17/07/2026
बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री बिन्दु श्रेष्ठ तथा प्रदेश सचिव श्री जिबलाल भुसाल ज्यूबाट उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरमा उद्योग दर्ता प्रक्रिया अनलाइन सेवा मार्फत गर्ने कार्यको शुभारम्भ भएको छ ।
मिति : २०८३ असार ३२ गते
यस्का लागि https://industry.bagamati.gov.np लगइन गर्नुहोस
कार्यालयलाई पेपर लेस बनाउने उदेश्य अनुसार अनलाइन सेवाको शुभारम्भ भएको हो। अब सेवाग्राहीहरूले उद्योग दर्ता, नवीकरण, नामसारी, खारेजी लगायतका उद्योग प्रशासनसम्बन्धी सेवाहरू आफ्नै घर वा कार्यालयबाट अनलाइनमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन्। सफ्टवयरबाट उद्योग नविकरणको समय नजिक हुदाँ मोवाईलमा SMS आउने छ र राजस्व दाखिला पनि qr मार्फत गर्न सकिनेछ।
यस प्रणालीले सेवाप्रवाहलाई थप छिटो, सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै डिजिटल सुशासनलाई सुदृढ गर्ने विश्वास छ।