12/09/2026
रेसुङ्गा नगरपालिका, गुल्मीको आयोजनामा नियमित एचपीभी खोपसम्बन्धी स्थानीय तह खोप समन्वय समिति तथा स्वास्थ्यकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय तह खोप समन्वय समिति र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै एचपीभी खोप कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र सफल रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौं ।