23/03/2026
ग्रामीण भेगमा Long Route Patrol (LRP) परिचालन
========================================
०५,०६,०७ र ०८ चैत्र २०८२
नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिकालाई शान्ति सुरक्षा अमन चयन कायम तुल्याई आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाई शान्त र भयरहित समाजको निर्माण गर्नको लागि व्यवस्थित, प्रभावकारी र योजनाबद्ध रुपमा समाजमा हुने आपराधिक घटना घट्न नदिन ग्रामीण क्षेत्र र दुरदराजको गाउँहरुमा प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउने उदेश्यका साथ LRP (Long Route Patrol) संचालन गरिएको ।
इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेपलाञ्चोकबाट नमोवुद्ध नगरपालिका तेमाल गाउँपालिका र रोशी गाउँपालिकाको विभिन्न स्थानहरुको वस्तु स्थिति साथै अवाञ्छित कृयाकलापहरु नियन्त्रण, समग्र शान्ति सुरक्षा तथा समाजमा हुने आपराधिक गतिबिधिहरूलाई रोकथाम तथा नियन्त्रण लगायत आम नागरिकहरूलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यका साथ चार दिने LRP गस्ती खटि गइ सुरक्षा व्यवस्थापन गरिएको ।
चोरी, ठगी, लुटपाट जस्तो हुन सक्ने आपराधिक क्रियाकलापलाई मध्य नजर गर्दै विभिन्न किसिमको सचेतनामुलक/जनचेतनामुलक कार्यक्रम संचालन गरिदैँ नवप्राकृतिकवादी प्रहार लगायतका गतिविधी माथि निगरानी गर्नुको साथै समयमा गाउँघर र समाजको हालको बस्तुस्थिती बुझ्दै, समाजसँगको सामिप्यता बढाउँदै, सुचना संकलन गर्दै, मानव बेचबिखन नियन्त्रण, आत्महत्या न्युनिकरण, वाल विवाह, बहु बिबाह, अबैध घरेलु, वाल यौन दुर्व्यवहार, लैङ्गिक हिंसा, मदिरा उत्पादन र बिक्री बितरण, तेजाब सम्म्बन्धि प्रयोग विभिन्न प्रलोभनमा पारी हुने ठगी लगायतका विषयहरुमा आधारित सचेतनामुलक कार्यक्रम संचालन गरिएको ।