26/05/2026
Greenfield National College, Bafal तथा Greenfield Social Work Department प्रमुख सञ्जिता म्यामलाई धेरै धेरै धन्यवाद, जसले कर्णालीको विकट दुर्गम क्षेत्रलाई सम्झेर त्यहाँको बस्ती, भाषा, संस्कृति र समुदायलाई बुझ्ने सुन्दर अवसर प्रदान गर्नुभएको छ। 🙏
जाजरकोटको नलगाड क्षेत्रमा सञ्चालन हुन गइरहेको “Rural Community Camp 2083” कार्यक्रममा समन्वय तथा व्यवस्थापन गर्न पाउँदा म अत्यन्त खुशी छु।
मेरो विश्वास छ, यो केवल एउटा Rural Camp मात्र होइन, जाजरकोट र कर्णाली क्षेत्रमा आन्तरिक पर्यटन, Rural Exposure, अध्ययन भ्रमण तथा स्थानीय सम्भावनाको नयाँ सुरुवात पनि हो। ✨
काठमाडौंका विद्यार्थी भाइबहिनीहरू Rural Nepal लाई प्रत्यक्ष रूपमा बुझ्न, यहाँको जीवनशैली, संस्कृति, समुदाय र सम्भावनासँग जोडिन आउनु आफैंमा एउटा सकारात्मक परिवर्तन हो। यसले भविष्यमा अन्य कलेज तथा संस्थाहरूलाई पनि जाजरकोट जस्ता ठाउँहरूमा अध्ययन, रिसर्च, Homestay तथा Community Camp सञ्चालन गर्न प्रेरणा दिने विश्वास लिएको छु।
अब Rural Nepal केवल हेर्ने ठाउँ मात्र होइन, सिक्ने, बुझ्ने र अनुभव गर्ने गन्तव्य बन्ने समय आएको छ। ❤️
यस कार्यक्रममार्फत:
✔️ Cervical Cancer Screening
✔️ स्वास्थ्य परीक्षण तथा जनचेतना कार्यक्रम
✔️ Mental Health Awareness
✔️ PRA तथा FGD Session
✔️ Community Mobilization
✔️ Field-based Learning Experience
जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन हुनेछन्।
हामीले सुरु गरेको यो प्रयासले भविष्यमा जाजरकोट तथा कर्णाली क्षेत्रमा आन्तरिक पर्यटन, स्थानीय रोजगारी र समुदाय विकासमा सकारात्मक प्रभाव पार्नेछ भन्ने आशा लिएका छौं।
📍 नलगाड, जाजरकोट | जेठ १५ – २०, २०८३
📞 +977 9763693183 | +977 9851320553
🌐 Janaki Darshan Tours & Travels: https://www.janakitours.com
📍 Kalanki, Kathmandu
डम्बर बहादुर सिंह
Janaki Darshan Tours & Travels
Discover | Explore | Adventure