प्रहरी चौकी नयाँसाघुँ

  • Home
  • Nepal
  • Gorkha
  • प्रहरी चौकी नयाँसाघुँ

प्रहरी चौकी नयाँसाघुँ this is the official page of Nepal police . the page should not be used from reporting crime.

आज मिति २०८१/०६/१० गते जिल्ला गोरखा सिरानचोक गा.पा वडा न. ०६ नयाँसाँघु स्थित श्री संसारी महेन्द्र माध्यामिक विद्यालयका क...
26/09/2024

आज मिति २०८१/०६/१० गते जिल्ला गोरखा सिरानचोक गा.पा वडा न. ०६ नयाँसाँघु स्थित श्री संसारी महेन्द्र माध्यामिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध तथा मादक पदार्थ सम्बन्धि कार्यक्रम गरियो।

आज मिति २०८१/०५/१३ गते जिल्ला गोरखा सिरानचोक गा.पा वडा न. ०६ नयाँसाघुँमा प्रहरी चौकी नयाँसाघुँ र अस्थायी ट्राफिक प्रहरी ...
29/08/2024

आज मिति २०८१/०५/१३ गते जिल्ला गोरखा सिरानचोक गा.पा वडा न. ०६ नयाँसाघुँमा प्रहरी चौकी नयाँसाघुँ र अस्थायी ट्राफिक प्रहरी पोष्ट द्वारा विद्यार्थी भाईबहिनी हरुलाई समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “ सडक सुरक्षा”सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरीएको।

घरेलु हिंसा भनेको के हो?"घरेलु हिंसा" भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मान...
14/08/2024

घरेलु हिंसा भनेको के हो?
"घरेलु हिंसा" भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ।

कहा उजुरी गर्नेः
(१) घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ ।

सजायः
(१) कसैले अङ्गभङ्ग गरी वा तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घन्सी जीउमा पीड़ा गराई वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पारिदिने गरी शारीरिक यातना वा यौनजन्य यातना सम्बन्धी घरेलु हिंसाको कसूर गरेमा त्यस्तो व्यक्तिलाई प्रचलित कानून वमोजिम सजाय हुनेछ ।
(१क) कसैले उपदफा (१) मा लेखिए देखि बाहेकको अन्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैया देखी पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ ।
(२) घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरवारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(३) घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुनेछ ।
(४) सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले आफ्नो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिला बिरुद्ध यस ऐन बमोजिमको कसूर गरेमा निजलाई थप दश प्रतिशत सजाय हुनेछ ।
(५) कसैले दफा ६ बमोजिम अदालतबाट दिएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयादेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

हदम्यादः यस ऐन बमोजिमको कसूरमा भए गरेको मितिले ९० विनभित्र उजुरी दिनु पर्नेछ ।

स्टाफ नर्स करारमा जागिर खानेको लागी अवसर।
14/08/2024

स्टाफ नर्स करारमा जागिर खानेको लागी अवसर।

Address

Siranchok 06
Gorkha
9856047399

Website

Alerts

Be the first to know and let us send you an email when प्रहरी चौकी नयाँसाघुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share