मकवानपुरको सान बिजय गौतम जिताऊ अभियान

  • Home
  • Nepal
  • Hetauda
  • मकवानपुरको सान बिजय गौतम जिताऊ अभियान

मकवानपुरको सान बिजय गौतम जिताऊ अभियान देश र जनताको लागि सदैब लागि पर्ने युवा नेता

02/04/2026

“राम्रो कामको दृढ समर्थन र कमजोरीको सचेत आलोचनासहित, जनताको पक्षमा जनमतलाई स्वकार गर्दै नेतृत्वमा नेकपा दृढताका साथ अगाडि बढ्नेछ।” Barsha Man Pun 'Ananta'
नेपाली कम्युनिस्ट पार्टी क. प्रचण्ड / Comrade Prachanda

आज मिति २०८२/१२/३ गतेनेपाल कम्युनिस्ट पार्टी, मकवानपुर जिल्ला अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को बकैय...
17/03/2026

आज मिति २०८२/१२/३ गते
नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर जिल्ला अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को बकैया गाउँपालिका–७ वडामा चुनावी समीक्षा कार्यक्रम सम्पन्न भयो।फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार विजय गौतम पराजित भएपछिको समग्र अवस्था, अनुभव र सिकाइका विषयमा कार्यक्रममा गहन समीक्षा गरिएको थियो। हारबाट सिक्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।उक्त कार्यक्रममा चुनावी कमाण्डर तथा प्रदेश समिति सदस्य लक्ष्मी माझी, जिल्ला सदस्य एवं वडा नं. ७ का इन्चार्ज राजेन्द्र घिमिरे,मदन कुमार लोप्चन, मान बहादुर सिङ्तान गाउँ समिति सदस्य, वडा समिति सदस्य लगायत हाम्रो अभियानमा साथ दिनुहुने सम्पूर्ण शुभेच्छुक तथा मतदाता कार्यकर्ता कमरेडहरूको उल्लेखनीय सहभागिता रहेको थियो।चुनावी अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै, आगामी संघर्षका लागि अझ एकताबद्ध भएर अघि बढ्ने अठोटका साथ कार्यक्रम समापन गरिएको छ।✊ हार होइन, नयाँ यात्राको सुरुवात हो। ✊ संघर्ष जारी छ, जित निश्चित छ।

एतिहासिक जीत कोे पावन अवसरमा हार्दीक बधाई तथा शुभकामना कमरेड पुष्प कमल दाहाल प्रचण्ड ज्यू।
06/03/2026

एतिहासिक जीत कोे पावन अवसरमा हार्दीक बधाई तथा शुभकामना कमरेड पुष्प कमल दाहाल प्रचण्ड ज्यू।

02/03/2026
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन बाँकी रहँदा मकवानपुर–१ मा चुनावी माहोल तातेको छ। यो क्षेत्रमा नेकपा एमाले, ...
02/03/2026

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन बाँकी रहँदा मकवानपुर–१ मा चुनावी माहोल तातेको छ। यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

२३ जनाको उम्मेदवारी रहेको यो क्षेत्रमा एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए । सिंहले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’ र तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । तर यो क्षेत्रमा यसपटकको प्रतिष्पर्धा भने रोचक हुँदै गएको छ।

कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपाको पाँचपक्षीय प्रतिष्पर्धा हुने देखिए पनि जेञ्जी आन्दोलनपछि फेरिएको नेपालको राजनीतिक माहोलमा नेकपाका गौतमले सरप्राइज नतिजा निकाल्ने प्रबल सम्भावना देखिएको छ। गौतमले पत्रकारहरुसंगको भेटघाटमा पनि आफुले झन्डै ३००० को मतान्तरले निर्वाचनमा विजय प्राप्त गर्ने बताएका छन्।

यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, ग्रामीण भेगतर्फ मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् ।

बागमती गाउँपालिका र वकैया गाउँपालिकामा नेकपाको अत्यन्तै राम्रो प्रभाव देखिन्छ भने हेटौंडाको बजार क्षेत्रमा पनि गौतमको व्यक्तित्वका कारण राम्रो मत प्राप्त हुने स्थानियहरुको भनाइ छ। जेञ्जी भावनाअनुरुपको युवा, योग्य, र सक्षम उम्मेदवार अन्य पार्टीले भन्दा नेकपाले नै उठाएको भन्दै गौतमलाई नै समर्थन गर्ने स्थानीय युवा सरोज तामाङले बताए।

यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचन भने माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र प्रल्हाद लामिछानेले जितेका थिए । त्यस यता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छ्रैन । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर बागमती गाउँपालिका अध्यक्ष, मकवानपुरगढी र बकैया गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको थियो । बकैया र मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्ष जितेका थिए ।

कम्युनिस्ट गढ मानिने मकवानपुर जिल्लामा फेरी एकपटक सानदार जीत निकाल्ने भन्दै नेकपाका कार्यकर्ता उत्साहित भएका छन्।

02/03/2026
02/03/2026

को हुन बिजय गौतम। अनि किन त उन्को उम्मेद्बारी ।।।

फल्गुन २१ नजिकिदै गर्दा जितको उत्साह थपिदै हिजो बसन आज बकैया ७ बैठल्लामा कम्रेड शेर बहादुर लामाको नेकतृत्वमा टोल पुरै ता...
01/03/2026

फल्गुन २१ नजिकिदै गर्दा जितको उत्साह थपिदै हिजो बसन आज बकैया ७ बैठल्लामा कम्रेड शेर बहादुर लामाको नेकतृत्वमा टोल पुरै तारामय बन्दै 🙏💓 बिजय गौतम जिताउने अभियान मा एमाले विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टी मा जोडिन आउने कमरेड हरुलाइ स्वागत गर्दछौ
मकवानपुरको सान बिजय गौतम जिताऊ अभियान Bijaya Gautam Bijaya Deepu Gautam Rachana Khadka Gautam Loknath Gautam

Address

Makaunpur
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when मकवानपुरको सान बिजय गौतम जिताऊ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share