Manee Shahi A Revolution

Manee Shahi A Revolution बोलेर होइन, गरेर देखाऔँ। श्रम संस्कृति र समाज रूपान्तरणको एउटा साझा अभियान—Manee Shahi A Revolution।
(4)

12/07/2026

कति राम्रो सरणीय काम

07/07/2026

श्रमदान
जय श्रमदान

07/07/2026

सबैमा धन्यवाद।
राक्सिराङ ३ लावतीमा सम्पन्न भएको घर

07/07/2026

जय माटो जय देश
आजभन्दा केही महिनाअघि तपाईँहरूकै आर्थिक सहयोग र हाम्रो श्रमदान मिलेर हामीले राक्सिराङ तिन लावतीमा एउटा घर सम्पन्न गरेका थियौँ त्यो घरको तस्बिरसहित आज हामी फेरि त्यही घरको छेउमा अर्को एउटा सपनाको घर बनाउँदै छौं र त्यसको एउटा सानो क्लिप भिडियो यहाँ सामु लिएर आएको छु हेर्दिनु होला र आफ्नो प्रतिक्रिया दिनुहोला धन्यवाद।

07/07/2026

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ लावतीमा श्रमदान गर्दैको केही दृश्य

07/07/2026

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ लावती।

सपनाको घर आज मैले यो पोस्ट हाल्दै गर्दा तपाईहरुलाई धेरै धेरै धन्यवाद यो घर बनाउन आर्थिक सहयोग गर्नुहुने सहयोगदाता हाम्रा...
07/07/2026

सपनाको घर
आज मैले यो पोस्ट हाल्दै गर्दा तपाईहरुलाई धेरै धेरै धन्यवाद यो घर बनाउन आर्थिक सहयोग गर्नुहुने सहयोगदाता हाम्रा यो घर बनाउन खटिनु हुने श्रमदाता साथीहरू यो सपनाको घर हामीले चाहिँ राक्सिराङ गाउँपालिका लावती ३ मा बनाउन गइरहेका छौं यो घर चाहिँ साँच्ची नै सपनाको घर हो। यो घर बन्दै छ सुनिता चेपाङ र बाबुराम चेपाङ को उहाँहरूको चाहिँ यो साँच्चिकैको सपनाको घर नै हो। उहाँहरुले यो घर बनाउने कल्पना पनि गर्नुभएको थिएन उहाँहरुको आर्थिक एकदम कमजोर रहेको छ सबै सबै सहयोगी दाता र श्रमदातामा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र तपाईहरु यो पोस्ट हेर्दिने साथीहरुलाई पनि एकदम मुरीमुरी धन्यवाद यो पोस्टलाई सक्दो सेयर गरिदिनुहोला। र यो घर बनाउन केही आर्थिक सहयोग पनि अलि पुगेको छैन तपाईहरुले मलाई थाहा छ आर्थिक सहयोग गर्नुहुन्छ र गरिरहनुहुनेछ।

06/07/2026

एक महिनाको अथक प्रयास: हेरौँ मसिनेको घर निर्माणको भिडियो अपडेट! 🎥👇

06/07/2026

जय माटो, जय देश!
भनिन्छ, "इच्छाशक्ति र सामूहिक प्रयास भए असम्भव केही छैन।" आजभन्दा एक महिना अगाडि मनहरी-४, मसिनेमा दृष्टिविहीन दाजुभाइका लागि दुई कोठे भवनको शिलान्यास गर्दाको जग र आजको यो सुन्दर रूप देख्दा छाती गर्वले फुल्छ।
आज हामीले निर्माण कार्यको स्थलगत अवलोकन गरी तयार पारेको सानो भिडियो अपडेट यहाँहरू माझ राखेका छौँ। भिडियोमा देख्न सक्नुहुन्छ, घरको प्लास्टरको काम सुरु भइसकेको छ। अबको करिब एक हप्तादेखि १० दिनभित्रमा:
• 🧱 प्लास्टरको बाँकी काम
• 🎨 रङरोगन (पेन्टिङ)
• 💡 वायरिङ (बत्ती जडान)
का सम्पूर्ण कार्यहरू सम्पन्न हुनेछन् र हाम्रा दृष्टिविहीन दाजुभाइहरूले आफ्नै नयाँ र सुरक्षित ओत पाउनेछन्। यो अभियानमा जोडिनुहुने हरेक सहयोगी मन र श्रमदाता साथीहरूको पसिनाको सम्मान गर्दै भिडियोलाई अन्तिमसम्म हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ।
पूरा भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोस्! 🙏
#श्रमदानको_तागत #मसिने_अपडेट #भिडियो_रिपोर्ट #सहयोगी_हातहरू #मानवताको_सेवा

Address

Hetauda-16, Chisapani
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Manee Shahi A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category