22/09/2023
हल्दीवारी गाउँपालिकाको एम्बुलेन्स सेवा बिधिवत रुपमा आज मिति २०८० असोज ४ गते बाट २४ सै घन्टा संचालनमा आएको छ ! गाउँपालिकाले पास गरेको एम्बुलेन्स संचालन कार्यबिधी अनुसार निम्न प्रकारका बिरामीहरुलाई निशुल्क एवं छुट सेवा दिइनेछ ! १.गाउँपालिका भित्र बसोबास गर्ने गर्भवती महिलाहरु प्रसुती सेवाको लागि आकस्मिक रुपमा पालिकाभित्र रहेको जलथल बर्थिङ सेन्टरमा जादा र फर्कदा निशुल्क सेवा २.गर्भवती जाँच प्रोटोकल अनुसार पूरा गरेको कार्डको आधारमा प्रसुती सेवाको लागि जिल्ला भित्रका अस्पताल/स्वास्थ्य सस्था जादा तोकिएको शुल्कमा ५० प्रतिसत छुट ३.मृगौला रोगको कारण डायलाइसिस गरिरहेका बिपन्न नागरिकका लागि महिनामा एक पटक सम्म सम्बन्धित वडाको सिफारिसमा जिल्ला भित्र निशुल्क सेवा ४.क्यान्सर रोगको उपचाररत बिपन्न नागरिकको लागि बर्ष दुई पटक सम्म जिल्ला भित्र निशुल्क सेवा ५.अस्सि बर्ष उमेर पूरा भएका हल्दिबारीबासी नागरिकलाई गाउँपालिका भित्रको अस्पताल वा स्वास्थ्य सस्था सम्मका लागि एकतर्फी निशुल्क सेवा साथै जिल्ला बाहिर सरकारी अस्पताल लैजानु परेमा एकतर्फी भाडामा ५०% छुट # अन्यको हकमा सेवा शुल्क सम्बन्धी ब्यवस्था # १.गाउँपालिका क्षेत्र भित्रका अस्पताल वा स्वास्थ्य सस्थाको लागि एकतर्फी रु.५००/- २. झापा जिल्ला भित्र प्रती किमि रु. २५/- ३. जिल्ला बाहिरका लागि प्रती कि मि रु. २५/- ४. अन्य स्थानको भाडादरको हकमा समितिले निर्धारण गरेको भाडा दररेट वा निर्धारण नगरेसम्मको लागि जिल्ला दररेट कायम रहनेछ ! एम्बुलेन्स आवश्यक परेमा सम्पर्क नम्बर - ९८५२६४०४५५,९८०१४४५४५५ चालकको नाम- अर्जुन राया धन्यवाद !!! (कृपया यो सूचना तथा जानकारी सबैतिर सेयर गरिदिनुहुन अनुरोध छ !) - हल्दीबारी गाउँपालिका, Haldibari gaupalika झापा !