14/08/2026
मानसिक स्वास्थ्य (Mental Health) सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न ।
मिति २०८३ साल साउन २९ गते श्री प्रकाश माध्यमिक विद्यालय, प्रकाशपुर–१०, सुनसरीमा एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल सुनसरी जिल्ला समितिको आयोजनामा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा श्री महेन्द्र माध्यमिक विद्यालय र श्री प्रकाश माध्यमिक विद्यालयका श्री राष्ट्रिय सेवा दल तालिमरत छात्र/छात्राहरुको सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्त्व, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीसम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण प्रशिक्षक श्री मौसम कोइरालाको सहजीकरणमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा श्री भगवतीदल गण इटहरी, ब्यारेक सुनसरीका सेनानी श्री रूपक राईज्यू, जिल्ला सल्लाहकार श्री नवलकुमार खड्काज्यु, NCCAAN कोशी प्रदेश सदस्य प्रतिनिधिहरू, समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।