झिलझिले स्थानीय बजार व्यवस्थापन समिति

  • Home
  • Nepal
  • Jhapa District
  • झिलझिले स्थानीय बजार व्यवस्थापन समिति

झिलझिले स्थानीय बजार व्यवस्थापन समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from झिलझिले स्थानीय बजार व्यवस्थापन समिति, Social service, Jhiljhile, Jhapa District.

आजको कार्यक्रमका केही तस्बिरहरू।
27/04/2026

आजको कार्यक्रमका केही तस्बिरहरू।

27/04/2026

झिलझिले स्थानीय बजार व्यवस्थापन समितिको पहलमा इलाका प्रहरी कार्यालय, झिलझिलेको भौतिक पूर्वाधार सुधार तथा मर्मत कार्य अन्तर्गत निम्न कार्यहरू सम्पन्न गरिएका छन्:

ड्युटी अफिसर कक्ष भवन तथा किचन स्ल्याब नयाँ निर्माण गरिएको।
मुख्य भवनको छाना मर्मत तथा फल्स सिलिङ गरिएको।
सञ्चार भवनको छाना निर्माण गरिएको।
छलफल कक्षका झ्यालहरू मर्मत गरिएको।
थुनुवा कक्ष मर्मत तथा रंगरोगन गरिएको।
शौचालयको धारापानी, ढोका मर्मत तथा जडान कार्य सम्पन्न गरिएको।
४ वटा पानी फिल्टर जडान गरिएको।
मुख्य भवन, सञ्चार भवन, प्रशासन भवन, छलफल कक्ष तथा पाहुना कक्षमा रंगरोगन गरिएको।
मुख्य गेटमा इलाका प्रहरी कार्यालयको बोर्ड राखी रंगरोगन गरिएको।

उक्त सम्पूर्ण कार्यहरू सम्पन्न गरी प्रमुख अतिथि नगर प्रमुख Roshan Thorpa तथा विशिष्ट अतिथि झापा प्रहरी प्रमुख Basundhara Khadkaज्यूद्वारा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।

सूचना / निमन्त्रणापत्रझिलझिले स्थानीय बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त आयोजनामामिति २०८२/...
11/01/2026

सूचना / निमन्त्रणापत्र

झिलझिले स्थानीय बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त आयोजनामा
मिति २०८२/०९/२९ गते मङ्गलबार,
स्थान: झिलझिले सामुदायिक भवन, शिवसताक्षी–११ (झिलझिले)
समय: बिहान ८:३० बजे

सार्वजनिक सुनुवाइ तथा सुरक्षा चेतना कार्यक्रम आयोजना हुन गइरहेको व्यहोरा जानकारी गराइन्छ।

उक्त कार्यक्रममा हजुरहरूको गरिमामय उपस्थितिका लागि यस पत्रमार्फत हार्दिक अनुरोध गरिन्छ।

धन्यवाद।

– झिलझिले स्थानीय बजार व्यवस्थापन समिति

09/01/2026

सूचना

शिवसताक्षी नगरपालिकाअन्तर्गतको योजनाअनुसार आज Jhil Jhile बजार क्षेत्र मा भुसिया कुकुरहरूको बन्ध्याकरण कार्यक्रम सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।

यस कार्यलाई सफल बनाउन सम्पूर्ण Jhil Jhile बासीहरू लाई आ–आफ्नो स्थान वरपर रहेका भुसिया कुकुरहरू देखाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सहयोगका लागि धन्यवाद।

सूचना सूचना सूचनाअव्यवस्थित टहरा तथा सुँगुरको खोर हटाउने सम्बन्धमा
02/01/2026

सूचना सूचना सूचना

अव्यवस्थित टहरा तथा सुँगुरको खोर हटाउने सम्बन्धमा

30/12/2025

नमस्ते सम्पूर्ण झिलझिलेवासीहरू,
आजको जस्तो अत्यन्तै चिसो, ठण्डी र शीतलहर लागेको समयमा झिलझिले स्थानीय बजार व्यवस्थापन समितिको पहलमा विभिन्न स्थानहरूमा आगो बालेर न्यानो महसुस गराउनका लागि दाउरा उपलब्ध गराइदिनुभएकोमा सताशी वन उपभोक्ता समितिलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं।

शिवसताक्षीको पुरानो तथा ठूला बजारमध्ये एक झिलझिले बजार अहिले आधिकारिक रूपमा संस्था दर्ता भई सञ्चालनमा आएको छ।हाल झिलझिले...
24/12/2025

शिवसताक्षीको पुरानो तथा ठूला बजारमध्ये एक झिलझिले बजार अहिले आधिकारिक रूपमा संस्था दर्ता भई सञ्चालनमा आएको छ।

हाल झिलझिले स्थानीय बजार व्यवस्थापन समितिमा नयाँ जोश र उमङ्गका साथ युवाहरूले आफ्नै स्थानलाई सुन्दर र व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यसहित नयाँ समिति गठन गरिएको छ।

झिलझिले स्थानीय बजार व्यवस्थापन समितिका संस्थापक पदाधिकारीका विवरणहरू:-
• अध्यक्ष: अच्युत खरेल (अविनाश)
• उपाध्यक्ष: सबिन राई
• सचिव: प्रधिन श्रेष्ठ (पियुष)
• कोषाध्यक्ष: लक्ष्मी राई
• सदस्य: छिरिङ लामा तामाङ
• सदस्य: सोनिया लावती लिम्बु
• सदस्य: तजेन्द्र न्यौपाने (प्रशान्त)

यसरी सात सदस्यीय समिति गठन भएको छ।

उहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ र झिलझिले बजारमा सकारात्मक परिवर्तन देखिनेछ भन्ने आशा राख्दछौँ।

Address

Jhiljhile
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when झिलझिले स्थानीय बजार व्यवस्थापन समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category