शहिद लखन गाउँपालिका, गोरखा ।

  • Home
  • Nepal
  • Gorkha
  • शहिद लखन गाउँपालिका, गोरखा ।

शहिद लखन गाउँपालिका, गोरखा । Official page of Shahid Lakhan Rural Municipality, Ghairung, Gorkha.

संस्थागत विद्यालयहरूमा छात्रवृत्ति वितरणका लागि आवेदन आह्वान गरिएको सूचना।
05/06/2026

संस्थागत विद्यालयहरूमा छात्रवृत्ति वितरणका लागि आवेदन आह्वान गरिएको सूचना।

विद्यालय समायोजन (मर्ज) तथा बालविकास केन्द्र संचालन सम्बन्धि सूचना !
05/06/2026

विद्यालय समायोजन (मर्ज) तथा बालविकास केन्द्र संचालन सम्बन्धि सूचना !

फलफूल खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत फलफूलका वेर्ना माग गर्ने सम्वन्धी सूचना ! ! !
03/06/2026

फलफूल खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत फलफूलका वेर्ना माग गर्ने सम्वन्धी सूचना ! ! !

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, योजना तथा बजेट तर्जुमाका लागि राय/सुझाव पेश गर्ने सम्बन्धी सूचना।• राय/सुझाव...
03/06/2026

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, योजना तथा बजेट तर्जुमाका लागि राय/सुझाव पेश गर्ने सम्बन्धी सूचना।
• राय/सुझाव संकलन फाराम लिङ्क: bit.ly/SLRMRaiSujhab2083

शैक्षिक कार्यपात्रो -२०८३
03/06/2026

शैक्षिक कार्यपात्रो -२०८३

आ.व. २०८३ । ८४ का लागि योजना तथा कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धमा।
03/06/2026

आ.व. २०८३ । ८४ का लागि योजना तथा कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धमा।

साईलेज तथा UMMB बनाउने तालिमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।
03/06/2026

साईलेज तथा UMMB बनाउने तालिमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

आज मिति २०८३।०२।१३ गते शहिद लखन गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको संयुक्त आयोजनामा सञ्चालन भएक...
27/05/2026

आज मिति २०८३।०२।१३ गते शहिद लखन गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको संयुक्त आयोजनामा सञ्चालन भएको चार दिवसीय “स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना” सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री जयकृष्ण श्रेष्ठ, उपनिर्देशक श्री हरिकृष्ण कोईराला, स्थानीय आर्थिक विकास विज्ञ तथा प्रशिक्षक श्री धनपति खरेल, कार्यक्रम व्यवस्थापन अधिकृत श्री योगमाया सापकोटा तथा अनुसन्धान अधिकृत श्री हेमराज थापाले प्रशिक्षण सहजीकरण गर्नु भएको थियो। साथै कार्यक्रममा गाउँपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

स्थानीय आर्थिक विकासको सम्भावना पहिचान, योजना निर्माण तथा प्रभावकारी कार्ययोजना तर्जुमा सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

मेडिकल अधिकृत करार सेवामा पदपुर्ति सम्बन्धी सूचना।
25/05/2026

मेडिकल अधिकृत करार सेवामा पदपुर्ति सम्बन्धी सूचना।

आज मिति २०८३।०२।०८ गते, शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा गाउँपालिका भित्रका विद्य...
22/05/2026

आज मिति २०८३।०२।०८ गते, शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा गाउँपालिका भित्रका विद्यालयहरूमा विद्युतीय हाजिरी जडान, डिभाइस सञ्चालन तथा एकीकृत हाजिरी व्यवस्थापन प्रणाली सञ्चालन सम्बन्धी अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, नि. प्रमुख प्रशासकीय अधिकृत श्री याम बहादुर बृकट्टाज्यू, शिक्षा अधिकृत श्री राजेन्द्र खनालज्यू, प्राविधिक सहायक श्री हुम बहादुर गुरुङज्यू तथा गाउँपालिकाभित्रका १६ वटा विद्यालयका प्रधानाध्यापक एवं IT शिक्षकहरूको सहभागिता रहेको थियो।

साथै यस कार्यक्रममा विद्युतीय हाजिरी डिभाइस जडान, सञ्चालन प्रक्रिया तथा सूचना प्रविधि विभाग (DOIT) द्वारा विकास गरिएको केन्द्रिकृत विद्युतीय हाजिरी प्रणालीको प्रयोग विधि एवं व्यवस्थापन सम्बन्धी सहजीकरण गाउँपालिकाका IT Officer अर्विन थापाज्यूद्वारा गरिएको थियो।

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when शहिद लखन गाउँपालिका, गोरखा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शहिद लखन गाउँपालिका, गोरखा ।:

Share