पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बिराटनगर बाट पाल्नुहुने निर्देशक पशुपति ढुंगाना ज्यु ,पशु चिकित्सक घट्टराज कट्टेल ज्यु लगायत प्राङगारिक कृषितर्फ विकल्प तयार गरि अगाडी बढ्नुपर्छ भनी सदैव उत्प्रेरणा दिनुहुने कृषि प्रसार अधिकृत डा.राजेन्द्र उप्रेती ज्युलाई धेरै धेरै धन्यबाद।

प्राबिधिक सहजीकरणका लागि भारतबाट आई थप प्राङगारिक बिकल्पको बारेमा प्रयोगात्मक अभ्याससहित सहजीकरण गरिदिनुभएकोमा वरिष्ठ कृषि बैज्ञानिक द्वेय डा.कन्चनकुमार भौमिक र कृश्नेन्दु सिन्हा ज्युलाई विशेष धन्यबाद।

जैबिक तथा प्राङारिक मल उत्पादन सम्बन्धी तालिम निरन्तर चलिरहेकै छ। सामुहिक ऐक्यबद्धता  जनाइदिनुभएकोमा सबै सबैलाई मनै देखि...
22/08/2023

जैबिक तथा प्राङारिक मल उत्पादन सम्बन्धी तालिम निरन्तर चलिरहेकै छ। सामुहिक ऐक्यबद्धता जनाइदिनुभएकोमा सबै सबैलाई मनै देखि धन्यबाद।

जैबिक तथा प्राङारिक मल बिषादि निर्माण सम्बन्धी स्थलगत  कृषक तालिमको निरन्तरता @कमल २|प्रतिनिधिमुलक सहभागि भइदिनुभएकोमा स...
21/08/2023

जैबिक तथा प्राङारिक मल बिषादि निर्माण सम्बन्धी स्थलगत कृषक तालिमको निरन्तरता @कमल २|
प्रतिनिधिमुलक सहभागि भइदिनुभएकोमा सबैमा धन्यबाद।

जैबिक तथा प्राङारिक मल बिषादि निर्माण सम्बन्धी स्थलगत  कृषक तालिमको शुरुआत @कमल ६।प्रतिनिधिमुलक सहभागि भइदिनुभएकोमा सबैम...
21/08/2023

जैबिक तथा प्राङारिक मल बिषादि निर्माण सम्बन्धी स्थलगत कृषक तालिमको शुरुआत @कमल ६।
प्रतिनिधिमुलक सहभागि भइदिनुभएकोमा सबैमा धन्यबाद।

फूल खेती गर्न ईछुक अगुवा किसान,कृषक समूह कृषि सहकारी एवम फर्म हरुले निवेदन  पेस  गर्नुहुन अनुरोध छ।
17/07/2023

फूल खेती गर्न ईछुक अगुवा किसान,कृषक समूह कृषि सहकारी एवम फर्म हरुले निवेदन पेस गर्नुहुन अनुरोध छ।

कमल गाउपालिकाको सहयोग र लखनपुर साना किसान कृषि सहकारी संस्थाको ब्यवस्थापनमा धान उत्पादन प्रबर्द्वन कार्यक्रमअन्तर्गत यान...
09/03/2023

कमल गाउपालिकाको सहयोग र लखनपुर साना किसान कृषि सहकारी संस्थाको ब्यवस्थापनमा धान उत्पादन प्रबर्द्वन कार्यक्रमअन्तर्गत यान्त्रिकरण प्रदर्शन सम्पन्न गरिएको छ ।

यसका लागि हामीलाइ सदैव साथ सहयोग र हौसला दिनुहुने कमल गाउँपालिकामा श्रद्वेय अध्यक्ष हुकुम सिंह राई ज्यू,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ज्यू,वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई ज्यू स्थलगत रुपमा नै सहभागी भइदिनुभएकोमा आभारी छौ ।

प्रदर्शनीका लागि अग्रसर रहनुहुने कृषक पारस राई एवम् कृषक छनौट र ब्यवस्थापनमा सहयोग गर्नुहुने लखनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलरुपा बास्तोला ,ब्यवस्थापक टंक प्रसाद पराजुली र प्राविधिक हेमराज भण्डारीलाइ बिशेष धन्यबाद ।
उत्पादन लागत न्यूनीकरण तथा कृषिमा युवा पुस्ताको आकर्षणका लागि यान्त्रिकीकरणमा जानुको बिकल्प छैन । यसबाट सम्पुर्ण कृषकहरुमा पहुंच पुर्याउन नसकेता पनि अगुवा कृषकहरुबाट शुरुवात भएको छ धन्यबाद।

सिँचाइ मोटरमा उठेको बीलमा अनुदान सम्बन्धी सूचना ।
12/02/2023

सिँचाइ मोटरमा उठेको बीलमा अनुदान सम्बन्धी सूचना ।

Address

Kamal Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when कृषि विकास शाखा, कमल गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि विकास शाखा, कमल गाउँपालिका:

Share