RAJA SAB

RAJA SAB देशकै लागि गरिन्छ ,देशकै लागि मरिन्छ

09/05/2026

# Fyp’

Wow😍 सुकुम्बासीसँग ३ लाख पर्ने iphone 17 pro max❤️
25/04/2026

Wow😍 सुकुम्बासीसँग ३ लाख पर्ने iphone 17 pro max❤️

22/04/2026

छानबिन समितिले निर्दोष ठहर गरे सुदन गुरुङ नै फेरि गृहमन्त्री बन्ने, त्यतिबेलासम्म नयाँ गृहमन्त्री नियुक्त नहुने !

आज गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएर हात हल्लाउँदै आफैं गाडी चलाएर निस्किएको दृश्य सच्चा जिम्मेवारी र चरित्रको प्रत्...
22/04/2026

आज गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएर हात हल्लाउँदै आफैं गाडी चलाएर निस्किएको दृश्य सच्चा जिम्मेवारी र चरित्रको प्रत्यक्ष उदाहरण बनेको छ! हजारौ काण्ड घटाएर सत्ता र पदमा टाँसिइरहने प्रवृत्ति हाबी भएको यो समयमा आफ्नो जिम्मेवारीको बोध महसुस गर्दै चुपचाप पदबाट बाहिरिएका सुदनमा लोभ लालच स्वार्थ केही नरहेको प्रस्ट देख्न सकिन्छ।न कुनै नाटक, न कुनै दोषारोपण, न त शक्ति प्रदर्शन, मात्र एउटा शालीन विदाइ।
यो दृश्यले एउटा सन्देश दिएको छ कि पद ठूलो होइन, चरित्र र इमानदारिता ठूलो हो। सत्ता स्थायी होइन, तर नैतिकताको सदैव जीवित रहन्छ। यस्ता उदाहरणहरूले नै राजनीति अझै पनि आशा गर्न लायक छ भन्ने विश्वास जगाउँछ। You will rise again Sudan Gurung 🇳🇵🙏

बालेनको निर्देशन : शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नु!
20/04/2026

बालेनको निर्देशन : शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नु!

20/04/2026

मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण:

पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।

“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।
“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो।
अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।
“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?
“Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।
यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।
“पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ।

पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।
“प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।
“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।

तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।
धन्यवाद।
Sudan gurung

17/04/2026
ताजा खबर: नेपाली प्रधानमन्त्री बालेन शाहलाई Time Magazine ले सन् 2026 का “विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” मा...
15/04/2026

ताजा खबर: नेपाली प्रधानमन्त्री बालेन शाहलाई Time Magazine ले सन् 2026 का “विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” मा सूचीकृत गरेको छ। उहाँ डोनाल्ड ट्रम्प, सी जिनपिङ, पोप लियो XIV, जोहरान मन्डानी लगायत २५ जना नेताहरूसँग समावेश हुनु भएको छ। 😮

14/04/2026

रास्वपाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै पदबाट हटाउन प्रधान...
09/04/2026

रास्वपाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै पदबाट हटाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्र पठाएको छ। B***n

ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। मृतक दाजुभाइ ३३ वर्षीय सुमित न...
09/04/2026

ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। मृतक दाजुभाइ ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ हुन्। उनीहरू झापाको कमल गाउँपालिका–६ घर भएकाले इमाडोलमा बस्दै आएका थिए।

प्रहरीका अनुसार घटनाको मुख्य कारण गलत नम्बरमा फोन गएको विवाद हो। सुमितले फोन गर्दा नम्बर नचिनिएका सञ्जीव नेपाली ‘सञ्जु’ मा पुग्छ। फोनमा भएको कुरा पछि उनीहरूबीच विवाद बढ्छ र साँझ ७ बजे मङ्गलबजारतर्फ सञ्जीव स्कुटरमा गगन सुनारसहित पुग्छन्।

कृष्ण मन्दिर परिसरमा झगडा बढ्दा सञ्जीवले मासु काट्ने छुरा निकाल्छन्। सुमितले उनको हात समातेर पन्च हान्छन्। त्यसपछि सञ्जीवले सुमितको पेटमा, र सृजनको घाँटी र पेटमा छुरा प्रहार गर्छन्। दाजुभाइ घाइते भएर मन्दिर परिसरमा ढल्छन्।

घटनास्थलमा तीन मिनेटभित्र प्रहरी पुगेको थियो। सञ्जीव भाग्ने क्रममा पक्राउ परे। मृतक दाजुभाइलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो, तर अस्पतालले उनीहरूलाई मृत घोषणा गर्‍यो।

एसएसपी होविन्द्र बोगटीले घटनामा आवेश र उत्तेजना मुख्य कारण रहेको बताए। सुमित लन्डन जाने तयारीमा थिए, तर गलत नम्बरले उनीहरूको जीवन समाप्त गर्‍यो।

Address

Dhangadhi

Telephone

+9779864754758

Website

Alerts

Be the first to know and let us send you an email when RAJA SAB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category