श्री सरस्वती माध्यामिक बिधालय महालक्ष्मी नगरपालिका-१,कटहरे - धनकुटा

  • Home
  • Nepal
  • Dhankuta Bazar
  • श्री सरस्वती माध्यामिक बिधालय महालक्ष्मी नगरपालिका-१,कटहरे - धनकुटा

श्री सरस्वती माध्यामिक बिधालय महालक्ष्मी नगरपालिका-१,कटहरे - धनकुटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती माध्यामिक बिधालय महालक्ष्मी नगरपालिका-१,कटहरे - धनकुटा, Public School, मारेक कटहरे/१/धनकुटा, Dhankuta Bazar.

वार्षिक उत्सव 2082  सबै कार्यक्रम, सबै क्षण—एकै ठाउँमा समेटिएको सुन्दर यात्रा।  हासो, खुशी, प्रतिभा र सम्झनाहरूको समग्र ...
28/11/2025

वार्षिक उत्सव 2082
सबै कार्यक्रम, सबै क्षण—एकै ठाउँमा समेटिएको सुन्दर यात्रा।
हासो, खुशी, प्रतिभा र सम्झनाहरूको समग्र प्रतिबिम्ब।

28/11/2025
28/11/2025

वार्षिक उत्सव समाराेह २०८२ मसिर ११

वार्षिक उत्सब समाराेह २०८२ मसिर ११
28/11/2025

वार्षिक उत्सब समाराेह २०८२ मसिर ११

हार्दिक निमन्त्रणा
25/11/2025

हार्दिक निमन्त्रणा

"बालबालिकामा लगानी: सुनिश्चित भबिष्यकाे थालनी" भन्ने नाराका साथ सम्पूर्ण बालबालिकाहरूलाई ६१ औं राष्ट्रिय बालदिवसको अवसरम...
14/09/2025

"बालबालिकामा लगानी: सुनिश्चित भबिष्यकाे थालनी" भन्ने नाराका साथ सम्पूर्ण बालबालिकाहरूलाई ६१ औं राष्ट्रिय बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्दछौ।
विद्यालय परिवार

12/09/2025

#भाइबहिनीहरुमा #विशेषानुरोध
हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र विद्यालय सञ्चालन हुनेछ साथै परीक्षा सञ्चालन हुनेछ।
त्यसैले घरमै बसेर नियमित अध्ययन गर्नुहुन विशेष अनुरोध छ ।
१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७) गणित समस्या दैनिक अभ्यास गर्ने।
८) घरमै सरल विज्ञान प्रयोग गर्ने।
९) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
१०) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
११) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१२) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१३) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१४) मोबाइल/इन्टरनेट प्रयोग गरेर शैक्षिक सामग्री पढ्ने।
१५) पढेका पाठ दोहोर्‍याउने।
१६) समय तालिका बनाएर नियमित पढ्ने।
१७) घरायसी कामलाई सिकाइसँग जोड्ने।

👉 निरन्तर अध्ययन, अभ्यास र पुनरावृत्तिले मात्र परीक्षा सफल हुन्छ।
अभिभावकज्यूहरूले आफ्ना नानीहरूको पढाइमा सहयोग र निगरानी गरिदिनुहोला।
'' आजको परिश्रमबाट नै भोलि सफल हुन सकिन्छ ।''
धन्यवाद ,नमस्कार ।
साभार: Laxmi Prasad Subedi सरको wall

शोक विदा सम्बन्ध मा
24/08/2025

शोक विदा सम्बन्ध मा

12/05/2025

शैक्षिक सत्र २०८२ का लागि सबै शिक्षकहरुले गर्नुपर्ने प्रतिबद्धता :-
→ सकेसम्म कम विदा बस्नेछौं, बस्नै परे अनिवार्य विदाको फर्म भर्नेछौं र विदाको दिनको पाठ योजना अघिल्लै दिन बुझाउने छौं।

→ एसेम्ब्ली घण्टी लाग्नुभन्दा पाँच मि. अघि नै सम्बन्धित कक्षामा गई क्रमशः विधार्थी लिएर आउने छौं। कक्षामा पठाउँदा क्याप्टेनलाई अन्तिम र VC लाई सुरुमा पगई व्यवस्थित गर्ने छौं।

→ कक्षा शिक्षकहरु बच्चासँगै तयारी अवस्थामा कक्षामा जानेछौं।

→ कापी जाँच गर्दा वित्ता नापेर होइन, अक्षरश: शब्द, शब्द पढेर गर्नेछौं।

→ अनुपस्थित वि‌द्यार्थीलाई अर्को दिन अतिरित्त समय लिएर भएपनि छुटेका

- पाठहरु कभर गराउने छौं।

→ होमवर्क डायरी साईन गर्दा राम्रोसँग हेरेर, पढेरै मात्र साईन गर्ने छौं।

→ कापी जाँच गरेपछि सबै विद्यार्थीको कापीमा प्रोत्साहन स्वरुप स्टार दिने छौं।

→ कक्षामा जानुपूर्व हाम्रा मोबाइल फोन अनिवार्य आ आफ्नो लकरमा राख्ने छौं। यदि कसैलाई कल गर्नु परे विधालयको ल्याण्ड लाईन प्रयोग गर्ने छौं।

→ प्रश्नपत्र बनाउँदा पहिला विभागिय प्रमुखहरुसँग छलफल गर्नेछौं र परीक्षा शाखाले तोकेको समय अवधिभित्र प्रश्नपत्र बनाएर परीक्षा शाखालाई सहयोग गर्ने छौं।

→ आँफूलाई Confuse भएको कुराको बारेमा अफ्ठ्योरोनमानी अन्य सहकर्मी साथी-हरुसँग छलफल गर्ने छौं तर कुनै पनि हालतमा गलत पढाउने छैनौं।

→ वेलुका बच्चालाई घर पठाउनु भन्दा पहिला उनीहरुका सामान जस्तै; बोत्तल, टिफिन बक्स, कापी, किताब आदि झोलामा हाले नहालेको हेरेर मात्र पठाउने छौं।

→ स्टाफ रुममा हामी विशुद्ध विद्यार्थी केन्द्रित छलफल र गफहरु मात्र गर्ने छौं, व्यक्तिगत र पारिवारिक गफ गरेर समय खेर फाल्ने छैनौं।

हामी हाम्रो संयुक्त प्रयासबाट विधालय, विधार्थी र विद्यार्थीको सिकाइमा उल्लेखिय सकारात्मक परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध छौं।

01/05/2025

शिक्षक आन्दोलनको कारण बन्द भएको बिद्यालय आन्दोलनरत शिक्षक,कर्मचारी र सरकारबीच सहमति भएको हुनाले मिति २०८२/०१/१८ गते मे -१ मजदुर दिवसको अवसरमा सार्वजनिक विदा भएको हुदा बैशाख १९ गते शुक्रबारबाट नियमित रुपमा बिद्यालय सुचारु हुने सबैको जानकारीका लागि यो सूचना सम्प्रेषण गरीन्छ ।

Address

मारेक कटहरे/१/धनकुटा
Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when श्री सरस्वती माध्यामिक बिधालय महालक्ष्मी नगरपालिका-१,कटहरे - धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category