28/08/2025
जसपा नेपाल धनुषाले भुमि बिधेयक विरुद्धमा जागरण अभियान।
जनता समाजवादी पार्टी, नेपाल धनुषा जिल्लाको पुर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सञ्चालन गरेको भुमि बिधेयकको विरुद्धमा नगराईन नगरपालिकाको नगराईन चौकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ।
धनुषा क्षेत्र नम्बर-३ को धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका लगायतका सम्पूर्ण पालिकाहरुबाट आएको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा चौकमा भेला भएर भुमि बिधेयक र वन बिधेयक सरकारले ल्याएको कडा विरुद्धमा गरेको छ। यसलाई अब वडा र पालिकामा गएर बिरोधमा जनजागरण अभियानको सञ्चालन गर्ने वक्ताहरुले जोड दिएका छन्।
#जसपा_नेपाल ゚ ゚