14/02/2026
जनताको प्रश्नबाट भाग्ने नेता, र जनताकै दमन गर्ने कार्यकर्ता – यो कस्तो लोकतन्त्र हो?
धनुषा निर्वाचन क्षेत्र नं. ४, लक्ष्मीनिया-६ मा आज एउटा लज्जास्पद दृश्य देखियो। नेकपा (एमाले) का उम्मेदवार माननीय रघुवीर महासेठ ज्यूसँग स्थानीय युवाहरूले आफ्नो गाउँ-ठाउँको समस्या र विकासका बारेमा प्रश्न राख्न खोज्दा, उहाँले जवाफ दिनुको साटो गाउँ नै छोडेर भाग्नुभयो। जनताको प्रश्नको सामना गर्न नसक्ने कस्तो नेतृत्व?
विडम्बनाको कुरा त के छ भने, प्रश्न सोध्ने निहत्था युवाहरूमाथि उहाँका कार्यकर्ताहरूले उल्टै दमन र दुर्व्यवहार गरेका छन्। के आफ्नो प्रतिनिधि हुनेसँग प्रश्न सोध्नु अपराध हो? शक्ति र सत्ताको आडमा युवाको आवाज दबाउने प्रयास कदापि सफल हुने छैन। लक्ष्मीनियाका सचेत युवाहरूले अब यस्तो प्रवृत्तिको डटेर विरोध गर्नेछन्।