National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi

  • Home
  • Nepal
  • Dhangadhi
  • National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi

National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi "सबैका लागि मर्यादा, समानता तथा न्याय र मानव अधिकार"

राष्ट्रिय मानव अधिकार आयोग नेपाल
सुदुरपश्‍चिम प्रदेश कार्यालय, धनगढी!
धनगढी उपमहानगरपालिका–५, तारानगर, कैलाली, नेपाल
सम्पर्क नं‍. : ००९७७-०९१-५२५६२१, ५२५६२२
मोवाईल नं :९८५८४२३६२१
इमेल : [email protected]
गुगल प्लस कोड :PH6M+XH, Dhangadhi

27/05/2026
27/05/2026

मिति २०८३ जेठ ७ गते  राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा (UPR) विश्वव्यापी आवधिक समीक्षाबा...
21/05/2026

मिति २०८३ जेठ ७ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा (UPR) विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त सिफारिसहरु कार्यान्वयनमा प्रदेश सरकार तथा स्थानीय तहको भूमिका विषयक परामर्श कार्यक्रम धनगढी, कैलालीमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका नि. कार्यालय प्रमुख श्री मान बहादुर कार्कीले गर्नु भएको थियो भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय श्री भीम बहादुर भण्डारी र विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री मेघराज खडका रहनु भएको थियो। अन्य अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय इन्दीरा गिरी, माननीय ललिता सुनार, राष्ट्रिय मानव अधिकार आयोगका सचिव श्री मुरारिप्रसाद खरेल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख श्री कन्दकला राना, प्रदेश नीति तथा योजना आयोगका सचिव श्री गणेश बहादुर सिंह रहनु भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, कञ्चनपुर र कैलाली जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधिहरु, कैलाली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, UN एजेन्सीका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, विद्यार्थीहरुलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा UNFPA प्रतिनिधि श्री समिर घिमिरले विश्वव्यापीको आवधिक समीक्षाको बारेमा प्रस्तुती राख्नु भएको थियो।

13/05/2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका निकुञ्ज पीडितहरूद्वारा महेन्द्रनगर कञ्चपुरमा पुनःस्थापनाको...
21/04/2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका निकुञ्ज पीडितहरूद्वारा महेन्द्रनगर कञ्चपुरमा पुनःस्थापनाको विभिन्न माग राख्दै जारी आन्दोलनको राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले स्थलगत अनुगमन गरेको छ।मिति २०८३/०१/०८ आयोगका तर्फबाट मानव अधिकार अधिकृत श्री बिदेशराम चौधरी र श्री दैवज्ञराज न्यौपाने सम्मिलित टोलीले आन्दोलन स्थलमा पुगी आन्दोलनको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ।

मिति २०८३।०१।०३ राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आयोगको कार्यालयमा  विभिन्न गैरसरकारी निक...
17/04/2026

मिति २०८३।०१।०३ राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आयोगको कार्यालयमा विभिन्न गैरसरकारी निकायका प्रमुख/प्रतिनिधि, मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरसँग सुदूरपश्चिम प्रदेशका मानव अधिकारका सवालमाथि छलफल तथा अन्तरक्रिया गरिएको र सोही अवसरमा नयाँ वर्ष २०८३ को शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

02/04/2026

"अटिजम र मानवता" नारा सहित आज "विश्व अटिजम जागरुकता दिवस २०२६" मनाइदै छ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले अटिजम भएका व्यक्तिलाई कानुनी संरक्षण दिएको छ।

यस ऐनले उनीहरुलाई भेदभाव विरुद्धको अधिकार, निःशुल्क शिक्षाको अधिकार, विशेष शैक्षिक व्यवस्थाको अधिकार, निःशुल्क स्वास्थ्य सेवाको अधिकार, पुनःस्थापना सेवाको अधिकार, सामाजिक सुरक्षाको अधिकार आदि अधिकार सुनिश्चत गरेको छ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi:

Share