25/06/2026
आदरणीय टोलबासी महानुभावहरू,
नमस्कार 🙏
आदर्श टोल समाज समितिको मिति २०८३ साल असार ७ गतेको बैठकको निर्णयअनुसार यही मिति २०८३ साल असार १३ गते शनिबारका दिन बिहान ठीक ७ बजेदेखि आदर्श टोलभित्रका सम्पूर्ण सडकहरूको बृहत सरसफाई गरिने भएकाले उक्त कार्यमा सहभागी भइदिनुहुनका लागि सम्पूर्ण टोलबासी महानुभावहरूमा यो सूचना जारी गरिएको छ । यदि कसैले सडक किनारमा घाँस पाल्नुभएको भए साथै सडकमा निर्माण सामग्री तथा अन्य कुनै वस्तु राखिएको भए पनि उक्त दिन अगावै हटाइदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।
धन्यवाद ।