16/11/2025
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृत स्तर सातौं /आठौं तहका कर्मचारिहरुका लागि "कार्य सम्पादन, विकास व्यवस्थापन तथा सेवा प्रवाह" सम्वन्धी ३५ कार्यदिन सेवाकालिन प्रशिक्षण मिति २०८२ कार्तिक ३० गते धनगढीमा समापन भएको छ । सेवाकालिन प्रशिक्षण मित २०८२ भाद्र ४ गते शुरु भएको थियो । जेन-नी आन्दोलनका कारण विचमा रोकिएको तालिम कार्तिक महिनाको १२ गते देखि पून:सूचारु गरीएको थियो । संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृत स्तर सातौं /आठौं तहका ३० जना कर्मचारिहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव श्री विमल प्रशाद बरालले सहभागिहरुले तालिममा सिकेका कुराहरुलाइ व्यवहारमा प्रयोग गरि कार्य सम्पादन तथा सेवा प्रवाहमा सकारात्मक भूमिका सेवाकालिन प्रशिक्षणले गर्ने विश्वास व्यत्त गर्नु भएको थियो ।
समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री गेहेन्द्र बमले सहभागीहरुलाई प्रदेश सरकार र स्थानीय तहका आधारभूत काम, कर्तव्य र अधिकारको वारेमा जानकारी दिई प्रभावकारी सेवा प्रवाहका लागि उत्प्रेरित गर्ने, सहभागीमा नेतृत्व सीप, उत्प्रेरणा, अन्तरवैयक्तिक सम्बन्धको विकास, जनसम्पर्कको कौशलता, सकारात्मक सोच, सदाचार, समूह कार्यको महत्व, द्वन्द्व व्यवस्थापन, शिष्टाचार, तनाव र परिवर्तन व्यवस्थापन एवं कार्यालय संचालनका नविन ज्ञान र सीप प्रवाह गरी निपूर्ण तुल्याउन, सहभागीहरुलाई सार्वजनिक खर्च व्यवस्थापन, संघीय शासन प्रणाली, योजना तर्जुमा, कानून निर्माण लगायतका विषयमा विस्तृत छलफलका माध्यमद्वारा यी विषयहरुलाई आत्मसात् गराउनमा सहयोग पुग्ने विश्वासका साथ सहभागि अधिकृतहरुले तयार गर्नु भएको कार्ययोजना आफनो कार्यक्षेत्रमा लागु गर्न आग्रह गर्नु भएको थियो । प्रतिष्ठानले अधिकृत स्तर सातौं /आठौं तहका कर्मचारिहरुका लागि आयोजना गरीएको यो दोश्रो सेवाकालिन प्रशिक्षण हो ।