Hami Yuwa 2.O

Hami Yuwa 2.O Youth For Change

सूचनाको विवरण​क्याम्पसको नाम: सप्तशहीद बहुमुखी क्याम्पसस्थान: शहीदनगर न.पा.-३, यदुकूहा (धनुषा)स्थापना वर्ष: २०६७​मुख्य स...
23/05/2026

सूचनाको विवरण

​क्याम्पसको नाम: सप्तशहीद बहुमुखी क्याम्पस
स्थान: शहीदनगर न.पा.-३, यदुकूहा (धनुषा)
स्थापना वर्ष: २०६७
​मुख्य सूचना
​सप्तशहीद बहुमुखी क्याम्पस शहीदनगर न.पा.-३, यदुकूहा धनुषाको क्याम्पस सभा गठनको लागि सदस्यता अभियान कार्यक्रम सञ्चालन भईरहेकोले ईच्छुक समाज सेवी, बुद्धिजिबी, व्यापारी, शिक्षक, कर्मचारी, किसान तथा अन्य महानुभावलाई सदस्यता लिई यो अभियान कार्यक्रमलाई सफल पारी दिनुहुन सम्पूर्ण महानुभावहरूलाई हार्दिक अपिल गर्दछौँ।

​सदस्यताको प्रकार र शुल्क

​१. साधारण सदस्य: रू. ३,१००/-
२. आजीवन सदस्य: रू. ११,०००/-
३. संरक्षक सदस्य: रू. ३५,०००/-
​थप जानकारीको लागि (सम्पर्क नम्बरहरू)
​श्रीनारायण यादव – ९८१४८४७४८८
​मनोज दास – ९८१७८६२५५५
​राजकुमार कर्मचार्य – ९८४१२९१३६८
​रामदयाल दास – ९८०१०१५४९९
​मुक्ति साह – ९८०४८२०५५८

​नोट: यो सदस्यता अभियान कार्यक्रम यहि मिति २०८३ अषाढ १५ गते सम्म सञ्चालन रहनेछ।

23/05/2026

दादागिरी, लापरबाही र राजनीति ,अन्धकारमा विद्यार्थीको भविष्य ?
#सामुदायिक_विद्यालय

श्री संयोजक/अध्यक्ष ज्यू, हामी युवा (Hami Yuwa), शहिदनगर, धनुषा।विषय: सरकारी जग्गा संरक्षण एवं अतिक्रमण नियन्त्रण अभियान...
20/05/2026

श्री संयोजक/अध्यक्ष ज्यू,
हामी युवा (Hami Yuwa),
शहिदनगर, धनुषा।

विषय: सरकारी जग्गा संरक्षण एवं अतिक्रमण नियन्त्रण अभियानमा सहयोग र सहकार्य सम्बन्धमा।

महोदय,
​प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. ९९४२, मिति २०८२/१२/३० को पत्रानुसार गृह मन्त्रालयको शासकीय सुधार कार्यसूची बमोजिम यस वडा नं. ८ भित्रका सार्वजनिक, सरकारी, ऐलानी तथा गुठी जग्गाहरूको संरक्षण एवं अवैध अतिक्रमण नियन्त्रण गर्ने कार्य भोलि मिति २०८३/०२/०७ गतेदेखि वडा कार्यालयको नेतृत्वमा औपचारिक रूपमा प्रारम्भ हुन लागेको व्यहोरा अवगत नै छ।
​सार्वजनिक सम्पत्तिको रक्षा गर्ने र समाजमा सुशासन कायम गर्ने कार्यमा युवाहरूको भूमिका अतुलनीय हुन्छ। "हामी युवा" संस्थाले स्थानीय तहमा सामाजिक रूपान्तरण, युवा परिचालन र नागरिक सचेतनाका क्षेत्रमा खेल्दै आएको सकारात्मक भूमिकालाई मध्यनजर गर्दै यस ऐतिहासिक संरक्षण अभियानमा समेत यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
​अतः भोलि मिति २०८३/०२/०७ गतेदेखि सुरु हुने यस अभियान अन्तर्गत जग्गाको लगत संकलनमा सहयोग गर्न, स्थानीय स्तरमा जनचेतना जगाउन, नागरिक अनुगमनकर्ताको रूपमा भूमिका निर्वाह गर्न र अभियानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आफ्नो संस्थाका तर्फबाट आवश्यक स्वयम्सेवक टोली खटाई वडा कार्यालयलाई रचनात्मक सहयोग र समन्वय गरिदिनुहुन आदेशानुसार हार्दिक अनुरोध गर्दछु।

​ तनुकलाल कुसियत यादव
वडा अध्यक्ष

आज हामी युवा परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएका छौं।​शहिदनगर न.पा. यदुकूहा-३ निवासी श्री शंकर प्रसाद मंडल र श्रीमती स...
19/05/2026

आज हामी युवा परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएका छौं।

​शहिदनगर न.पा. यदुकूहा-३ निवासी श्री शंकर प्रसाद मंडल र श्रीमती सुनैना देवी मंडलकी सुपुत्री तथा श्री ज. ए. मा. वि. को कक्षा १० मा अध्ययनरत हाम्री प्यारी बहिनी कविता कुमारी मंडल (रोल नम्बर- ३८) को असामयिक तथा दुःखद निधनको खबरले हाम्रो सम्पूर्ण संस्था र युवा सञ्जाललाई स्तब्ध बनाएको छ।

​एउटा उज्यालो भविष्य बोकेकी, समाज र राष्ट्रका लागि केही गर्ने उमेर भएकी प्यारी बहिनी कविताको यसरी अल्पायुमै भएको महाप्रस्थानले हाम्रो समाजलाई अपूरणीय क्षति पुर्‍याएको छ।

​यस वज्रपातको घडीमा दिवंगत पुण्यात्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, सामाजिक रूपान्तरणको अभियानमा जोडिएका हामी सम्पूर्ण युवाहरूको तर्फबाट शोकमा डुब्नुभएका आदरणीय माता-पिता, सन्तप्त परिवारजन, आफन्त र सहपाठी साथीभाइहरूमा यो असह्य पीडा सहने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौं।

​बैकुण्ठमा बास होस् प्यारी बहिनी ! 🕊️🙏
​ #हामी_युवा #भावपूर्ण_श्रद्धाञ्जली #शोक_सूचना #यदुकूहा

🏫 विद्यालय भवन शिलान्यास तथा हार्दिक धन्यवाद! 🤝​शहिदनगर नगरपालिका वार्ड नं. ७ मा अवस्थित श्री राष्ट्रिय प्राथमिक विद्याल...
18/05/2026

🏫 विद्यालय भवन शिलान्यास तथा हार्दिक धन्यवाद! 🤝
​शहिदनगर नगरपालिका वार्ड नं. ७ मा अवस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय (रा.प्रा.वि.) धबौली को नयाँ विद्यालय भवनको आज एक भव्य समारोहका बीच वार्ड अध्यक्ष श्री महेश्वर मण्डलज्यू द्वारा विधिवत रूपमा शिलान्यास सम्पन्न भएको छ।
​शिक्षा क्षेत्रको विकास र बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि यो कदम अत्यन्तै सराहनीय छ। विद्यालयको नयाँ पूर्वाधार निर्माण कार्यको सुरुवात गरिदिनु भएकोमा वार्ड अध्यक्षज्यूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
​⚠️ निर्माणको गुणस्तरमा ध्यान दिन विशेष अपिल:
​भवन शिलान्यास हुनु आफैमा खुसीको कुरा हो, तर यो भवन हाम्रा बालबालिकाहरूको भविष्यसँग जोडिएको हुनाले निर्माण कार्यलाई पूर्ण रूपमा पारदर्शी र दिगो बनाउन आवश्यक छ। तसर्थ, निर्माण अवधिभर प्रयोग हुने सामग्रीको गुणस्तर, प्राविधिक मापदण्ड र समयसीमाको नियमित एवं कडा अनुगमन (Monitoring) गरिदिनु हुन वार्ड अध्यक्षज्यू, स्थानीय जनप्रतिनिधिहरू, र सरोकारवाला सम्पूर्णमा जोडदार अनुरोध गर्दछौँ।
​गुणस्तरीय शिक्षा र सुरक्षित पूर्वाधार—हाम्रो साझा सरोकार!

15/05/2026

अब मौन बस्ने कि विकल्प खोज्ने?

15/05/2026

नमस्ते,
म अरुण कुमार यादव, शहिदनगर नगरपालिका बाट।
आज म एउटा गम्भीर विषयमा आफ्नो धारणा राख्न चाहन्छु। मैले कसैलाई व्यक्तिगत रूपमा दोष लगाउन खोजेको होइन, तर आएको नतिजाले धेरै प्रश्न उठाएको छ।
यस वर्ष शहिदनगर नगरपालिका बाट कुल ४२८ जना विद्यार्थी SEE परीक्षामा सहभागी भएका रहेछन्। तर त्यसमध्ये केवल १७० जना मात्र उत्तीर्ण भएका छन्। अर्थात् पास प्रतिशत जम्मा २८.५०४% मात्र भएको छ। यस्तो कमजोर नतिजा किन आयो? यसको वास्तविक कारण के हो?
विद्यालय, शिक्षक, प्रधानाध्यापक, अभिभावक र स्वयं विद्यार्थी सबैले एकपटक गम्भीर रूपमा आत्ममूल्यांकन गर्न आवश्यक छ।
कमजोरी कहाँ भयो?
• पढाइमा?
• विद्यालय व्यवस्थापनमा?
• शिक्षकको जिम्मेवारीमा?
• अभिभावकको निगरानीमा?
वा विद्यार्थीको मेहनतमै कमी भयो?
मैले यो भनेको होइन कि सबै विद्यार्थीले A+, A, B+,...,..., नै ल्याउनुपर्छ। तर कम्तीमा विद्यार्थी पास त हुनुपर्‍यो। आधारभूत रूपमा पास गराउन पनि नसक्नु दुःखद विषय हो।
अब प्रश्न यो हो !
यो नतिजाबाट पाठ सिकेर आगामी शैक्षिक सत्र २०८३ मा विद्यालयले के नयाँ योजना बनाउँदैछ?
• पढाइ सुधारका लागि विशेष कार्यक्रम हुन्छ?
• कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा चलाइन्छ?
• शिक्षकको जिम्मेवारी र मूल्यांकन कडा बनाइन्छ?
• अभिभावकसँग समन्वय बढाइन्छ?
कि हरेक वर्षजस्तै “जे भयो भयो” भनेर फेरि पनि बेवास्ता गरिने हो?
यो नतिजाले साँच्चै दुःख लागेको छ। आशा छ सम्बन्धित पक्षहरूले यसलाई गम्भीर रूपमा लिई सुधारको ठोस योजना बनाएर अघि बढ्नुहुनेछ।
धन्यवाद।
Arun Yadav

📢 महत्वपूर्ण सूचना: कक्षा ११ को परीक्षा शुल्क सम्बन्धमा! 📢​शहिदनगर नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा अध्ययनरत क...
12/05/2026

📢 महत्वपूर्ण सूचना: कक्षा ११ को परीक्षा शुल्क सम्बन्धमा! 📢

​शहिदनगर नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा अध्ययनरत कक्षा ११ का विद्यार्थी भाइबहिनीहरूमा परीक्षा शुल्कका विषयमा केही जिज्ञासा र गुनासोहरू प्राप्त भएका थिए। यसै सन्दर्भमा "हामी युवा" समूहले सम्बन्धित विद्यालय व्यवस्थापन र शिक्षा शाखासँग समन्वय गरी यथार्थ बुझ्दा देहाय बमोजिमको जानकारी प्राप्त भएको छ:

१.​शुल्कको आधार: परीक्षा शुल्क "कक्षा ११ परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७" को अनुसूची–७, परीक्षा सञ्चालन मापदण्ड (१०) अनुसार नै लिइएको पाइएको छ।

२.​समयमै फाराम भरौँ: शुल्क सम्बन्धी अन्योल हटेको हुनाले सबै विद्यार्थी भाइबहिनीहरूलाई तोकिएको समयभित्रै आफ्नो परीक्षा फाराम भर्न अनुरोध गरिन्छ। अन्तिम समयमा हुने चाप र ढिलाइबाट बच्न बेलैमा प्रक्रिया पूरा गर्नुहोला।

३.​सम्पर्क र समन्वय: यदि फाराम भर्ने क्रममा वा शुल्कका विषयमा कुनै थप समस्या वा जिज्ञासा भएमा निर्धक्कसँग हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

​हामी तपाईँहरूको शैक्षिक भविष्यप्रति सचेत छौँ र कुनै पनि अन्याय नहोस् भन्ने कुरामा प्रतिबद्ध छौँ।
​"हामी युवा"
शहिदनगर नगरपालिका

जनपक्षीय कदम र सुशासनको मार्गमा शहिदनगर-८: वडा अध्यक्षको साहसिक निर्णय!​शहिदनगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री ...
11/05/2026

जनपक्षीय कदम र सुशासनको मार्गमा शहिदनगर-८: वडा अध्यक्षको साहसिक निर्णय!

​शहिदनगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री तनुकलाल कुसियैत यादव ज्यूले सरकारको "सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण" सम्बन्धी आदेशलाई अक्षरशः पालना गर्दै एक ऐतिहासिक कदम चाल्नुभएको छ।

​१. कानुन सबैका लागि बराबर: ⚖️

विगतमा शक्तिशाली व्यक्तिहरूले सार्वजनिक र ऐलानी जग्गा कब्जा गरी संरचना बनाएका उदाहरणहरू प्रशस्त छन्। तर, वडा कार्यालयले जारी गरेको पछिल्लो सूचनाले स्पष्ट पारेको छ— कानुनभन्दा माथि कोही छैन। मधेश प्रदेशका सांसद एवं प्रदेश मामला समितिका सभापति रत्नेश्वर लाल गोइतको घर समेत ऐलानी जग्गामा रहेको र सरकारी मापदण्ड अनुसार सो संरचना पनि हटाउने प्रक्रिया अघि बढेको छ। यो कदमले "सानालाई ऐन, ठूलालाई चयन" भन्ने उखानलाई गलत साबित गरिदिएको छ।

​२. पोखरीहरूको पुनरुत्थान र प्राकृतिक न्याय: 🌊

विगत २५-३० वर्षदेखि पुँजीवादी र शक्तिशाली तत्वहरूले आफ्नो नियन्त्रणमा राखेका ८ वटा सार्वजनिक पोखरीहरूलाई वडा अध्यक्ष यादवले ३ वर्ष लामो कानुनी लडाइँ लडेर जित्नुभएको थियो। अहिले ती पोखरीहरूलाई पुनः पुरानो अवस्थामा फर्काउने कार्य सुरु भएको छ। यो केवल जग्गा फिर्ता मात्र होइन, बरु स्थानीय स्रोत-साधनमाथि जनताको हक स्थापित गर्ने अभियान हो।

​३. हामी युवाको पूर्ण ऐक्यवद्धता: 🤝

जतिबेला धेरैजसो जनप्रतिनिधिहरू ठेक्कापट्टा र व्यक्तिगत स्वार्थका फाइल बोकेर कार्यालय धाउँछन्, त्यतिबेला आफ्नो वडाको प्राकृतिक सम्पदा बचाउन र विधिको शासन स्थापित गर्न अहोरात्र खटिनुभएका वडा अध्यक्षको कार्य प्रशंसनीय छ। वडा नं. ८ का सम्पूर्ण जनसमुदायको साथ र सहयोग यस अभियानमा रहेको छ।

​"हामी युवा" यस न्यायपूर्ण र सुशासनमुखी कार्यमा वडा अध्यक्ष श्री तनुकलाल कुसियैत यादव ज्यू र वडा कार्यालयसँग पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछौं।
​भ्रष्टाचार र अतिक्रमण मुक्त समाज—हाम्रो संकल्प!
जय युवा! जय शहिदनगर!

गाउँमा उज्यालो हुन्छ भनेर करोडौं खर्चेर यी स्ट्रिट लाइटहरू जडान गरिए, तर अचम्मको कुरा—१५ दिनमै यी निभे! उता जनता अँध्यार...
10/05/2026

गाउँमा उज्यालो हुन्छ भनेर करोडौं खर्चेर यी स्ट्रिट लाइटहरू जडान गरिए, तर अचम्मको कुरा—१५ दिनमै यी निभे! उता जनता अँध्यारोमा बस्न बाध्य छन्, यता नगरपालिकाको अफिसमा भने दिउँसो पनि बत्ती बालेर बिजुलीको अपमान गरिँदैछ।
​हिजो अस्ति भर्खरै यही बिजुलीको महशुल र बजेटलाई लिएर नगरसभामा विवाद भएको थियो, सायद यस्तै 'सेटिङ' र 'भ्रष्टाचार' लुकाउनलाई त्यो नाटक गरिएको रहेछ।

- ​जनताको करको पैसा यसरी बालुवामा पानी खन्याए झैं गर्न पाइन्छ?
- ​१५ दिनमै बिग्रने सामान किन्ने र पास गर्नेलाई कारबाही कहिले हुन्छ?
- ​नगरपालिकाका जनप्रतिनिधि ज्यूहरू, आँखा खोल्नुस्! अफिसको लाइट निभाउनुस् र गाउँको लाइट बाल्ने व्यवस्था मिलाउनुस्।

10/05/2026

शहिदनगर नगरपालिका वार्ड नं. ०४ ननुपट्टीमा जनकपुर-कमला सडकको काम हुँदै ....हामी युवाको एक जनाको आवाजको प्रभावका कारण यतिसम्म हुन सक्छ भने पुरै शहिदनगरको युवाहरूले आ-आफ्नो स्थानीय समस्याहरुलाई उजागर गर्न थाल्यो भने कति सम्म हुन सक्छ।

Address

Sahidnagar
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hami Yuwa 2.O posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category