06/10/2025
पूर्वी नेपालमा भएको दुःखद घटना 💔
पूर्वी नेपालमा आएको पहिरोले घरभित्रै बसिरहेका धेरै नेपाली दिदी–भाइहरूको ज्यान गयो । 😔
सोसल मिडियामा देखिएका तस्बिर र भिडियोहरू हेर्दा - त्यो घरहरू त ठ्याक्कै हामी नेपालीहरूको सामान्य पहाडी बस्ती जस्तै ठाउँमा थिए । उनीहरूले पनि सोचेका थिएनन् होला, पछाडिबाट यति ठुलो पहिरो आउनेछ भनेर!
तर सोच्नुपर्ने कुरा के हो भने - यस्तै भूगोल भएको देश Switzerland पनि हो ।
फरक के भने त्यहाँ सरकारले जनताको जीवनको मूल्य बुझेको छ, र विधिको शासन लागू गरेको छ।
त्यही कारणले उनीहरू पहाडमा पनि सुरक्षित रूपमा बस्न सक्छन्, हाइवे, रेल र टनेलसम्म पहाड चिरेर बनाउन सक्छन् - त्यो पनि पहाडको माटो र ढुंगाको वैज्ञानिक परीक्षण गरेर!
त्यहाँ सरकारले पहिले नै सबै पहाडहरूको “soil र stone test” गर्छ -
कुन ठाउँमा माटो बलियो छ, कुन ठाउँ पहिरोको जोखिममा छ, कहाँ घर बनाउन मिल्छ, कहाँ मिल्दैन…
तेही अनुसार गाउँ, टाउन, हाइवे र विकास योजना बनाइन्छ।
तर नेपालमा भने उल्टै हो -
जहाँ मन लाग्यो त्यहीँ डोजर चल्छ,
जहाँ चाहियो त्यहीँ गिटी–बालुवाको व्यापार हुन्छ,
र जहाँ घर बनाउन नहुने ठाउँमा नै बस्ती बसाइन्छ 😔
अब नेपाल सरकारले पनि देशभरका पहाड, माटो र ढुंगाको अवस्था अनुसार रेगुलर परीक्षण र रेकर्ड राख्ने प्रणाली ल्याउन जरुरी छ।
त्यो डाटा स्थानीय सरकारहरूलाई दिई, Village Planning तेही अनुसार गर्न सके -
कृषि गर्ने किसानदेखि घर बनाउने नागरिक सबैको जीवन धेरै सुरक्षित हुनेछ।
किनभने -
👉 मानिसको ज्यानभन्दा ठूलो कुरा केही छैन!
नत्र, हरेक वर्षजस्तै “घरभित्रै बसिरहेका मान्छे पहिरोमा परी मरे” भन्ने खबर सुन्नु पर्ने दिन कहिल्यै टर्दैन 😢
🙏 नेपाल सुरक्षित होस्, नागरिक सचेत बनून्। 🇳🇵