28/11/2024
नेपाल सरकार र स्विस सरकार बिच भएको दुई पक्षीय सम्झौता अनुसार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, मधेस प्रदेशको समन्वय, हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा र पिपरा गाउँपालिका महोत्तरीको नेतृत्वमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत आप्रवासी श्रोत उप केन्द्र पिपरा गा.पा.को पहलमा मलेसियामा हराएका महोत्तरी गा. पा.-०१ पर्सा निवासी खुश मोहम्मद नदाफ ज्यूलाई खोजी उधार गराई नेपाल फर्काउनमा सहजीकरण गर्दै एजेन्टबाट रु.१०००००।- तथा पालिकाका कर्मचारीहरु तथा अन्य साथीहरूको सहयोगमा स्वदेश फर्काउने टिकटको लागी रु.२५०००।- दिलाउनमा सहजीकरण गरियो । साथै मानसिक अबस्था सुधारको लागी औषधि उपचारमा आवश्यक पहल गरि समान्य अवस्थामा ल्याउन सहजिकरण भयो ।
#जयआप्रवासी