आप्रवासी श्रोत केन्द्र गौर रौतहट

  • Home
  • Nepal
  • Gaur
  • आप्रवासी श्रोत केन्द्र गौर रौतहट

आप्रवासी श्रोत केन्द्र गौर रौतहट MRC Rautahat page is related to the prospect migrants we provide counseling and other legal support for to the prospect migrants and returnees.

  :- राहदानी (Passport) बुझाउनुभएकाहरूका लागि अत्यन्त जरुरी सूचना!वैदेशिक रोजगार विभागले ललितपुरस्थित 'नुन रिसोर्सेस प्र...
03/06/2026

:- राहदानी (Passport) बुझाउनुभएकाहरूका लागि अत्यन्त जरुरी सूचना!

वैदेशिक रोजगार विभागले ललितपुरस्थित 'नुन रिसोर्सेस प्रा.लि.' मा छापा मा'री बरामद गरिएका ४३७ थान राहदानीका सम्बन्धमा सूचना जारी गरेको छ।

यदि तपाईंले पनि वैदेशिक रोजगारीको प्रक्रियाका लागि 'नुन रिसोर्सेस प्रा.लि.' (इजाजतपत्र नं. १६४३/०८०/८१) मा आफ्नो राहदानी बुझाउनुभएको थियो भने, कृपया यो सूचनालाई ध्यान दिनुहोस्:

तपाईंले आफ्नो नागरिकताको प्रमाणपत्रसहित ७ (सात) दिनभित्र वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।

यो सूचना आफ्ना साथीभाइ र चिनेजानेका व्यक्तिहरूलाई पनि सेयर गरिदिनुहोला, कसैको महत्वपूर्ण राहदानी छुटेको हुन सक्छ।

केयर गिभर (Caregiver) तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउने सम्बन्धमा
03/06/2026

केयर गिभर (Caregiver) तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउने सम्बन्धमा

कम्बोडियामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना !!विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेप...
03/06/2026

कम्बोडियामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना !!

विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि त्यहाँ बसोबास गरिरहनु भएका नेपाली नागरिकहरू नेपाल फर्कदाँ कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले यस राजदूतावासले १ मे २०२६ देखि विवरण संकलन कार्य सञ्चालन गरेको थियो।
हाल सम्म संकलित विवरणअनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (One Way Travel Document) तयार गरी कम्बोडिया पठाइसकिएको छ। साथै राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँ पटक गरी ६०२ जना नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ।
यसर्थ, भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन हार्दिक अनुरोध गरिन्छ।
तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारवाहि गर्ने र जरिवाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ। तसर्थ, सम्बन्धित सबै नेपाली नागरिकहरूले यस सूचनालाई गम्भीरतापूर्वक लिई यथाशीघ्र नेपाल फर्किन अनुरोध गरिन्छ। कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भईसकेका व्यक्तिहरुले हवाई टिकटको व्यवस्था गरिसकेपछि सो को जानकारी अग्रीम रुपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्ने भएकोले तल उल्लिखित ईमेल तथा सम्पर्क नम्बरहरुमा पठाई दिनुहोला। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने Direct Flights नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाईटको हो होईन एकिन गरेर मात्र टिकट खरिद गर्नु हुन समेत अनुरोध गरिन्छ।
थप जानकारीका लागि सम्पर्क:
नेपाली राजदूतावास, बैंकक: ईमेल: [email protected]
सम्पर्क गर्ने अधिकारी WhatsApp Number
श्री सजल शाक्य ‌+६६ ९९ ९०९ ६१२६
श्री सुरज श्रेष्ठ ‌+६६ ९९ ६५९ ८९६१
श्री आकाश अधिकारी +६६ ८४ ६६० ६०२९
श्री सृजना कोईराला +६६ ८६ ९९१ ५५५४

तथा
कम्बोडियामा: गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाका पदाधिकारीहरू

पुनश्चः अध्यागमन जरिवाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरुलाई कसैले शुल्क जरिवानाका नाममा कुनै प्रकारको रकम माग गरेमा ठगिको कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।

NepalMinistry of Foreign Affairs, NepalNon-Resident Nepali Association - NRNANRNA Cambodia OnlineKhabareKantipurRepublica

📢 वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि महत्वपूर्ण सूचना!नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत...
01/06/2026

📢 वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि महत्वपूर्ण सूचना!
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई अझ सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले "स्वचालित पुनः श्रम स्वीकृति (Automated Re-entry)" प्रणाली लागू गरेको छ।
अब यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले उही देश र उही कम्पनीमा पुनः रोजगारीका लागि जानुपर्दा निश्चित शर्तहरू पूरा भएमा अनलाइन प्रणालीमार्फत स्वतः पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।
✅ स्वचालित पुनः श्रम स्वीकृतिका प्रमुख शर्तहरूः • सोही देश र सोही कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गरेको हुनुपर्ने। • राहदानीको म्याद कम्तीमा ३ महिना बाँकी हुनुपर्ने। • भिसा (Visa) वैध हुनुपर्ने। • कम्पनीसँगको श्रम सम्झौता (Contract) कायम रहेको हुनुपर्ने। • सामाजिक सुरक्षा कोषमा योगदान जम्मा गरेको हुनुपर्ने। • वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने। • वैदेशिक रोजगार म्यादी जीवन बीमा गरिएको हुनुपर्ने। • FEIMS प्रणालीमा आवश्यक विवरण स्वघोषणा गरेको हुनुपर्ने।
⚠️ महत्वपूर्ण: FEIMS प्रणालीमा गलत विवरण प्रविष्ट गर्ने वा आवश्यक कागजातको जानकारी असत्य दिने व्यक्तिले त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ।
🎯 यस व्यवस्थाले श्रमिकको समय, खर्च र झन्झट कम गर्दै सेवा प्रवाहलाई अझ छिटो, सरल र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
📌 वैदेशिक रोजगारीमा जानुअघि आवश्यक प्रक्रिया तथा कागजातहरू सही ढंगले पूरा गर्नुहोस् र सुरक्षित वैदेशिक रोजगारीको अभ्यासलाई प्रवर्द्धन गरौं।
#वैदेशिकरोजगार #श्रमस्वीकृति #सुरक्षितवैदेशिकरोजगारी

व्यक्तिगत भिसा प्रमाणीकरणसम्बन्धी सूचनाव्यक्तिगत भिसामा युएई आउने कामदारहरुको कम्पनीहरुमध्ये कतिपयको विश्वसनियता नदेखिएक...
27/05/2026

व्यक्तिगत भिसा प्रमाणीकरणसम्बन्धी सूचना

व्यक्तिगत भिसामा युएई आउने कामदारहरुको कम्पनीहरुमध्ये कतिपयको विश्वसनियता नदेखिएको, कामदारहरु युएई आएपश्चात भिसा, ईमिरेट्स कार्ड लगायत वीमा सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा कम्पनीहरु जिम्मेवार नभएको, कम्पनीमा काम नै उपलब्ध नभई अन्यत्र कामको खोजी गर्नुपरेको जस्ता विषयहरुमा अत्याधिक रुपमा श्रमिकको गुनासो आएकोले “व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका 2069” को अधिनमा रही निम्न अवस्थामा यस महावाणिज्यदूतावासबाट व्यक्तिगत भिसा प्रमाणिकरण गरिने बेहोरा सूचित गरिन्छ।

1.श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने (आमा, बाबु, छोरा, छोरी, दाजु, भाई, दिदि, बहिनी, पति, पत्नि) आधिकारिक कागजात पेश भएमा।

2.कुनै व्यक्ति आफूले यस अघि काम गरेको कम्पनीमा पुनः काम गर्न आउने भएमा पहिला काम गरेको कम्पनीबाट पाएको रोजगारीको आधारमा प्राप्त गरेको ईमिरेट्स कार्ड लगायतका कागजात पेश भएको आधारमा।

3.कुनै व्यक्तिले इन्टरनेट वा अनलाइन माध्यामबाट आफै रोजगारी खोजी गरी दक्ष काममा आउन चाहेमा व्यक्तिको प्रोफाइल, कम्पनीको प्रोफाइल, व्यक्तिको प्रोफाइलसँग काम मिल्दो भएमा र निजको दक्षता पुष्टि हुने कागजात पेश गरेमा ।

4.युएईको सरकारी निकाय वा यहाँस्थित कूटनीतिक नियोग वा सम्बद्ध पदाधिकारीहरुबाट लिखित रुपमा अनुरोध भई आएमा।

5. युएईको कुनै कम्पनीमा रोजगार गरिरहेको कामदार स्वदेश फर्कनु अघि युएईमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुल्न आएमा (घरायसी वा निजी कामदारको रुपमा काम गरिरेको कामदारको हकमा 2024 सेप्टेम्बरसम्मको भिसा हुनुपर्ने)।

व्यक्तिगत भिसा प्रमाणीकरणको लागि आवश्यक विस्तृत प्रक्रिया तथा कागजातहरुको सम्बन्धमा यो लिंकमा जानुहुन अनुरोध छ।
https://dxb.nepalconsulate.gov.np/
नेपाली महावाणिज्यदूतावास, दुबई
---------------------------------------------------------
Notice Regarding Attestation of Individual Visas

It has been observed that among the companies who obtain individual visas and get them attested by this Consulate General Office, several have failed to demonstrate reliability, as evidenced by excessive complaints regarding non-compliance with Emirates ID and insurance procedures, as well as failure to provide employment.

Therefore, in accordance with the “Directive on the Process of Obtaining Approval for Foreign Employment for Workers Going for Foreign Employment under Individual Labour Approval, 2069”, the attestation of individual visas by this Consulate General will hereafter be carried out under the following conditions:

Where the worker submits official documents proving his familial relationship (mother, father, son, daughter, elder brother, younger brother, elder sister, younger sister, husband, wife) for the attestation of visa sponsored by the company in which he is working.
Where an individual is returning to work for a company with which he had previously been employed, provided they submit documents including the Emirates ID obtained from that prior employment.
Where an individual, having sought employment through internet and online means, wishes to come for skilled work, provided they submit their professional profile, the company profile, evidence that the job matches the individual's qualifications, and documents substantiating their skill level.
Where a written request is received from a UAE government body, a diplomatic mission accredited to the UAE, or relevant officials thereof.
Where a worker currently employed by a company in the UAE returns to their home country, and the submitted documents confirm that they previously worked in the UAE. (For domestic or private workers, the first employment visa should be before September 2024 and the employer should be the same.)
For detailed procedures and required documents regarding individual visa attestation, you are requested to visit the following link:
https://dxb.nepalconsulate.gov.np/
Consulate General of Nepal, Dubai

 #सूचना *रोजगार सेवा केन्द्र रूपान्तरण सम्बन्धी निर्णय*काठमाडौं । नेपाल सरकारले देशभरका रोजगार सेवा केन्द्रलाई “रोजगार, ...
26/05/2026

#सूचना
*रोजगार सेवा केन्द्र रूपान्तरण सम्बन्धी निर्णय*
काठमाडौं । नेपाल सरकारले देशभरका रोजगार सेवा केन्द्रलाई “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गरिनेछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिनेछ।

नयाँ व्यवस्थाअनुसार स्थानीय तहबाट श्रम बजार विश्लेषण, सीप तालिम, रोजगार परामर्श तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणलगायत सेवा एकीकृत रूपमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।

 #जानकारी विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू  समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्य...
26/05/2026

#जानकारी
विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। ‌ उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।

https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962

Search, rescue and repatriation of Nepali nationals abroad and compensation

 #सूचना !मलेसिया सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूका लागि सञ्चालन गरीरहेको आममाफी (Amnesty) कार्यक्रमक...
25/05/2026

#सूचना !

मलेसिया सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूका लागि सञ्चालन गरीरहेको आममाफी (Amnesty) कार्यक्रमको अवधि ३१ मे २०२७ सम्म थप गरेको छ। यसअघि विभिन्न कारणले यस सेवाबाट लाभ लिन नपाएका श्रमिकहरूलाई समयमै यस अवसरको फाइदा लिन अनुरोध गरिन्छ।

थप जानकारीका लागि तथ्यपत्र (Fact Sheet) हेर्नुहोस्।

 #जानकारी वैशाख महिनामा मात्रै ७४,४२९ नेपालीले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति!वैशाख महिना (गत अप्रिल १४ देखि म...
24/05/2026

#जानकारी
वैशाख महिनामा मात्रै ७४,४२९ नेपालीले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति!

वैशाख महिना (गत अप्रिल १४ देखि मे १४) मा मात्रै कुल ७४,४२९ जना नेपाली नागरिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (Labour Approval) लिएका छन्। वैदेशिक रोजगार विभाग (DoFE) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालीहरूले विश्वका १०३ वटा विभिन्न देशका लागि यो श्रम स्वीकृति लिएका हुन्।

कस्ता दक्ष कामदार कति? (सीपगत विवरण):
•दक्ष (Skilled): ४४,०७० जना (सबैभन्दा धेरै)
•अर्ध-दक्ष (Semi-Skilled): ११,०८६ जना
•व्यावसायिक (Professional): ३४२ जना
• उच्च दक्ष (High Skilled): ९१ जना
• अदक्ष (Unskilled): १८,८४० जना

लैङ्गिक सहभागिता:
• पुरुष: ६५,०१० जना
• महिला: ९,४१९ जना

सीपका आधारमा हेर्दा यो महिना दक्ष र अर्ध-दक्ष कामदारको संख्या उल्लेख्य रहेको देखिन्छ भने अझै पनि ठुलो संख्यामा अदक्ष कामदारहरू श्रम स्वीकृति लिएर बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ।

सिङ्गापुर पठाउने भन्दै ५ करोडभन्दा बढी ठ'गी गर्ने मेनपावर सञ्चालक पक्रा*उ, ४३ जना ऋणमा चुर्लुम्म! बेरोजगार युवायुवतीलाई ...
23/05/2026

सिङ्गापुर पठाउने भन्दै ५ करोडभन्दा बढी ठ'गी गर्ने मेनपावर सञ्चालक पक्रा*उ, ४३ जना ऋणमा चुर्लुम्म!

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर सिङ्गापुर पठाइदिन्छु भन्दै करोडौँ ठ'गी गर्ने एक मेनपावर सञ्चालकलाई प्र'हरीले पक्रा'उ गरेको छ। काठमाडौँ सामाखुसीस्थित "माउन्ट एभरेष्ट ह्युमन रिसोर्स प्रा.लि." (Mount Everest Human Resource Pvt. Ltd.) का सञ्चालक शरण थापा पक्रा'उ परेका हुन्।

उनले सिङ्गापुर पठाइदिने बहानामा ४३ जना पी'डितहरूबाट कुल रु ५,०१,१२,०००/- (पाँच करोड एक लाख बाह्र हजार) ठ'गी गरेको काठमाडौँ उपत्यका अप'राध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

घट"नाको मुख्य विवरण (Full Details):
पक्रा,उ पर्ने व्यक्ति: ३७ वर्षीय शरण थापा (स्थायी घर: धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं. ७, हाल: काठमाडौँ म.न.पा. वडा नं. २६)
पक्रा'उ मिति र स्थान: २०८३/०२/०७ गते, काठमाडौँ म.न.पा. वडा नं. १० बाट।
ठ"गी रकम: ५ करोड १ लाख १२ हजार रुपैयाँ।
पी'डित संख्या: हालसम्म ४३ जना सम्पर्कमा (संख्या अझै बढ्न सक्ने)।
कार'बाही प्रक्रिया: थप अनुसन्धान र आवश्यक कार'बाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

यसरी हुन्थ्यो ठ:गी धन्दा:
•लाखौँको असुली: प्रतिव्यक्ति रु. ९,००,०००/- (नौ लाख) देखि रु. २४,००,०००/- (चौबिस लाख) सम्म रकम लिने गरेको पाइएको।
•अलपत्र पारेर फर्काइने: सिङ्गापुर पुर्‍याएर काममा नलगाई अलपत्र पारेपछि पी'डितहरू आफ्नै खर्चमा नेपाल फर्कन बाध्य भएका थिए।
•महिलामाथि झन् ठूलो धोका: होटलमा काम लगाइदिने भन्दै सिङ्गापुर पुर्‍याएर महिलाहरूलाई घरेलु कामदार (Housemaid) को रूपमा काम गर्न पठाउने गरेको खुलासा।

जरुरी सूचना: उक्त 'माउन्ट एभरेष्ट ह्युमन रिसोर्स प्रा.लि.' वा सञ्चालक शरण थापाबाट कोही कसैलाई ठ'गी गरिएको भए तत्काल वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ मा सम्पर्क गर्न प्रह'रीले अनुरोध गरेको छ।

तपाईँको विचारमा यस्ता ठ'ग मेनपावर व्यवसायीलाई के कस्तो कार'बाही हुनुपर्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला! 👇

Address

जिल्ला प्रशासन कार्यालय, कोठा नं. १२
Gaur

Alerts

Be the first to know and let us send you an email when आप्रवासी श्रोत केन्द्र गौर रौतहट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आप्रवासी श्रोत केन्द्र गौर रौतहट:

Share