Rabin Mahato - रा.स्व.पा सर्लाही

Rabin Mahato - रा.स्व.पा सर्लाही Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabin Mahato - रा.स्व.पा सर्लाही, Janakpur.

म राष्ट्रिय सवतन्त्र पार्टी (रा.स्व.पा) बाट सर्लाही क्षेत्र -२ को प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य सांसद बन्न पाउदा अत्यन्त गर्व महसुस गर्दैछु | जनताको विश्वास , साथ र समर्थनप्रति आभार व्यक्त गर्दछु |

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउन प्रतिनिधि छनोट गरी जिम्मेवारी बाँ...
27/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउन प्रतिनिधि छनोट गरी जिम्मेवारी बाँडफाँड गरिएकोमा सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

पार्टीको विचार, नीति, निर्देशन र संगठनात्मक अनुशासनलाई आत्मसात गर्दै वडा, पालिका तथा जिल्ला तहसम्म संगठनलाई अझ मजबुत बनाउन सबै प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र जनताको भरोसासहित समृद्ध तथा सुशासित नेपाल निर्माणको यात्रामा अघि बढौँ।

#राष्ट्रिय_स्वतन्त्र_पार्टी
#संगठन_विस्तार

11/05/2026

प्रस्तुत गरिएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा सामाजिक समावेशीतालाई उच्च प्राथमिकतामा राखेको छ । 📚🏥🇳🇵

निःशुल्क तथा रोजगारमुखी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, डिजिटल नेपाल, युवाका लागि रोजगारी सिर्जना तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति समृद्ध नेपालको आधार बन्ने विश्वास लिएको छु ।

समावेशी, न्यायपूर्ण र विकसित नेपाल निर्माणतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको छ । ✨

https://seeadmin.ntc.net.npकक्षा १० SEE परीक्षाफल प्रकाशन भएको अवसरमा सम्पूर्ण SEE उत्तीर्ण विद्यार्थी भाइबहिनीहरूलाई हा...
11/05/2026

https://seeadmin.ntc.net.np

कक्षा १० SEE परीक्षाफल प्रकाशन भएको अवसरमा सम्पूर्ण SEE उत्तीर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।

आजको यो सफलता तपाईंहरूको अथक मेहनत, लगनशीलता, अनुशासन र परिवार तथा गुरुजनको निरन्तर साथ–सहयोगको परिणाम हो । जीवनको यो महत्वपूर्ण उपलब्धिले आगामी दिनमा अझ ठूलो सपना पूरा गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

11/05/2026
11/05/2026

आज सर्लाही जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूमा सरसफाई अभियान सञ्चालन गरिएको छ।
स्वच्छ कार्यालय, स्वस्थ कार्य वातावरण र जिम्मेवार समाज निर्माणका लागि यो अभियान महत्वपूर्ण कदम हो।

सरसफाई केवल एक दिनको कार्यक्रम होइन, यो हाम्रो संस्कार र दायित्व पनि हो।
आउनुहोस्, सबै मिलेर स्वच्छ सर्लाही निर्माणमा आफ्नो योगदान दिऔं।

06/05/2026

आज मलंगवा नगरपालिका–३ मा अवस्थित सरकारी विद्यालय तथा मदर्साको स्थलगत अनुगमन सम्पन्न भएको छ।

अनुगमनका क्रममा शिक्षण संस्थाहरूको वर्तमान अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा व्यवस्थापन पक्षको सूक्ष्म मूल्यांकन गरिएको छ। साथै, स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट तथा संवादमार्फत शिक्षा क्षेत्र सुधारका लागि देखिएका समस्या, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल गरिएको छ।

जनताको आधारभूत अधिकारका रूपमा रहेको शिक्षालाई गुणस्तरीय, सहज र सर्वसुलभ बनाउन राज्यको दायित्वलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउँदै, प्राप्त सुझाव तथा गुनासाहरूलाई नीतिगत तहसम्म पुर्‍याई ठोस पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

समृद्ध समाज निर्माणको आधार शिक्षा भएकाले यस क्षेत्रको सुधारमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौं।

बुद्ध जयन्तीको हार्दिक शुभकामना .शान्ति, करुणा र सहिष्णुताको सन्देश दिने भगवान गौतम बुद्धको पावन जयन्तीको अवसरमा सम्पूर्...
01/05/2026

बुद्ध जयन्तीको हार्दिक शुभकामना .

शान्ति, करुणा र सहिष्णुताको सन्देश दिने भगवान गौतम बुद्धको पावन जयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

बुद्धका अमूल्य उपदेशहरूले हामीलाई सत्य, अहिंसा, सह-अस्तित्व र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छन्। आजको यस विशेष दिनमा उहाँको शिक्षालाई आत्मसात गर्दै आफ्नो जीवनलाई सकारात्मक, शान्तिपूर्ण र अर्थपूर्ण बनाऔँ।

सबैमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछु।

श्रम नै राष्ट्र निर्माणको मूल आधार हो। आफ्नो पसिना र परिश्रमले समाज, देश र विश्वको समृद्धिमा अतुलनीय योगदान पुर्‍याउने स...
01/05/2026

श्रम नै राष्ट्र निर्माणको मूल आधार हो। आफ्नो पसिना र परिश्रमले समाज, देश र विश्वको समृद्धिमा अतुलनीय योगदान पुर्‍याउने सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु।

यस विशेष दिनको अवसरमा, सबै श्रमिकहरूको अधिकार, सम्मान, सुरक्षा र समृद्ध जीवनको कामना गर्दछु।
आउनुहोस्, श्रमको कदर गरौं, श्रमिकमैत्री समाज निर्माण गरौं र उज्ज्वल भविष्यतर्फ अघि बढौं।

विश्व मजदुर दिवसको हार्दिक शुभकामना! 🙏

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Rabin Mahato - रा.स्व.पा सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share