सूर्योदय नगरपालिका १० नं वडा कार्यालय

  • Home
  • Nepal
  • Fikkal
  • सूर्योदय नगरपालिका १० नं वडा कार्यालय

सूर्योदय नगरपालिका १० नं वडा कार्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सूर्योदय नगरपालिका १० नं वडा कार्यालय, Government Organization, Fikkal, Fikkal.

सूर्योदय नगरपालिका वडा नं १० का आ.व २०८१/०८२ मा भूमिकर मालपोत तथा सम्पत्तिकर बुझाउनुहुने सम्पूर्ण करदाताहरुमा सूचनामा उल...
16/07/2024

सूर्योदय नगरपालिका वडा नं १० का आ.व २०८१/०८२ मा भूमिकर मालपोत तथा सम्पत्तिकर बुझाउनुहुने सम्पूर्ण करदाताहरुमा सूचनामा उल्लेखित विवरण एकीन गरि भूमिकर मालपोत बुझाउनुहुनका लागि यसै सूचना मार्फत अनुरोध गर्दछौँ ।
आ.व २०८१/०८२ को पहिलो दिन पहिलो सेवा ग्राहीलाई मालपोत रसिद हस्तान्तरण गरि शुभारम्भ गरियो ।

फिक्कल हस्पिटललाई थप प्रभावकारी र छिटो सेवाप्रभाह गर्नका लागि अत्याधुनिक मेसिन थप गरेकोछ।बजारमा ४५ लाखभन्दा बढ़ी लागत पर...
12/07/2024

फिक्कल हस्पिटललाई थप प्रभावकारी र छिटो सेवाप्रभाह गर्नका लागि अत्याधुनिक मेसिन थप गरेकोछ।
बजारमा ४५ लाखभन्दा बढ़ी लागत पर्ने Fully Automatic Biochemistry Analyzer Machine-Tokyo BOEKI BIOUS 30i नगरपालिकाको तर्फबाट फिक्कल अस्पताललाई हस्तांतरण भएको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो मेशीनको टेष्ट रिर्पोटको मान्यता सय प्रतिशत रहेको र यो मेशीनको निर्माण गर्ने मुलुक- जापान।

पहिलो पटक १५ मिनटमा रिपोर्ट र दोस्रो प्रति १५ सेकेण्ड प्रति रिपोर्ट दिन सक्ने मेशीन नेपालमा पहिलो पटक फिक्कल अस्पतालको ल्याबबाट संचालनमा आएको छ।

प्रति २४ घण्टामा १५०० को ल्याब टेष्ट गर्न सकिने अत्याधुनिक मेशिन संचालनमा आएको छ।

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामको आयोजना तथा सूर्योदय नगरपालिका वडा नं १० को समन्वयमा दालमोठ, भुजिया, ...
28/06/2023

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामको आयोजना तथा सूर्योदय नगरपालिका वडा नं १० को समन्वयमा दालमोठ, भुजिया, बटारे, डुनोट लगायतका आइटमहरु बनाउने तालिम सम्पन्न भएको छ । मिति २०८०/०३/०६ गते बाट सरु सो तालिममा सूर्योदय नगरपालिका वडा नं. १० का २६ जना वडा बासीहरुको सहभागिता रहेको थियो । लगातार ७ दिन सम्म सञ्चालन भएको तालिम हिजो मिति २०८०/०३/१२ गते एक कार्यक्रमका बिच समापन भएको थियो । तालिममा सहभागिहरुले उल्लेखित आइटमहरु बनाउने सिपको राम्रो विकास भएको साथै यस्ता सिप मुलक कार्यक्रमहरुले व्यवसायिक रुपमा सिपको प्रयोग गरि आर्थिक रुपमा जिवनस्तर सुधार गर्न मदत हुने कुरा बताउनु भएको थियो। वडा कार्यालयको तर्फबाट समन्वय गरि आगामी आ.व मा समेत यस्ता कार्यक्रमहरुको आयोजना गरिने कुरा जानकारी गराउदै तालिममा सहभागी हुनुभएका सम्पूर्णमा आभार प्रकट गर्दछौँ । तालिमको आयोजान गर्ने घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलाम साथै प्रशिक्षक लाई समेत विशेष धन्यवाद दिन चहान्छौँ ।

19/06/2023
15/06/2023

सूर्योदय नगरपालिमा वडा नं. १० को आयोजना साथै फिक्कल एफ.एम को समन्वयमा सूर्योदय नगरपालिका वडा नं. १० भोलि मिति २०८०/०३/०१ गते सूर्योदय नगरपालिका वडा नं. १० का २६ वटै टोल विकास संस्थाहरुका ३/३ जना पदाधिकारीहरुलाई सूर्योदय नगरपालिकाले सेवा प्रवाह गरिरहेको अनलाईन सेवा र पेपरलेस कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सूर्योदय नगरपालिकाको सभा हलमा हुने भएकाले अनिवर्य उपस्थितिको लागि अनुरोध छ ।

Address

Fikkal
Fikkal
57312

Telephone

+97727540649

Website

Alerts

Be the first to know and let us send you an email when सूर्योदय नगरपालिका १० नं वडा कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सूर्योदय नगरपालिका १० नं वडा कार्यालय:

Share