सचेत नगराइन नगरपालिका

सचेत नगराइन नगरपालिका हरेक जनताको आवाज घरदेखि सदनसम्म।

13/07/2026

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन), २०८३ का १७ मुख्य चुरो कुरो:

1. Lowest Bid प्रणालीमा परिवर्तन- अब सबैभन्दा कम मूल्य कबोल गर्नेले होइन, औसत बोल अंक (Average Bid) सँग सबैभन्दा नजिक र लागत अनुमानभन्दा बढी नभएको बोलपत्रदाताले ठेक्का पाउने व्यवस्था गरिएको छ।

2. 30% भन्दा बढी Low Bid अस्वीकृत- लागत अनुमानभन्दा 30% भन्दा बढी कम भएको बोलपत्रको मूल्याङ्कन गरिने छैन।

3. लागत अनुमानभन्दा बढी Bid मा वार्ता- लागत अनुमानभन्दा बढी भएको बोलपत्रदातासँग वार्ता गरी कबोल अंक घटाउन सकिने व्यवस्था गरिएको छ।

4. बोलपत्र आह्वान अवधि घटाइयो
* राष्ट्रिय बोलपत्र: ३० → २१ दिन
* पुनः आह्वान: १५ → ७ दिन
* अन्तर्राष्ट्रिय बोलपत्र: ४५ → ३० दिन
* पुनः आह्वान: २१ → १५ दिन

5. Sealed Quotation अवधि- सिलबन्दी दरभाउपत्रको सूचना अवधि १५ दिनबाट ७ दिन कायम गरिएको छ।

6. Norms सार्वजनिक गर्ने व्यवस्था- निर्माण, परामर्श तथा अन्य सेवाका स्वीकृत Norms सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) बाट प्रकाशित गरिने व्यवस्था गरिएको छ।

7. Consultant Performance Security- परामर्शदाताले सम्झौता रकमको ५% कार्यसम्पादन जमानत पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ।

8. Government E-Marketplace बाट Direct Purchase- तोकिएको सीमासम्म सरकारी E-Marketplace मार्फत सोझै खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

9. Subcontractor Protection- मुख्य ठेकेदारले भुक्तानी नगरे सार्वजनिक निकायले Performance Security/Retention बाट Subcontractor लाई सिधै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

10. Subcontractor Experience Certificate- स्वीकृत Subcontractor लाई अनुभव (Experience) प्रमाणपत्र उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

11. Variation Approval सरल-
* ५% सम्म: राजपत्रांकित तृतीय श्रेणी(इन्जिनियर) कार्यालय प्रमुखबाट स्वीकृत।
* १०% सम्म: डिई प्रमुखबाट * १५% सम्म सुईबाट स्वीकृत।
* १५% भन्दा माथि पनि: विभागीय प्रमुख (DG) बाट स्वीकृत (अब देखि सचिव वा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक नपर्ने)।

12. Price Adjustment- १२ महिनाभन्दा कम अवधिका ठेक्कामा पनि युद्ध, महामारी, नाकाबन्दी, Supply Chain अवरोध लगायतका असाधारण परिस्थितिमा मूल्य समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

13. Criminal Liability- पेस्की वा सरकारी रकम बदनियतपूर्वक दुरुपयोग गरे ठगी तथा किर्ते अन्तर्गत फौजदारी कारबाही हुने व्यवस्था गरिएको छ।

14. Project Facilitation जिम्मेवारी- जग्गा उपलब्ध गराउने, वन क्षेत्र प्रयोग, विद्युत्, खानेपानी, ढल, दूरसञ्चार तथा पहुँच मार्गको सहजीकरण गर्ने दायित्व सम्बन्धित सरकारी निकायको हुने व्यवस्था गरिएको छ।

15. ढिलाइ गर्ने अधिकारीलाई कारबाही- समयमै निर्णय, स्वीकृति, सहमति वा सहजीकरण नगर्ने अधिकारीमाथि विभागीय कारबाही तथा आवश्यक परे सरकारी अनुदान रोक्का गर्न सकिने व्यवस्था गरिएको छ।

16. Contract Termination Recovery – ठेक्का रद्द हुँदा Performance Security जफत गरी अद्यावधिक लागत अनुमानका आधारमा बाँकी रकम सरकारी बाँकीसरह असुल गरिने व्यवस्था गरिएको छ।

17. अन्य नयाँ व्यवस्था

* समयमै आयोजना सम्पन्न गराउने कर्मचारीलाई Incentive Bonus
* Blacklisting का नयाँ आधार थप
* EPC, Design & Build, Turnkey सम्बन्धी प्राविधिक मार्गदर्शन जारी गर्ने व्यवस्था
* प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत Government Procurement Service Office स्थापना

-अध्ययन तथा संकलन:
ई. उपेन्द्र महरान

02/05/2026

सार्बजनिक खरिद ऐन दोश्रो सम्सोधन अध्यायदेशले विकास,पुर्बाधार र खरिद प्रणालिमा रहेको नितिगत जटिलताहरुमा व्यापक फेरबदल गरेको छ,बिशेसत:निर्माण ब्याबसायिहरुका लागि केही बुदाहरु:
१)अन्तरास्ट्रिय बोलपत्र आव्हानका लागि ४५ दिन बाट घटाएर ३० दिन।
२)रास्ट्रियस्तर बोलपत्र आव्हानका लागि ३० दिन बाट घटाएर २१ दिन।
३) शिलबन्दी दरभाउका लागि १५ दिन बाट घटाएर ७ दिन।
४)बिदुतिय खरिद प्रणालि प्रयोग गरिएको अवस्थामा अब रास्ट्रिय दैनिक पत्रीकामा सुचना छाप्नु पर्ने अनिबार्य ब्याबस्थाको अन्त्य।यस्तोमा सार्बजनिक खरिद अनुगमन कार्यलय र सम्बन्धित निकायको वेब साईटमा राखिएको सुचनालाइ नै आधिकारिक मानिने छ।
५)अस्वभाबिक रुपमा कममुल्य कबोल गरेर ठेक्का लिने प्रवृत्ति रोक्न कडा प्रावधान राखिएको छ,यदि बोल पत्र दाताले कुनै आइटममा लागत अनुमान को ५०%भन्दा कम दर हालेमा मुल्यांकनका लागि लागत अनुमान कै दर राखिने छ।जस्तै लागत अनुमानको ३०% भन्दा घटेर कबोल गर्नेको दर बिस्लेसण मागिने छ र कार्य सम्पादन हुन नसक्ने देखिएमा बोलपत्र रद्द गरि जमानत जफत गरिने छ।
६)यदि सारभुत रुपमा प्रभाबुकग्राही बोलपत्रको अङ्क लागत अनुमान भन्दा बढी भएमा स्पेसिफिकेसन अघटाइ सम्बधित निकाय सित बार्ता गरेर एकमुस्ट छुट प्रतिसतमा सहमती गरि सम्झौता गर्न सकिने छ।
७)परामर्श दाताको हकमा पहिलो प्रस्तावकको रकम बढी भएमा, दोश्रो प्रस्तावकको रकम लागत अनुमान भित्र भए उसैलाइ छनौट गरिने छ।
८)मुभिलाइजेसन रकम पूरा २०% पुर्याइएको छ,तर मुभिलाइजेसन रकम लिएर ३० दिन सम्ममा पनि निर्माण कार्य सुरु नगरिएको खन्डमा बैङ्क ग्यारेन्टी जफत हुने र छुट्टै खाता बाट मात्रै खर्च हुने छ।
९)कार्यसम्पादन सुरक्षा न्युनतम ५% र न्यून बोलकबोलको हकमा ८% तोकिएको छ।
१०)योग्यता गणना गर्दा दुई वा सो भन्दा बढी एकीकृत कम्पनी भएमा उनिहरुको पुरानो योग्यताको पनि गणना गरिने भएको छ।
११)यस अघि योग्यता निर्धारणको लागि रहेको २ करोडको सिमालाइ हटाएर तोकिए बमोजिम बनाइएको छ, ठेक्का टृक्रा पार्न वा प्रतिस्पर्धा सिमित हुनेगरि ठेक्का ठुलो प्याकेज बनाउन रोक लगाइएको छ।
१२)सब कन्टेकटर लाई २५% भन्दा बढी काम दिन पाइने छैन।
१३)भेरिएसनको निर्णय अधिकारलाई बिकेन्द्रीत गर्दै १५% भन्दा माथीको निर्णय बिभागिय प्रमुखलेनै गर्न सकिने छ।
१४)अधिकृतले ५%,उपसचिबले १०%, र सहसचिबले १५% सम्म भेरिएसन गर्ने ब्यवस्थालाइ निरन्तरता दिएको छ।
१५)ठेक्का तोडिएको अवस्थामा बाकी सम्पन्न गर्न लाग्ने थप रकम अर्थात अद्यावदिक लागत र कन्टेकटरको बोल कबोल बिचको फरक सम्बधित निर्माण ब्याबसायी बाट नै असुल गरिने छ।
१६)पुर्ब तयारी नगरी टेन्डर आउट गर्ने कर्मचारिलाइ कार्बाही र राम्रो काम गर्ने लाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ।
१७)मुल्याङ्कन समितिले प्रतिबेदन बुझाएको १५ दिन भित्रै बोलपत्रको निर्णय स्वीकृत गरिसक्नु पर्ने छ, र अङ्क बराबरी भए गोला प्रथा बाट छनौट गर्ने प्रवधान राखिएको छ।

01/05/2026

तपाईंले राख्नु भएको सार्वजनिक खरिद (दोश्रो संशोधन) विधेयक, २०८३ हेर्दा मुख्य–मुख्य बुँदा ।

१. अस्वाभाविक कम रेट (Low Bidding) मा कडाइ

३०% भन्दा बढी कम बोली → दर विश्लेषण अनिवार्य
५०% भन्दा कम आइटम दर → तुलना गर्दा लागत अनुमानकै दर राखिन्छ
काम पायो भने → ८% अतिरिक्त Performance Security

👉 असर:
अब low bid गरेर काम जित्ने रणनीति जोखिमपूर्ण भयो।
गलत दर राखे → बोलपत्र रिजेक्ट

२. मोबिलाइजेशन पेमेन्टमा कडा नियन्त्रण

बढीमा २०% मात्र advance
३० दिनभित्र काम सुरु नगरे → Bank Guarantee जफत
छुट्टै बैंक खाताबाट खर्च गर्नुपर्ने

👉 असर:
contractor ले पैसा अन्य काममा घुमाउन सक्दैन → cash flow दबाब बढ्छ।

३. Performance Security अझै कडा

न्यूनतम ५% + low bid मा थप ८%
contract break भए → पूरे जमानत जफत + थप रकम असुल

👉 असर:
ठेक्का तोड्नु अब धेरै महँगो हुन्छ।

४. Variation (काम बढाउने/घटाउने) मा कडाइ

५%–२०% भित्र मात्र अधिकार स्तर अनुसार approve
बढी variation → माथिल्लो तहको स्वीकृति

५. Site ready नभई ठेक्का गर्न नपाइने

जग्गा, मुआब्जा, environment clearance बिना tender हुँदैन

👉 असर (mixed):
-राम्रो पनि हो (delay कम हुन्छ)
-तर contractor लाई काम सुरु ढिलो हुन सक्छ

६. Bid Evaluation अझै कडा

Technical + Financial scoring
past performance, capacity, time factor पनि हेर्ने

७. Joint Venture (JV) मा कडाइ

JV member सबै जिम्मेवार
काम अरूलाई sublet गर्न नपाइने

👉 असर:
नाम मात्र JV बनाएर काम अरूलाई दिने” practice बन्द।

८. Blacklisting र कारबाही कडा

समयमै जानकारी नदिए → action
contract sign नगरे → blacklist
गलत document → कारबाही

👉 असर:
risk management गर्नुपर्छ, नत्र blacklist हुने सम्भावना बढ्यो।

९. Payment र Decision Delay मा जिम्मेवारी

सरकारी कर्मचारीले निर्णय नगरे → कारबाही

👉 contractor का लागि indirect positive हो,
तर process अझ formal हुन्छ → flexibility घट्छ।

१० Professional Liability Insurance अनिवार्य

Consultant ले insurance राख्नुपर्ने

👉 indirect असर contractor मा पनि → cost बढ्छ।

११ Time-bound कामको दबाब

ढिला निर्णय, ढिला काम → कारबाही
performance-based approach

👉 असर:
काम समयमै नगरे penalties कडा हुने।

Sonu Mandal Pappu  Shah nagarain Hamro Nagarain
29/04/2026

Sonu Mandal Pappu Shah nagarain Hamro Nagarain

24/04/2026
18/04/2026

नेपालमा ११ kV (हाइ भोल्टेज) लाइनको पोलिङ्ग कुनै ब्यक्तिगत जग्गा भित्र सिधै अनुमति बिना राख्न पाइँदैन। सामान्यतया यस्तो काम Nepal Electricity Authority (NEA) ले निश्चित प्रक्रिया पूरा गरेर मात्र गर्न सक्छ। ⚡
कानुनी रूपमा के–के नियम लागू हुन्छ?
१. जग्गाधनीको सहमति आवश्यक हुन्छ
– निजी जग्गामा पोल राख्नुअघि लिखित अनुमति लिनुपर्छ।
२. सार्वजनिक हितको परियोजना भएमा मात्र अपवाद लागू हुन्छ
– विद्युत विस्तार जस्ता सार्वजनिक प्रयोजनका लागि कहिलेकाहीँ पोल राख्न सकिन्छ।
– यस्तो अवस्थामा पनि क्षतिपूर्ति (compensation) दिनुपर्ने हुन्छ।
३. घर माथिबाट लाइन गएको अवस्थामा विशेष सुरक्षा दूरी अनिवार्य हुन्छ
– घर निर्माण, नक्सा पास, र बसोबासमा असर परेमा सम्बन्धित निकायले समाधान गर्नुपर्छ।
४. अनुमति बिना पोल राखिएको छ भने उजुरी गर्न सकिन्छ
– NEA कार्यालय
– वडा कार्यालय
– नगरपालिका/उपमहानगरपालिका

"अंशबन्डा नहुँदै अंशियार थप भएको अवस्थामा थप अंशियारको समेत बराबर अंश पाउने । त्यस्तो अधिकारबाट कसैलाई वञ्चित गर्ने वा प...
17/04/2026

"अंशबन्डा नहुँदै अंशियार थप भएको अवस्थामा थप अंशियारको समेत बराबर अंश पाउने । त्यस्तो अधिकारबाट कसैलाई वञ्चित गर्ने वा प्रचलित कानूनमा उल्लेख भएको कानूनी व्यवस्थाबमोजिमबाहेक घटीबढी गरी बन्डा गर्नु नहुने । यसबाट फैसला कार्यान्वयन हुनुअगावै तत्काल कायम रहेका अंशियारहरूको यकिन गरी सबै अंशियारलाई बराबर हुने गरी सम्पत्तिको बन्डा गर्नुपर्ने ।"
निर्णय नं. ११३८१ - उत्प्रेषण

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी लिन मालपोत कार्यालयमा पेस गरिने निवेदनको ढाँचा ।
17/04/2026

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी लिन मालपोत कार्यालयमा पेस गरिने निवेदनको ढाँचा ।

सडक विस्तारको नाममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी तथा उचित क्षतिपूर्ति प्रदान नगरी निजी घर तथा संरचना भत्काउन वा हटा...
17/04/2026

सडक विस्तारको नाममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी तथा उचित क्षतिपूर्ति प्रदान नगरी निजी घर तथा संरचना भत्काउन वा हटाउन पाइँदैन।

सर्वोच्च अदालतले २०७३/७/१८ गते गरेको फैसला पुर्णपाठ

सम्मनित सर्बोच्च अदालतबाट सडक निर्माण, विस्तार, पुनर्निर्माणको विषयमा महत्वपूर्ण (ल्याण्डमार्क) फैसला भएको छ । सडक बिस्त...
17/04/2026

सम्मनित सर्बोच्च अदालतबाट सडक निर्माण, विस्तार, पुनर्निर्माणको विषयमा महत्वपूर्ण (ल्याण्डमार्क) फैसला भएको छ । सडक बिस्तारका असंख्य पीडितहरूको लागि र सरकारले जनतालाई पीडित नबनाई, विस्थापनको अमानवीय ब्यवहार नगरी द्वन्द रहित तरिकाले विकास गर्न सक्छ । यसको बाटो यस फैसलाले दिएको छ ।यो फैसला माननीय न्यायधीश हाल का.मु. प्रधान न्यायधीश श्री सपना प्रधान मल्ल र माननीय न्यायधिश श्री हरीप्रसाद फुयाँलको संयुक्त इजलासबाट मिति २०८२ भदौ २२ गते भएकोहो । फैसलमा भएका धेरै बुँदाहरू मध्ये केही बुँदाहरू निम्न छन् ;
(१) बाटो विस्तार गर्दा अनिवार्य कानूनी प्रक्रिया पूरा नगरी, जगगा प्राप्तिको निर्णय नगरी र मुआब्जा नदिई एक्कासि डोजर चलाउने कार्य कानूनको अख्तियारी भन्दा बाहिर (Ultra vires) देखिन्छ ।
(२) मुआब्जा र पुनर्वास प्रत्याभूत नगरी नमगरिकको बैध सम्पत्ति अधिग्रहण र भत्काउन मिल्दैन ।
(३) विना सूचना विना क्षतिपूर्ति नागरिकको वासस्थानमा डोजर चलाउने कार्य संविधान, प्चलित कानून र न्यायका मान्य सिद्दान्ततको गम्भीर उल्लंघन ।

(४) यदि सडक विस्तारले नागरिकलाई सुकुम्वासि वनउँछ भने त्यसतो विकासले संविधानको 'कलयाणकारी राज्य' को अवधारणालाई खण्डित गर्छ
(५) बैकल्पिक मार्ग भए वासस्थान र जीविकामा असर पर्ने गरी आवास भत्त्कउनु 'समानुपातिक सिद्दान्त विपरित ।
(६) प्रभावितलाई स्पष्ट र पर्याप्त समय दिने र अगावै सूचना दिने
(७) सडक सीमा भित्र नीजि जग्गा पर्छ भने सम्बन्धित बसोबासिहरूसंग सहमति लिन पर्छ ।
(८) लोकतान्त्रिक प्रणालीमा खर्थपूर्ण परामर्श (Meaningful Consultation) भन्नाले प्रभावित नागिकलाई आयोजनाको वारेमा पूर्ण जानकारी दिने, उनीहरूका विकल्प र गुनासा सुन्नेसुन्ने र ती गुनासाहरूलाईनीति निराणको तहमा सम्बोधन गर्ने
आदि
Source: Shankar Limbu

Address

Nagarain
Janakpur
6310

Website

Alerts

Be the first to know and let us send you an email when सचेत नगराइन नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category