Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय

Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय प्रतिनिधि सभा सदस्य ( संघिय सांसद )
Member of Parliament
प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी
Chief Whip, Rastriya Prajatantra Party

आज श्रीकृष्ण जन्माष्टमीको पावन दिन, जीवन रक्षाका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी विपद्को बीचमा खटिनुभएका हाम्रा भगवा...
04/09/2026

आज श्रीकृष्ण जन्माष्टमीको पावन दिन, जीवन रक्षाका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी विपद्को बीचमा खटिनुभएका हाम्रा भगवान रूपी उद्धारकर्ताहरूलाई स्वयं भगवान् श्रीकृष्णले शक्ति, साहस र सामर्थ्य प्रदान गरून्। 🙏

उहाँहरूको हरेक प्रयासले एउटा जीवन बचोस्, हरेक प्रार्थनाले एउटा परिवारलाई आशा देओस् र आजको यस पवित्र दिनमा विपद्मा परेका हरेक नागरिकको सकुशल उद्धार होस्।

भगवान् श्रीकृष्णको कृपाले सबै सुरक्षित रहून्।
जय श्रीकृष्ण।
Pic Source : NepalPress

02/09/2026

Nepal is paying a price for a climate crisis it did not create. To the international community, I want to say this very clearly.

On 26 August, Nepal witnessed a devastating flood in the Himalayan region of Rasuwa. I also briefly raised this issue in the Nepali Parliament on the same day. I am extending the same message here: A massive glacier and ice-rock collapse unleashed torrents of water, mud, and debris through the Bhote Koshi river system. Thousands of lives were lost. Villages disappeared. Towns Swept away. Roads, bridges, telecommunication, hydropower infrastructure and border facilities were destroyed. Thousands of families have been affected, and the full scale of the economic loss is still being assessed.

This was not simply a local disaster. It is a warning from the Himalaya to the world.

The Hindu Kush Himalaya is warming rapidly. International Centre for Integrated Mountain Development, ICIMOD reported this year that the rate of glacier ice loss in the region has doubled since 2000. As glaciers retreat and mountain systems become highly unstable, the risks of glacial lake outburst floods, ice avalanches, landslides and cascading floods are increasing.

And here lies the fundamental question of climate justice: Who caused this climate crisis, and who is paying for its consequences?

Nepal contributes only around 0.027% of global greenhouse gas emissions. Yet our people are living on the frontline of a rapidly changing climate.

Nepal did not industrialize the world. Nepal did not build its prosperity on decades of fossil fuel intensive development.

Yet Nepal's mountains are melting, its rivers are becoming more dangerous, and its communities are losing lives, homes, livelihoods and critical infrastructure.

We are not asking the international community for charity. We are asking for climate justice.

We need predictable and accessible climate finance for adaptation: for early warning systems, glacier monitoring, resilient infrastructure and the protection of vulnerable mountain communities.

And when climate disasters go beyond what adaptation can prevent, we need the Loss and Damage Fund to work for countries like Nepal, not merely as a promise on paper, but as accessible, adequate and timely financial support.

The international community has already recognized the scale of the challenge. COP29 agreed on a new climate finance goal of at least USD300 billion annually by 2035, while calling for efforts to scale finance for developing countries toward US$1.3 trillion annually.

Now is the time to turn those commitments into action!

The Himalaya is not only Nepal's mountain range. It is a critical climate and water system for hundreds of millions of people across Asia.When the Himalaya suffers, the world will eventually feel the consequences.

Nepal has contributed almost nothing to creating this crisis, but Nepal is standing on its frontline. So I appeal to governments, international institutions, climate finance mechanisms and citizens across the world: Please do not wait for another catastrophe.

Stand with Nepal. Stand for climate justice.

And stand with the prin: “those most responsible must do more for those most vulnerable”, a reality!

31/08/2026

देश शोकमा र नागरिक पीडामा रहेका बेला, एक महिना अघिको मेरो संसदीय अभिव्यक्तिको केही सेकेन्डको क्लिप सन्दर्भविहीन रूपमा फैलाइएको छ तर वास्तविकता र त्यसको सन्दर्भ के हो?

विपद्को यो कठिन घडीमा सेनाको हेलिकप्टर आकाशबाट राहत बोकेर उडिरहेको यो दृश्य कैद गर्दै गर्दा मनमा आशा जागेको छ। नागरिकको ...
31/08/2026

विपद्को यो कठिन घडीमा सेनाको हेलिकप्टर आकाशबाट राहत बोकेर उडिरहेको यो दृश्य कैद गर्दै गर्दा मनमा आशा जागेको छ।
नागरिकको जीवन रक्षाका लागि दिनरात खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद र नमन।
तपाईंहरूको साहस, समर्पण र सेवाभावलाई सलाम।

मेरो फरक प्रसङ्गको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम नफैलाऔँ! "ड्रोन उडाएर मात्रै समस्याको समाधान हुँदैन, “राजनीतिक उपाय चा...
30/08/2026

मेरो फरक प्रसङ्गको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम नफैलाऔँ!
"ड्रोन उडाएर मात्रै समस्याको समाधान हुँदैन, “राजनीतिक उपाय चाहिन्छ” भनेर मैले केही समयअघि तराई घटनामाको सन्दर्भमा बोलेको विषयलाई अहिलेको बाढीको संकटसँग जोडेर “बाढीमा ड्रोन चाहिँदैन” भन्ने भ्रम फैलाउनु अत्यन्तै गैरजिम्मेवार र निन्दनीय छ।

मेरो फरक प्रसङ्गको अभिव्यक्तिलाई तोडमोड गरेर अहिलेको विपद्सँग जोड्नु राजनीतिक प्रतिशोध बाहेक केही होइन।

देश यति ठूलो पीडामा रहेको बेला पनि सामाजिक सञ्जालमार्फत भ्रम, घृणा र विभाजन फैलाउने काम दुर्भाग्यपूर्ण छ। राजनीतिक असहमति आफ्नो ठाउँमा छ, तर विपद्लाई राजनीतिक प्रतिशोधको माध्यम नबनाऔँ।

राम्रो गर्न सकिँदैन भने केही नगरौँ,
तर नराम्रो पनि नगरौँ।
यो समय राजनीति गर्ने होइन, मानवता देखाउने समय हो।

अहिलेको यो कठिन घडीमा सरकार मात्र होइन, हामी सबैको साथ र सहयोग आवश्यक छ। आफ्नो क्षमता र सामर्थ्यअनुसार आर्थिक, भौतिक, नग...
29/08/2026

अहिलेको यो कठिन घडीमा सरकार मात्र होइन, हामी सबैको साथ र सहयोग आवश्यक छ। आफ्नो क्षमता र सामर्थ्यअनुसार आर्थिक, भौतिक, नगद वा जिन्सी जसरी सकिन्छ, सहयोग गरौं। उद्धार तथा राहतमा खटिएका राज्यका सबै संयन्त्रलाई आवश्यक सहयोग र सहकार्य गरौं।

मैले प्रधानमन्त्री राहत कोषमा आफ्नो तर्फबाट सहयोग गरेको छु र विपद्का कारण समस्यामा परेका परिवारहरूलाई सुरक्षा निकाय सँग आवश्यक सञ्चार तथा समन्वयमा सहयोग गर्दै आएको छु। यस कठिन समयमा सबैलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।

साथै, राहत सामग्री वितरण गर्दा एकद्वार प्रणालीमार्फत स्थानीय तहसँग समन्वय गरेर मात्र गरौं, ताकि आवश्यक ठाउँमा आवश्यक सामग्री व्यवस्थित र प्रभावकारी रूपमा पुग्न सकोस्।

यो सहयोग गर्ने बेला हो। राज्य संयन्त्रलाई बलियो बनाउँदै, एकअर्काको साथ दिँदै यो विपद्को सामना गरौं।
Every little helps !

सरकार चुप लागेर बसेको छैन, सरकार प्रयास गरिरहेको छ। स्रोत साधन सीमित छन् र अहिलेको तबाहीको आकार अत्यन्तै ठूलो छ। विपद्को...
28/08/2026

सरकार चुप लागेर बसेको छैन, सरकार प्रयास गरिरहेको छ। स्रोत साधन सीमित छन् र अहिलेको तबाहीको आकार अत्यन्तै ठूलो छ। विपद्को यो भयावह परिस्थितिमा सबै आत्तिनु र छटपटिनु स्वाभाविक हो। आफ्ना आफन्तको अवस्था थाहा नहुँदा, घरबस्ती बगाउँदा वा उद्धारको प्रतीक्षामा बस्नुपर्दा जनताको पीडा र आक्रोशलाई अस्वाभाविक भन्न मिल्दैन।

तर यथार्थ के पनि हो भने यस्तो विपद्मा उद्धार सहज हुँदैन। सडक अवरुद्ध छन्, सञ्चार र यातायात प्रभावित छन्, धेरै ठाउँमा पुग्नै कठिन छ। त्यसका बाबजुद नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पाइलट, रेस्क्युअपरेटर्स तथा स्थानीय तहका जनप्रतिनिधि र नागरिक स्वयं निरन्तर उद्धार र राहतमा जुटिरहेका छन्।

यो समय धैर्य राख्ने, एक अर्कालाई सहयोग गर्ने र राज्यका सबै संयन्त्र एक भएर काम गर्ने समय हो। विपद् ठूलो छ, चुनौती कठिन छ, तर उद्धारको प्रयास रोकिएको छैन।

Alert
28/08/2026

Alert

27/08/2026

यो त्रासदीपछि सामाजिक सञ्जालमा देखिईरहेका कतिपय सामग्री अत्यन्तै हृदयविदारक छन्। मृतकका क्षतविक्षत अवस्थाका तस्वीरहरू सार्वजनिक रूपमा शेयर गर्ने प्रवृत्तिले हाम्रो सामूहिक मानसिकता, संवेदनशीलता र मानवीय पीडाप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँछ। कृपया, यति ठूलो मानवीय पीडालाई सनसनी, ध्यान वा सामाजिक सञ्जालको पहुँचका लागि फैलाउने माध्यम नबनाऔँ। हामी सूचना दिन सक्छौँ, ऐक्यबद्धता व्यक्त गर्न सक्छौँ र घटनाको दस्तावेजीकरण गर्न सक्छौँ। तर, त्यसका लागि मृतकको गरिमा र परिवारको पीडामाथि थप चोट पुर्‍याउने दृश्यहरू सार्वजनिक गर्नु आवश्यक छैन। सामाजिक सञ्जालमा शेयर गर्न सकिन्छ भन्दैमा सबै कुरा शेयर गर्नुपर्छ भन्ने हुँदैन। केही तस्वीरहरू पीडादायी मात्र हुँदैनन्, व्यक्ति र समाज दुवैका लागि अस्वस्थकर पनि हुन्छन्।

यस विनाशकारी त्रासदीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँहरूका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। आफ्ना प्रियजन, घर तथा सम्पत्ति गुमाउनुभएका सबैप्रति मेरो हार्दिक सहानुभूति छ। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। यस विपत्तिबाट प्रभावित सबैले आफ्नो जीवन पुनःनिर्माण गर्न आवश्यक शक्ति, साथ र सहयोग प्राप्त गर्न सकून् भन्दै भगवान श्री पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु।

27/08/2026

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय:

Shortcuts

Share