30/05/2026
हामीलाई दैनिक रूपमा फोन तथा सन्देशमार्फत रगत आवश्यक परेको जानकारीहरू प्राप्त भइरहेका छन्। हामीले सकेसम्म सहयोग गरिरहेका छौं, तर सबै आवश्यकताहरू पूरा गर्न चुनौतीपूर्ण भइरहेको छ।
त्यसैले सम्पूर्ण रक्तदाताहरूमा हार्दिक अनुरोध छ—रगत आवश्यक परेका व्यक्तिहरूले Facebook वा अन्य सामाजिक सञ्जालमार्फत सम्पर्क गर्नुको सट्टा सिधै हाम्रो फोन नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं। यसले रगत अभावमा रहनुभएका बिरामी तथा रगत व्यवस्थापनमा संलग्न हामी दुवै पक्षलाई सहज हुनेछ। किनभने सामाजिक सञ्जालभन्दा सिधा फोनमार्फत गरिएको सम्पर्क छिटो, भरपर्दो र प्रभावकारी हुन्छ।
साथै, सम्पूर्ण रक्तदाताहरूलाई प्रत्येक ३–३ महिनामा नियमित रूपमा रक्तदान गरी रगत अभाव न्यूनीकरणमा योगदान पुर्याइदिन अनुरोध गर्दछौं। सबै बिरामीलाई Fresh Blood आवश्यक नपर्ने भएकाले Blood Bank मा पर्याप्त मात्रामा रगत मौजुद हुँदा आवश्यक समयमा बिरामी तथा उहाँका परिवारलाई सहज रूपमा रगत उपलब्ध गराउन मद्दत पुग्छ।
“नियमित रक्तदान गरौं, जीवन बचाऔं।” ❤️🩸