नेपाली कांग्रेसको लागि एकताका भोट बैङ्कको रुपमा रहेको हालको प्रदेश नम्बर २ अहिले आएर पार्टिगत गुट उपगुट, अनेक र पद, लोभ, मोह परिवारवाद आदिले गर्दा अहिले आएर निकै जर्जर भएको अवस्था छ । प्रदेश आन्तरिक कलह र गुटगत राजनितीले ध्वस्त भैसक्दा पनि केन्द्रिय स्तरका नेताहरुको अझै चेत फिरेको छैन । उनिहरु ऋझै आन्तरिक गुटबन्दिमै रमाइ रहेका छन । यसरी सारा आन्तरिक संगठन र स्थानीय वडा स्तर देखि नै भताभुङ्ग भएको प
ार्टिलाई हामी जस्ता जुझारु कार्यकर्ताले भनेको त अवस्य सुन्ने बाला छैनन तर पनि हामी गतल गर्नेलाई सामाजिक संजाल मार्फत कुनै पनि हालतमा नछाड्ने प्रतिवद्दता व्यक्त गर्दै पार्टिको आन्तरिक संगठनलाई गलत बाटोामा हिड्न नदिने प्रयत्नका खातिर अगाडी बढेका छौँ । अव पनि हामी जस्ता पार्टिको हित चाहने व्यक्तिले सहिमार्ग नदेखाए नेपालमा एउटा सिंगो इतिहास भएको पार्टि स्वयम इतिहास हुन बेर नलाग्ने अवस्था आउन वाचाका साथ अगाडी बढौँ । हाम्रा लाई हैन राम्रो लाई प्रत्साहन गरौँ ।
नेपाली कांग्रेस माथि आगाध आस्था राख्ने पार्टिले गरेका सहि निर्णयको स्वागत गर्ने तर गलत कार्य गरे सजग गराउने र व्यक्ति भन्दा सस्था ठूलो हो सस्था रहे व्यक्ति रहन्छ भन्ने हाम्रो यो पेजको मुल आशय हुनेछ । पार्टिगत गुट उपगुटचलाउनेहरु विरुद्द प्रखर आलोचनात्मक रुपमा उभिने हाम्रो साझा धारणा रहेको छ । त्यसैले हाम्रो मुल आसय पार्टि रहे हामी रहन्छौँ , सिद्दान्त परिपालन गरे असल पार्टिको योद्दा रहिन्छ भन्ने हो ।
धन्यवाद जय नेपाल !!!!