National federation of Right to Information Nepal , Jajarkot Branch

  • Home
  • Nepal
  • Jajarkot
  • National federation of Right to Information Nepal , Jajarkot Branch

National federation of Right to Information Nepal , Jajarkot Branch कुनै पनि विषयमा थाह पाउन र सेवा गर्न ह?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा डाेल्पा जिल्ला बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार वीर बहादुर राेकाय...
12/10/2022

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा डाेल्पा जिल्ला बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार वीर बहादुर राेकायाले स्थानीय तहकाे निर्वाचनमा भाग लिई निर्वाचन खर्च बिबरण नबुझाए बापत जरिवाना रकम निर्वाचन कार्यालय डाेल्पामा बुझाउनु भएकाे छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ठुलीभेरी नगरपालिका वडा नं. १ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेद्वार श्री वीर बहादुर राेकायाले कानून बमाेजिम निर्वाचन खर्चकाे विवरण नबुझाए वापतकाे जरिवाना रकम रू २००००० (दुई लाख) बुझाउनु भएकाे हाे ।
https://www.facebook.com/profile.php?id=100064023194267

निर्वाचनमा  के- के गर्न पाइँदैन ।सभा, सम्मेलन  गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ ।प्रचारप्रसारमा संलग्न व्यक्...
10/10/2022

निर्वाचनमा के- के गर्न पाइँदैन ।

सभा, सम्मेलन गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ ।
प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।
दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरुले हेलिकप्टर प्रयोग गर्न पाउने भएका छन् ।
आचारसंहितामा प्रधानमन्त्रीदेखि स्थानीय तहको कार्यपालिका सदस्य यसरी मुख्य प्रचारक भएर प्रचार प्रसारमा हिँड्न बन्देज लगाइएको छ । कार्यपालिकाको पदमा नरहेका व्यक्तिमात्रै मुख्य प्रचारक बन्न सक्ने देखिएको छ ।
दलहरुलाई प्रचारप्रसारका कार्यक्रम गर्दा एक अर्कालाई नबिथोल्न भनिएको छ ।
सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न नपाउने भएको छ । यस्ता कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्नेछ ।
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।
दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन ।
मनोनयन र घरदैलो कार्यक्रममा जाँदा बढीमा २५ जनाको टोली हुनुपर्ने नियम छ । त्यस्तो कार्यक्रममा बाजा, गाजा र झाँकी समावेश गर्न रोक लगाइएको छ । सवारीसाधन प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
रेडियो, टिभीले तोकिएको समयावधिभित्र रहेर दलहरुको प्रचार सामग्री प्रशारण गर्न पाउनेछन् । तोकिएको सीमामा रहेर पत्रपत्रिकामा पनि प्रकाशन गर्न पाउनेछन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचन सामग्री प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।
यसपालिको नयाँ व्यवस्था अनुसार, उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा नै अनुमानित खर्च रकम र त्यसको स्रोत खुलाउनुपर्नेछ । त्यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ र खर्च गर्ने पदाधिकारी तोक्नुपर्नेछ । त्यसको सबै विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । २५ हजारभन्दा बढी चन्दा लिएमा बैंकिङ च्यानलमात्रै प्रयोग गर्नुपर्नेछ ।
आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्रका साथ सम्पत्ति विवरण समेत पेश गर्नुपर्ने नियम बनाएको छ । गोप्य रहने त्यस्तो विवरण उम्मेदवार निर्वाचित भएमा सार्वजनिक हुने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ । निर्वाचित हुन नसकेका उम्मेदवारहरुले सम्पत्ति विवरण फिर्ता लैजान पाउनेछन् । फिर्ता नलैजानेहरुको विवरण नष्ट गरिने आचार संहितामा उल्लेख छ ।

पानी नियमित पर्ने देखियाे
05/10/2022

पानी नियमित पर्ने देखियाे

05/10/2022
आज मिति 2079 असोज 12 (2022 september 28) गते पर्ने " सूचनामा बिश्वब्यापी पहुँचको लागी अन्तर्राष्ट्रिय दिवस " को अवसरमा "...
28/09/2022

आज मिति 2079 असोज 12 (2022 september 28) गते पर्ने " सूचनामा बिश्वब्यापी पहुँचको लागी अन्तर्राष्ट्रिय दिवस " को अवसरमा " सूचनाको हकका लागी राष्ट्रिय महासंघ नेपाल , जिल्ला शाखा ,जाजरकोट " को आयोजनामा भेरी नगरपालिका ३ ठाटी बजारमा सूचनाको हक बारे जानकारी दिन एक दिने नागरिक सहायता कक्ष संचालन गरेका छौं । सार्बजनिक निकायबाट सूचना पाउन कठिन भएको छ ? छ भने हामी सहयोग गर्छौ । सूचना कसरी माग्न सकिन्छ ? सुचनाको हक बारे थाहा पाउनको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

सुत्केरी हुने महिलाका लागि B- (बि नेगेटिभ) ब्लड ग्रुप भएका दुई जना दाता चाहिएको छ । रगत नचाहिन पनि सक्छ ,तर दाता तयार नभ...
17/09/2022

सुत्केरी हुने महिलाका लागि B- (बि नेगेटिभ) ब्लड ग्रुप भएका दुई जना दाता चाहिएको छ । रगत नचाहिन पनि सक्छ ,तर दाता तयार नभइ चौरजहारी अस्पतालले भर्ना लिदैन ।

चौरजहारी क्षेत्रमा कोहि हुनुहुन्छ भने सहयोग गरिदिनुहोला । बरु जाने आउने साधनको ब्यबस्था गरौँला।

सम्पर्क-9842312104 र 974-2808062

सामान्य सुत्केरी हुन पनि नेपालगन्ज जानुपर्ने बाध्यताबाट मुक्त हुन ब्लड बैंकको जरुरत छ चौरजहारिमा । तर कसले बनाइदिने ?

#ब्लड_बैंक_छिटो_बनाउ

Address

Beri Municipality
Jajarkot
21500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779865339977

Website

Alerts

Be the first to know and let us send you an email when National federation of Right to Information Nepal , Jajarkot Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National federation of Right to Information Nepal , Jajarkot Branch:

Share

Category