गौरीशंकर गाउँपालिका- दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • गौरीशंकर गाउँपालिका- दोलखा

गौरीशंकर गाउँपालिका- दोलखा Official page of Gaurishankar RM, Suri, Dolakha.

गौरीशंकर गाउँपालिका, सुरिद्वारा श्री हलेश्वर माध्यमिक विद्यालयमा आयोजित “अभिभावकसँग हामि बनाउछौ, हाम्रो विद्यालाय अन्तर्...
23/08/2026

गौरीशंकर गाउँपालिका, सुरिद्वारा श्री हलेश्वर माध्यमिक विद्यालयमा आयोजित “अभिभावकसँग हामि बनाउछौ, हाम्रो विद्यालाय अन्तर्क्रिया तथा एकदिने प्रशिक्षण कार्यक्रम” भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्की ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, प्रशिक्षक श्री पूर्ण प्रसाद दवाडी ज्यू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
एकदिने प्रशिक्षणका क्रममा बालबालिकाको सिकाइमा अभिभावकको भूमिका, विद्यार्थीको व्यवहार तथा मनोविज्ञान, घर–विद्यालय सम्बन्ध, शैक्षिक वातावरण निर्माण, विद्यार्थीको क्षमता पहिचान तथा उत्प्रेरणा, नियमित संवाद र सहकार्यको आवश्यकता लगायतका विषयमा महत्वपूर्ण प्रशिक्षण तथा छलफल गरिएको थियो।कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना जिज्ञासा, अनुभव, समस्या तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो भने शिक्षक–शिक्षिका तथा सम्बन्धित सरोकारवालाहरूबीच विद्यार्थीको शैक्षिक प्रगति र विद्यालयको समग्र सुधारका विषयमा खुला एवं सकारात्मक अन्तर्क्रिया भएको थियो।
विद्यालयको गुणस्तर सुधारका लागि “विद्यालयको प्रयास मात्र पर्याप्त हुँदैन, अभिभावकको साथ र समुदायको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ” भन्ने भावनाका साथ कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, प्रशिक्षकज्यू, जनप्रतिनिधिज्यूहरू तथा सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

गौरीशंकर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,  सुरिद्वारा  श्री मानेडाँडा माध्यमिक विद्यालयमा आयोजित अभिभावकसँग अन्त...
23/08/2026

गौरीशंकर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सुरिद्वारा श्री मानेडाँडा माध्यमिक विद्यालयमा आयोजित अभिभावकसँग अन्तर्क्रिया तथा एकदिने प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्की ज्यू, उपाध्यक्ष श्री उमा लुङ्गेली मगर शेर्पा ज्यू, प्रशिक्षक श्री पूर्ण प्रसाद दवाडी ज्यू, गौरीशंकर–४ का वडा अध्यक्ष श्री शिवहरि खत्री ज्यू लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। अभिभावक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिबीचको सहकार्य, संवाद तथा अन्तरक्रियामार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा महत्वपूर्ण छलफल तथा प्रशिक्षण सम्पन्न भयो।

गौरीशंकर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,  सुरिद्वारा वडा नं.–२ स्थित श्री निलकण्ठेश्वर आवासीय माध्यमिक विद्यालय...
21/08/2026

गौरीशंकर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सुरिद्वारा वडा नं.–२ स्थित श्री निलकण्ठेश्वर आवासीय माध्यमिक विद्यालयमा आयोजित अभिभावकसँग अन्तर्क्रिया तथा एकदिने प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री वसन्त कार्की ज्यूको अध्यक्षतामा तथा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्की ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा लुङ्गेली मगर शेर्पा ज्यू, प्रशिक्षक श्री पूर्ण प्रसाद दवाडी ज्यू, गौरीशंकर–१ का वडा अध्यक्ष श्री प्रकाशबहादुर खड्का ज्यू, वडा नं. २ का वडा अध्यक्ष श्री रोहित बुढाथोकी ज्यू लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। अभिभावक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिबीचको सहकार्य, संवाद तथा अन्तरक्रियामार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा महत्वपूर्ण छलफल तथा प्रशिक्षण सम्पन्न भयो।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना :बागमती प्रदेश लोक सेवा आयोगबाट यस गौरीशंकर गाउँपालिकाको कार्यालयमा सहायक पाँचौ...
20/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना :
बागमती प्रदेश लोक सेवा आयोगबाट यस गौरीशंकर गाउँपालिकाको कार्यालयमा सहायक पाँचौँ तह, प्रशासन सेवा पदमा नियुक्त हुनुभएका श्री भुपेश चौलागाईज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
18/08/2026

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

यस गाउँपालिका वडा न ५ स्थित हलेश्वर माबी कक्षा १० मा अध्ययनरत छात्र, यसै गाउँपालिका अन्तर्गत कार्यरत शिक्षक श्री सिरिध्व...
17/08/2026

यस गाउँपालिका वडा न ५ स्थित हलेश्वर माबी कक्षा १० मा अध्ययनरत छात्र, यसै गाउँपालिका अन्तर्गत कार्यरत शिक्षक श्री सिरिध्वज गुरुङज्यु का सुपुत्र श्री महेश गुरुङको मिति २०८३/०४/२९ गते भएको असामयिक निधनले सम्पुर्ण गाउपालिका परिवार स्तब्ध भएका छौ । यस अत्यन्त दुखद र अकल्पनिय घडीमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक प्रार्थना तथा दिबङ्गत भाइको आत्माको चिर शान्ती को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । 🙏🙏

-सम्पुर्ण गाउँपालिका परिवार ।

मेलमिलापकर्ता सूचीकृत तथा अध्यावधिक गर्ने सम्बन्धी सूचना ।
14/08/2026

मेलमिलापकर्ता सूचीकृत तथा अध्यावधिक गर्ने सम्बन्धी सूचना ।

Invitation for Bids (e-procurement).
13/08/2026

Invitation for Bids (e-procurement).

स्थायी लेखा नम्बर (PAN) दर्ता तथा करदाता सेवा सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न । दोलखामै कर सेवा स्थानिय तह बाट सुरुवा...
11/08/2026

स्थायी लेखा नम्बर (PAN) दर्ता तथा करदाता सेवा सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न । दोलखामै कर सेवा स्थानिय तह बाट सुरुवात गर्ने पहिलो स्थानिय तह ।

आज मिति २०८३/०४/२६ गते आन्तरिक राजश्व कार्यालय, धुलिखेल र गौरीशंकर गाउँपालिका बीच स्थायी लेखा नम्बर (PAN) दर्ता, नवीकरण, कर सम्बन्धी जानकारी प्रवाह तथा करदाता सेवा सञ्चालन सम्बन्धी महत्वपूर्ण सम्झौता कार्यक्रम गौरीशंकर गाउँपालिकाको कार्यालय, सुरी, दोलखा मा सम्पन्न भएको छ।उक्त कार्यक्रममा कर प्रशासनलाई स्थानीय तहसम्म सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यका साथ दुवै पक्षबीच सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न गरिएको हो। यसबाट गाउँपालिकावासीले PAN दर्ता, नवीकरण तथा करसम्बन्धी आवश्यक जानकारी र सेवा स्थानीय स्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरू तथा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।यस सहकार्यले करदाता मैत्री सेवा प्रवाह, राजश्व सचेतना अभिवृद्धि तथा सुशासन प्रवर्द्धन मा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। यस सङ्गै गौरीशंकर गाउपालिका दोलखा जिल्लामै स्थानिय कर सेवा सन्चालन गर्ने पहिलो स्थानिय तह हुने भएको छ ।

Address

Dolakha
Dolakha

Alerts

Be the first to know and let us send you an email when गौरीशंकर गाउँपालिका- दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गौरीशंकर गाउँपालिका- दोलखा:

Shortcuts

Share