03/06/2026
भारत भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटघाट भएको छ।
सामाजिक सञ्जालमा भेटको तस्बिर राख्दै जयशङ्करले आफूहरूले नेपाल र भारतबीचको विकास साझेदारी र जनस्तरीय सम्बन्धबारे चर्चा गरेको बताएका छन्।
"विकास र समृद्धिको प्रवर्द्धनमा यी विषयको महत्त्वपूर्ण भूमिका हुन्छ," उनले लेखेका छन्।