Ananda chand : आनन्द चन्द - सचिवालय

  • Home
  • Nepal
  • Dhangadhi
  • Ananda chand : आनन्द चन्द - सचिवालय

Ananda chand : आनन्द चन्द - सचिवालय आनन्द चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन्।
For more info : Visit Profile 🙏

15/09/2026

संसद्मा आज नेपालको भविष्यको अर्थतन्त्र, रोजगारी, शिक्षा र राष्ट्रिय सुरक्षासँग जोडिएको कृत्रिम बुद्धिमत्ता (एआई) बारे विषय उठाएँ।

नेपालले सस्तो आईटी जनशक्तिमा मात्र निर्भर नभई एआई-इनेबल्ड उच्च मूल्यको अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएँ। यसका लागि पाँचवर्षे राष्ट्रिय एआई कार्ययोजना, स्वदेशी डेटा र कम्प्युटिङ क्षमता, एआई साक्षरता, नेपाली तथा मातृभाषामा एआई पूर्वाधार र साइबर सुरक्षामा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएँ।

प्रविधिमा सानो देश हुनु कमजोरी होइन, तयारी नगरेको देश हुनु कमजोरी हो।

01/09/2026

भोटेकोशीको विपद एउटा क्षेत्रको दुःख मात्रै होइन, सुदूरपश्चिमका लागि पनि चेतावनी हो ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। ज्यान गुमाउनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारसम्म राहत र सुरक्षित आवास पुर्‍याउनु अहिले राज्यको पहिलो जिम्मेवारी हो।
भोटेकोशीको यो विपद्ले क्षतिको पीडा मात्र दिएको छैन, देशका अन्य जोखिमयुक्त क्षेत्रलाई पनि सम्भावित विपद्प्रति सचेत गराएको छ।
विशेषगरी निरन्तर वर्षाका कारण सुदूरपश्चिममा देखिएको अवस्थाले हामीलाई थप गम्भीर र पूर्वतयारीमुखी बन्नुपर्ने सन्देश दिएको छ।
कञ्चनपुरमा निरन्तर वर्षाका कारण कम्तीमा ४५ घर डुबानमा परेका छन् भने करिब ७० जना विस्थापित भएका छन्। महाकाली नदीको बहावसमेत उल्लेख्य रूपमा बढेको छ।
डडेलधुराको पारिगाउँ जलमापन केन्द्रमा आज दिउँसो महाकालीले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच, बाढी पूर्वानुमानसम्बन्धी आजको सूचनाले दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको देखाएको छ। यसले सम्भावित जोखिमलाई सामान्य रूपमा लिन नहुने स्पष्ट संकेत गरेको छ।
त्यसैले भोटेकोशीको घटनाबाट पाठ सिक्दै सुदूरपश्चिममा हामीले अहिले नै केही महत्वपूर्ण प्रश्नको जवाफ खोज्नुपर्छ:
जोखिममा रहेका बस्ती कुन–कुन हुन्?
त्यहाँका नागरिकसम्म पूर्वसूचना पुग्ने व्यवस्था कति प्रभावकारी छ?
तत्काल स्थानान्तरण गर्नुपरे सुरक्षित स्थान कहाँ छन्?
स्थानीय तहमा उद्धार सामग्री, जनशक्ति र उपकरण तयारी अवस्थामा छन् कि छैनन्?
यी प्रश्नको जवाफ विपद् आउनुअघि नै तयार हुनुपर्छ। किनकि विपद् आएपछि उद्धार गर्नु मात्र विपद् व्यवस्थापन होइन। जोखिम पहिचान गर्ने, समयमै सूचना दिने, नागरिकलाई सुरक्षित स्थानमा सार्ने र सम्भावित क्षति हुनुअघि आवश्यक तयारी गर्ने क्षमता नै प्रभावकारी विपद् व्यवस्थापन हो।
यसका लागि महाकाली, कर्णाली र तिनका सहायक नदी आसपासका जोखिमयुक्त बस्तीको पहिचान गर्न आवश्यक छ। साथै, प्रभावकारी पूर्वसूचना प्रणाली, स्थानीय तहसम्म स्पष्ट स्थानान्तरण योजना तथा आवश्यक उद्धार सामग्री, उपकरण र जनशक्तिको पूर्वतयारीलाई प्राथमिकतामा राखिनुपर्छ।
सम्बन्धित संघीय, प्रदेश तथा स्थानीय निकायले सुदूरपश्चिमका जोखिमयुक्त क्षेत्रमा तत्काल तयारी अवस्थाको समीक्षा गरी आवश्यक पूर्वतयारी सुनिश्चित गर्नुपर्छ। विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीचको समन्वय र स्पष्ट जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ।
विपद् रोक्न सधैं सकिँदैन। तर सही सूचना, पूर्वतयारी र समयमै गरिएको निर्णयले धेरै जीवन बचाउन सकिन्छ। भोटेकोशीको विपद्ले हामीलाई यही पाठ दिएको छ—विपद् आएपछि प्रतिक्रिया जनाउने होइन, विपद् आउनुअघि नै तयारी गर्ने।
त्यसैले नदी तथा बाढीको जोखिम क्षेत्रमा रहनुभएका सम्पूर्ण नागरिकलाई आधिकारिक सूचनामा ध्यान दिन, आवश्यक सतर्कता अपनाउन र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान हार्दिक अनुरोध गर्दछु।

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म उद्धार गरिएका व्यक्तिहरू
27/08/2026

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म उद्धार गरिएका व्यक्तिहरू

अत्यन्त जरुरी सूचनाधनगढी उपमहानगरपालिका वडा नं. १२ का शिवशंकर जोशी हाल Mailung Khola Hydropower (५ मेगावाट), मैलुङ मा का...
26/08/2026

अत्यन्त जरुरी सूचना

धनगढी उपमहानगरपालिका वडा नं. १२ का शिवशंकर जोशी हाल Mailung Khola Hydropower (५ मेगावाट), मैलुङ मा कार्यरत हुनुहुन्छ।

उहाँको मोबाइल नम्बर +977 9869278781 हो। उहाँसँग हाल सम्पर्क हुन सकिरहेको छैन।
यदि कसैले उहाँलाई चिन्नुहुन्छ, उहाँसँग सम्पर्कमा हुनुहुन्छ वा उहाँको अवस्थाबारे कुनै जानकारी छ भने कृपया हामीसँग सम्पर्क गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

उहाँको खोजी तथा परिवारसँग सम्पर्क गराउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।
सम्पर्क नं : 9866918710 (दुर्गा प्रसाद)

24/08/2026

शिवगंगा नदीमाथिको पुल वर्षौंदेखि अलपत्र पारिएको विषयमा ध्यानाकर्षण

17/08/2026

सुदूरपश्चिम प्रदेशमा मनाइने मौलिक एवं सांस्कृतिक पर्व ओल्के तथा गुरही पर्व र देशभर श्रद्धापूर्वक मनाइने नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रा मौलिक चाडपर्व, संस्कार, संस्कृति र परम्परा हाम्रो पहिचान, सभ्यता तथा अमूल्य सांस्कृतिक धरोहरका प्रतीक हुन्। यिनको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो। यी पर्वहरूले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता अझ सुदृढ बनाऊन् भन्ने शुभकामना व्यक्त गर्दछु।
डा. आनन्दबहादुर चन्द
प्रतिनिधि सभा सदस्य
कैलाली–५

14/08/2026
धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रमको...
14/08/2026

धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Ananda chand : आनन्द चन्द - सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category