29/08/2026
*मानवीय सहयोगका लागि हार्दिक अपिल*
रसुवागढीमा आएको विनाशकारी बाढीले पुर्याएको अकल्पनीय धनजनको क्षतिबाट सिंगो राष्ट्र शोकाकुल छ।
।
यस दुःखद् घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते, विस्थापित तथा प्रभावित नागरिकहरूको उद्धार, उपचार र राहतका लागि सम्पूर्ण देश एकजुट हुनुपर्ने बेला आएको छ।
विपद्मा परेको नागरिकको पीडा कुनै दल, क्षेत्र वा भूगोलको मात्र पीडा होइन—यो सम्पूर्ण राष्ट्रको पीडा हो।
त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राम विनोद यादवको तर्फबाट मधेश प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि सभा सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु—
आउनुहोस्, हामी सबैले आफ्नो एक महिनाको पारिश्रमिक विपद् पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि उपलब्ध गराऔँ।
हाम्रो सानो सहयोगले विपद्मा परेका परिवारका लागि ठूलो आशा र भरोसा बन्न सक्छ।
राजनीतिक विचार फरक हुन सक्छन्, तर मानवता र राष्ट्रप्रतिको हाम्रो दायित्व साझा हो।
आज रसुवागढीको पीडामा साथ दिऔँ।
मानवीयताको पक्षमा एकजुट बनौँ।
जनप्रतिनिधि हुनुको अर्थ व्यवहारबाट प्रमाणित गरौँ।
“विपद्मा परेका नागरिक एक्ला छैनन्—सिंगो राष्ट्र उनीहरूको साथमा छ।” 🇳🇵
राम विनोद यादव
प्रतिनिधि सभा सदस्य
धनुषा निर्वाचन क्षेत्र नं. २
राष्ट्रिय स्वतन्त्र पार्टी