Dhading Nepal,धादिङ नेपाल

Dhading Nepal,धादिङ नेपाल सत्य तथ्य समाचार भिडियो को लागी पेज लाइक तथा फलो गर्नुहोला धन्यवाद !

🚨 अत्यन्त जरुरी मानवीय अपिल 🚨धादिङको  नीलकण्ठ नगरपालिका वडा नं ०७ सुकौरा बेसि,  निवासी रामप्रसाद पोख्रेलका एकमात्र छोरा ...
02/01/2026

🚨 अत्यन्त जरुरी मानवीय अपिल 🚨

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ०७ सुकौरा बेसि, निवासी रामप्रसाद पोख्रेलका एकमात्र छोरा चिरञ्जीवी पोख्रेल आजभन्दा करिब ३ वर्षअघि क्रिकेट खेल्न पोखरा जान्छु भनी घरबाट निस्किनु भएको १ वर्षसम्म पोखराबाट सम्पर्कमा रहनु भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन रहनु भएको आफन्तहरुले बताएका छन् ।

🏥 आज मिति २०८२ पुस १७ गते (बिहीबार)
बुबा लडेर गम्भीर घाइते भई
👉 ४:१५ बजे धादिङ अस्पतालबाट एम्बुलेन्समार्फत काठमाडौंको वीर अस्पताल* लगिएको छ।

🙏 चिरञ्जीवी,
जहाँ भए पनि कृपया घर परिवारको सम्पर्कमा आईदिनुहोला ।

📸 यहाँ २ वर्षअघिको फोटो राखिएको छ।
👀 फोटो देखेर चिन्नु हुने, देख्नु हुने वा भेट्नु हुने महानुभावहरूले कृपया उनीलाई सम्झाई–बुझाई घर फर्कन सहयोग गरिदिनुहोला।

📍 विशेष अनुरोध: पोखरावासी दाजुभाइ दिदीबहिनीहरू
उहाँ अझै पोखरामै हुन सक्ने अनुमान गरिएको छ।

🙏 एक शेयर = एक आशा
कृपया यो पोस्ट Share गरिदिनुहोस्।










धादिङको चालिसेमा सात सवारी ठोक्किँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ।दिउँसो सवा ४ बजे एकपछि अर्को सातवटा सवारी आपस...
06/12/2025

धादिङको चालिसेमा सात सवारी ठोक्किँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ।

दिउँसो सवा ४ बजे एकपछि अर्को सातवटा सवारी आपसमा ठोक्किएपछि दुवै तर्फको आवागमन बन्द भएको थियो।
दुर्घटनाग्रस्त सवारी हटाएपछि अहिले राजमार्ग पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।

वृक्षारोपण गर्दा त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेतिले ‘भ्रष्टाचार’ गरेको आरोप’ !धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँ...
28/07/2023

वृक्षारोपण गर्दा त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेतिले ‘भ्रष्टाचार’ गरेको आरोप’ !

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले वृक्षारोण आयोजनामा लाखौं रकम हिनामिना गरेकाे आरोप लागेको छ । वडा १ र २ भित्र पर्ने सल्यानटार मुल सडक किनारा वृक्षारोपण कार्यक्रम आर्थिक वर्ष २०७९/८० अन्तर्गत ४ हजार २ सय विरुवा वृक्षारोपण गरेको भनि आयोजनाको ६५ लाख २ हजार ३७५ रकम भुक्तानी लिएका थिए । गत असार ३ गते वन तथा भू–संरक्षण विभाग, काठमाडौं र उक्त गाउँपालिकाबिच भएको सम्झौताको सर्त विपरित पालिका अध्यक्ष उप्रेतीले वृक्षारोपणका लागि आफू खुसी सामग्री खरिद गरि कागजी प्रक्रिया पुर्याउन आफू निकटको उपभोक्ता समिति बनाई बोट विरुवा, तारजाली र मल खरिदको भुक्तानी लिएका हुन् ।

वन तथा भू–संरक्षण विभाग काठमाडौंको आर्थिक सहयोग र जिल्ला वन कार्यालय धादिङको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त आयोजनामा उप्रेती आफैले प्रति तारजाली (टिगार्ड) ७ सय रुपैयाँ बराबरको समान खरिद गरि १३ सय रकमको बिल भौचर पेश गरि भुक्तानी लिएको आरोप छ । प्रति टिगार्ड १३ सयका दरले ४२ सय विरुवामा हुन आउने अनुमानित ५४ लाख ६० हजार रकम हिनामिना भएको आरोप छ ।

पालिकाले अनुदानमा ल्याएको विरुवा समेत आयोजनामा समावेश गरि बृक्षारोपण गरेको आरोप स्थानियको छ ।

सर्तअनुसारको विरुवा वृक्षारोपण नगरि मापदण्ड विपरित बिजुलीका तार मुनि विरुवा रोपी झारा टार्ने र भुक्तानी लिने काम मात्रै भएको त्यहाँका स्थानीयको गुनासो छ । स्थानीयले आयोजनामा हिनामिना भएको भन्दै आवाज उठाएपछि कानुनी प्रक्रिया पुर्याउन मात्रै उपभोक्ता समिति खडा गरिएको जनगुनासो छ । अध्यक्ष उप्रेतिले समितिका पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारेको आरोप छ ।

यस विषयमा दियोपोष्टले त्रिपुरासुन्दरी गाउँपालिकाका सूचना अधिकृत सुरेश रिजालसँग पटक–पटक सूचना माग गर्दा पनि उनले सूचना उपलब्ध गराउन आलटाल गर्दै आएका छन् । विरामी भएको बहानामा उनले सुचनाको हक सम्बन्धी प्रावधानमा उल्लेखित ७ दिने हदम्यादलाई समेत कटाएर बसेका छन् । दर्जनौँ कर्मचारी कार्यरत उक्त पालिकामा एक जना सुचना अधिकृत विरामी पर्दैमा सुचना नै रोकिने अवस्था कसरी भयो त्यो रहस्यको विषय छ ।

हामीले यस सम्बन्धमा पालिकाका अध्यक्ष उप्रेतीसँग सम्पर्क गर्दा उनी आफैले समाग्री खरिद गरिसकेपछि मात्रै उपभोक्ता समिति गठन गरेको स्विकार गरे । “हो, समिति बनाएर वेर्ना ल्याउँदासम्म ढिला हुने भएकाले वन कार्यलयको स्टमेट अनुसार मैले उपभोक्ता समिति गठन हुनु अगावै वृक्षारोपणका लागि सामान ल्याएको हुँ ।” उनले भने, “काम सम्पन्न भयो तर भुक्तानीबारे मलाई थाहा छैन यो समितिलाई जानकारी होला ।”

साथै उनले आफू माथि अनियमितताको आरोप लाग्नु स्वभाविक भएको बताए । “काम नै नगरि सुतिरहने मान्छेलाई केही विरोध आउँदैन, तर काम गर्ने मान्छेको विरोध आइहाल्छ ।” अनुदानको सम्बन्धमा हामीले राखेको प्रश्नमा उनले भने,“हो मैले अनुदानमा पनि मिलाएको थिएँ । त्यो अनुदानबाट ल्याएको विरुवा छुट्टै ठाउँमा वृक्षारोपन भएको छ ।”

तर यता उपभोक्ता समितिका अध्यक्ष चुणामणी छत्कुलीले भने सामान खरिद गर्नु अघि नै उपभोक्ता समिति गठन भएको विरोधाभाषपूर्ण अभिव्यक्ति दिए ।

उनले भने,“उपभोक्ता समिति गाउँपालिकाको कार्यलयमा बसेर सर्वदलिय, सर्वपक्ष रुपमा निर्माण भएको हो । उपभोक्ता समिति बनिसकेपछि मात्रै सामान खरिद गरिएको हो । काममा कुनै घोटाला भएको छैन, हामीले पारर्दशी ढंगले काम सम्पन्न गरेका छौं ।”
भुक्तानीको सम्बन्धमा आफूहरुले पेस्की लिएर चलिरहेको र भुक्तानी प्रक्रिया अघि बढेको बताए ।

तर, सार्वजनिक खरिद ऐन २०६३ अनुसार ५ लाख रुपैयाँ भन्दा माथिको खरिद प्रक्रिया टेन्डरबाट गरिन्छ ।

हत्या र मानव बेचबिखन कसूरका प्रतिवादीहरु कारागार चलान*****************************************************मिति २०८०/०१/२...
07/06/2023

हत्या र मानव बेचबिखन कसूरका प्रतिवादीहरु कारागार चलान
*****************************************************

मिति २०८०/०१/२७ गते अं.२३:४५ बजेको समयमा जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ निबुवा बोट स्थित सरस्वती पनेरु (पण्डित) ले संचालन गरेको शानदार होटल एण्ड लजमा ऐ.ऐ.बस्ने बर्ष २८ को बिनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झै-झगडा हुँदा निम्न प्रतिवादीहरुले हात, मुक्का तथा फोल्डिङ वाला छुरा समेत प्रहार गरी घाईते बनाएकोमा निज बिनोद थापा मगरको उपचारको क्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा ऐ. २८ गते ०१:५४ बजेको समयमा मृत्यु भएको घटनामा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान प्रकृया पुरा गरि सक्कल मिसिल कागजातहरु जिल्ला सरकारी वकील कार्यालय धादिङ मार्फत सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित धादिङ जिल्ला अदालतको मिति २०८०।०२।२४ गतेको थुनछेक आदेशले तिनै जना प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान भएको ।
निम्न:-
(१) जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष ४७ की सरस्वती पनेरु (पण्डित)-शानदार होटल एण्ड लजको संचालिका (मृतक बिनोद थापा मगरको हत्या तथा केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसूरमा) ।
(२) जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष २६ को निरज पण्डित- शानदार होटल एण्ड लजको संचालिका सरस्वती पनेरु (पण्डित) को छोरा (मृतक बिनोद थापा मगरको हत्या कसूरमा) ।
(३) जिल्ला पाल्पा तानसेन न.पा.वडा नं. १४ घर भई हाल जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष ३० को किरन राना - निरज पण्डितको साथी (मृतक बिनोद थापा मगरको हत्या कसूरमा)

धादिङको गङ्गाजमुना माई मन्दिर परिसरको ढुङ्गामा कुँदिएको मुर्तिहरु निर्माणको क्रममा!🕉️🙏
02/06/2023

धादिङको गङ्गाजमुना माई मन्दिर परिसरको ढुङ्गामा कुँदिएको मुर्तिहरु निर्माणको क्रममा!🕉️🙏

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी  काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्...
31/05/2023

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र मृत फेला परेकाे खबर सार्वजनिक भएकाे छ ।

नेत्रावती डबजोङ गाउँपालिका-५ धादिङका १२ वर्षीय अभिषेक तामाङ गएराति २ बजे मृत फेला परेका हुन्।

अभिषेकका आफन्त पूर्णमायाले अभिषेक आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको खबर बिहान ‍पाएको थियो। 'अहिले हामी विद्यालयमै छौं,' उनले भनिन्।

धादिङ्मा कती पर्‍यो बजेट हेर्नु होल ।  तपाईंको नगरपालिका अथवा गाउपालिकामा कती पर्‍यो ?
30/05/2023

धादिङ्मा कती पर्‍यो बजेट हेर्नु होल । तपाईंको नगरपालिका अथवा गाउपालिकामा कती पर्‍यो ?

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो१६ जेठ, धादिङ । धादिङको बेनीघाट रोर...
30/05/2023

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

१६ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।

भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । अप्सरा ८ महिने गर्भवती थिइन् ।

यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।

26/05/2023

सल्याटार पिच सडक बन्दै गर्दा सल्याटार बासिको गुनासो केहि फुटेजहरु

यौटै ढुङ्गा बाट अति कलात्मक ढंग ले निर्माण गरिएको त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वार्ड न ३ स्थित महेन्द्रोदय माध्यमिक ...
25/05/2023

यौटै ढुङ्गा बाट अति कलात्मक ढंग ले निर्माण गरिएको त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वार्ड न ३ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय पोखरा मा नेपाल कै ठुलो स्वरास्वोति को सालिक !

धादिङ रुविभ्याली गाउँ पालिका-४ बोराङकाे थालगाङ (शिव डाँडा) मा पशुपति क्षेत्र विकास कोष बाट निर्माण गरिदिएको २२ फिट काे उ...
25/05/2023

धादिङ रुविभ्याली गाउँ पालिका-४ बोराङकाे थालगाङ (शिव डाँडा) मा पशुपति क्षेत्र विकास कोष बाट निर्माण गरिदिएको २२ फिट काे उचाई रहेका शिवकाे मूर्ति राखिएको छ!
स्रोत: बोराङ सेरोफेरो

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Dhading Nepal,धादिङ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share