धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा

  • Home
  • Nepal
  • Gorkha
  • धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा

धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा गाउँपालिका कार्यालय, माछीखोला, गोरखा

कार्यक्रममा उपस्थित हुने सम्बन्धमा ।पत्रमा उल्लेखित सवै ।
30/05/2026

कार्यक्रममा उपस्थित हुने सम्बन्धमा ।
पत्रमा उल्लेखित सवै ।

विभिन्न समुहलाई उत्पादनका लागि प्रोत्साहन अनुदान सम्बन्धी सूचना ।
27/05/2026

विभिन्न समुहलाई उत्पादनका लागि प्रोत्साहन अनुदान सम्बन्धी सूचना ।

सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।
26/05/2026

सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।

छात्रवृत्ति वितरण सम्बन्धी सूचना ।
26/05/2026

छात्रवृत्ति वितरण सम्बन्धी सूचना ।

गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराबाट बढुवा सिफारिस भई यस गाउँपालिकाको कार्यालयमा प्रशासकीय अधिकृत (सातौँ तह) पदमा आउनु ...
25/05/2026

गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराबाट बढुवा सिफारिस भई यस गाउँपालिकाको कार्यालयमा प्रशासकीय अधिकृत (सातौँ तह) पदमा आउनु भएका श्री राम बहादुर खत्री ज्यूलाई गाउँपालिकाको कार्यालयमा स्वागत गरियो ।

आज मिति २०८३ जेठ ०८ गतेका दिन यस गाउँपालिकाको आयोजनामा तथा रुम टु रिड नेपाल र एकीकरण नेपाल, गोरखाको प्राविधिक सहयोगमा सञ...
22/05/2026

आज मिति २०८३ जेठ ०८ गतेका दिन यस गाउँपालिकाको आयोजनामा तथा रुम टु रिड नेपाल र एकीकरण नेपाल, गोरखाको प्राविधिक सहयोगमा सञ्चालित “एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेत ज्यूको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष श्री सुनिला गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कक्षा १ देखि ३ सम्म अध्यापनरत शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम मिति २०८३ जेठ ०४ गतेदेखि ०८ गतेसम्म गाउँपालिका कभर्डहल, माछीखोला, गोरखामा सञ्चालन गरिएको थियो । तालिममार्फत सहभागी शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमअनुसार प्रभावकारी शिक्षण सिकाइ प्रक्रिया, कक्षा व्यवस्थापन, बालमैत्री शिक्षण विधि तथा सिकाइ सहजीकरण सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री सुनिला गुरुङ ज्यूले गुणस्तरीय शिक्षाको विकासका लागि यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय तहमा व्यवहारमा उतार्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । अध्यक्षता गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेत ज्यूले तालिमले शिक्षण पद्धतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै प्राविधिक सहयोगी संस्थाहरू, प्रशिक्षक तथा सहभागी सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नु भयको थियो ।

बन्ध्याकरण शिविर तथा रेविजरोग विरुद्धको खोप कार्यक्रम सम्बन्धी सूचना ।
22/05/2026

बन्ध्याकरण शिविर तथा रेविजरोग विरुद्धको खोप कार्यक्रम सम्बन्धी सूचना ।

आज मिति २०८३ जेठ ०४ गतेका दिन यस गाउँपालिकाको आयोजनामा एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिमको उद्घाटन कार्यक्रम सम...
18/05/2026

आज मिति २०८३ जेठ ०४ गतेका दिन यस गाउँपालिकाको आयोजनामा एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बुद्दिराम बस्नेत ज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कक्षा १ देखि ३ सम्म अध्यापनरत शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम मिति २०८३ जेठ ०४ गतेदेखि ०८ गतेसम्म गाउँपालिका कभर्डहल, माछीखोला, गोरखामा सञ्चालन हुने जानकारी गराईन्छ ।

आज मिति २०८३ जेष्ठ ३ गते वेनीघाट आरुघाट लार्के सडक अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ न्यौलीस्थित पक्की...
17/05/2026

आज मिति २०८३ जेष्ठ ३ गते वेनीघाट आरुघाट लार्के सडक अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ न्यौलीस्थित पक्की पुलको आज एक कार्यक्रमका बीच विधिवत उद्घाटन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको हो।
विगत लामो समयदेखि निर्माण कार्य रोकिएको अवस्थामा रहेको उक्त पुल अहिले निर्माण सम्पन्न भएसँगै स्थानीयवासीमा खुशी छाएको छ। विशेषगरी वर्षायाममा न्यौली खोलामा पानीको बहाव बढ्दा स्थानीय नागरिक तथा यात्रुहरुले आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए। पुल निर्माण सम्पन्न भएसँगै अब आवतजावत सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

Address

Machhikhola
Gorkha

Alerts

Be the first to know and let us send you an email when धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा:

Share