श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही

  • Home
  • Nepal
  • Devdaha
  • श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही

श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही, Public School, Devdaha, Devdaha.

20/11/2025

अभिभावक ज्युहरुले बुझ्नुपर्ने !
१. जहाँ होमवर्क दिइन्छ त्यो होमोकालय हो !
२. जहाँ कोठाभित्र थुनेर रटाइन्छ त्यो पिँजडालय हो !
३. जहाँ किताबको कुरा बताइन्छ त्यो सूचनालय हो !
४. जहाँ निर्णयात्मक ग्रेडसिट दिइन्छ त्यो परीक्षालय हो !
५. जहाँ English बेचिन्छ त्यो भाषालय हो !
६. जहाँ बालबालिका पिटिन्छ त्यो यातनालय हो !
७. जहाँ यौन दुर्व्यवहार गरिन्छ त्यो पिपाशुलय हो !
८. जहाँ बालबालिकालाई सिकाइन्न त्यो ठगालय हो !
९. जहाँ कडा नियममा बाधिन्छ त्यो बधुवालय हो !
१०. जहाँ A र A प्लसको भूत दिइन्छ त्यो भूतालय हो !
११. जहाँ सीप सिकाइन्न त्यो बेरोजगारलय हो !युवा बेरोजगार भयका होइनन्,Unskilled भयका हुन।
"जहाँ प्रत्यक्ष प्रयोग गरेर बालबालिका आफैं सिक्दछन् र सिकेको कुरा उनीहरुले व्यबहारमा परिवर्तन गर्दछन् त्यो मात्र विद्यालय हो !"

अनुरोध
18/11/2025

अनुरोध

17/11/2025

आदरणीय अभिभावक ज्यूहरु,
नमस्कार ।
विषय:- जंक फुड सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाइ बिधालय समयभित्र निरन्तर काउन्सेलिङ्ग मार्फत जंक फुड उपभोग र सेवनमा कडाइ गरिएको जानकारी गराउदै उनिहरुको स्वस्थ खानेकुरा उपभोग र सेवनमा स्थायी परिवर्तन ल्याउन घरपरिवारको पनि भुमिका अहम् भयकोले कृपया आफ्नो बच्चाहरुलाइ चाउचाउ, चिप्स, कुरकुरे, बिस्कुट, प्याकेट स्न्याक्स, कोल्ड ड्रिंक्स जस्ता जंक फुड नपठाईदिनुहुन र सेवन नगर्न सल्लाह दिनुहुन विनम्र अनुरोध गर्दछौ। यस्ता खाद्य पदार्थहरु स्वादिष्ट हुनेभए पनि विद्यार्थीहरुमा गम्भिर स्वास्थ्य प्रतिकुल निम्त्याउने भयकोले खाजाहरुमा फलफूल, घरेलु खाना,अण्डा, चना गेडागुडी,रोटि जस्ता परिकारहरू खान प्रोत्साहित गरिदिनुहुन/पठाइदिनुहुन अनुरोध छ।


विद्यालय प्रशासन
श्री खड्ग माध्यमिक बिधालय

26/07/2025

जरुरी सुचना!
प्रचण्ड गर्मि र मौसम प्रतिकुलताका कारण प्रथम त्रैमासिक परिक्षाको अन्तिम दिन हिजो शुक्रबार परिक्षा सम्पन्न लगत्तै दिउँसो १२.३० बजे बिधालय प्रशासनद्वारा भोलि र पर्सि मिति २०८२/०४/११ गते आइतबार र १२ गते सोमबार गरि जम्मा २ दिन आकस्मिक गर्मि विदा सम्बन्धि सूचना जारी गरियको भएता पनि हिजोबाटै बर्षात सङ्गै मौसममा आएको परिवर्तनका कारण भोलि मिति २०८२/०४/११ गते आइतबार देखि यस बिद्यालयका सबै तहका कक्षाहरु नियमित रुपमा संचालन हुने व्यहोरा सम्पुर्ण बिद्यार्थि, अभिभावक र शिक्षक-कर्मचारी लगायत सरोकारवालाज्युहरुमा जानकारि गराइन्छ।
बिधालय प्रशासन
श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही
९८५७०२६६७७

23/07/2025

हामी बिधालयमा के गर्छौ?
१. सकेसम्म विदा बस्दैनौ,बस्नैपरे कक्षा ब्यवस्थापनको सुनिश्चितता सहित विदा स्विकृत गरेर बस्छौ।आकस्मिक र बाध्यात्मक परिस्थितीमा फोन र्माफत जानकारी गराउछौ र तत्कालै कक्षा खाली नहुने सुनिस्चितता गर्छौ।
२. दैनिक गेट ड्युटी हुने साथीहरू ९.३० मा र अन्य साथीहरू ९ः४५ मा विद्यालय प्रवेश गर्छौ,प्रवेश द्वार बाटै न्यानो स्वागत विद्यार्थीहरुको अवलोकन र निगरानी सुरु गर्छौ।९.५५ मा प्राथना सभा सुरु गर्छौ,प्राथना सभालाइ बधाई , जन्मोत्सव शुभकामना,काउन्सेलिङ्ग, विशेष दिनको ज्ञान सम्प्रेषण, योगा,विद्यार्थी प्रस्तुती,क्विज,साङ्गितिक PT सहित विविधता युक्त बनायका छौ।
३. प्रार्थना सभाको समापन पश्चात कक्षा अध्यापक ज्युहरु विद्यार्थीहरु संगै कक्षामा जानुहुन्छ र करिव ५ मिनेट वहाहरुलाई वार्म अप गराउनु हुन्छ र एउटा कुनै सस्कार र नैतिक शिक्षा सम्बन्धि सान्दर्भिक ज्ञान प्रस्तुत गर्छौ।
४. विशेष कारणले अघिल्लो दिन अनुपस्थित भएका विद्यार्थीलाई समय मिलाई छुटेको पाठ अभ्यास गराउछौ।बिना जानकारी अनुपस्थित विद्यार्थीको तुरुन्तै फलो अप गर्छौ।
५. कुनै एकाईको समाप्ती पछि ग्रीड अनुसार त्यो एकाईबाट परीक्षामा आउने ज्ञान , बोध तथा उच्च दक्षता सम्बन्धिका प्रश्नको निर्माण गरि रचनात्मक लेखनलाई प्रोत्साहन तथा पृष्ट पोषण प्रदान गर्नुहुन्छ ।शुक्रबारलाई "साप्ताहिक निर्माणात्मक मुल्यांकन, सस्कार, सीप र श्रम बार"को रुपमा उपयोग गरेका छौ। विद्यार्थी परिषद, Quality Circle, बाल क्लब, सास्कृतिक क्लब, इको क्लब, सदन, इनोभेटिभ क्लब,उद्यम क्लब...ले पालो मिलाइ आयोजना गरेका कार्यक्रमहरुमा ४ बजेसम्मै बसी सहजीकरण गर्छौ।
६. प्रविधिमैत्री शिक्षण र सिकाइको थालनी गरेका छौ। प्रोफेसनल ग्रोथलाई अभिन्न अङ्ग मानेका छौ।
७. लिजर समयमा लेख्य गृहकार्य दिएको भए ध्यानपूर्वक अक्षरस परिक्षण गरि विद्यार्थीलाई पृस्ठ पोषण दियका छौ।बिधालयमा बालमैत्री बाताबरणको सृजना गर्ने प्रयास गरियको छ र मोबाईल र इलेक्ट्रोनिक ग्याजेटको ब्यक्तिगत प्रयोग र अन्य दुरुपयोगलाई पुर्ण निषेधित गरेका छौ।
८. अभिभावकज्युहरुलाई प्रत्यक्ष भेटि विद्यार्थीको समग्र अवस्था पहिचान गर्न सकिने पोर्टफोलियो निर्माण गरेका छौ,महिनामा एक पटक फोन मार्फत पनि अनिवार्य विद्यार्थिको प्रगति वा सुधार्नु पर्ने पक्षको बारेमा जानकारी लिनेेदिने गरेका छौ।
९. महिनामा एकपटक औपचारिक बैठक बसी वा आवस्यकता अनुसार विषय शिक्षकहरू पाठ योजनामा CL method र अन्य आफ्नो शिक्षण विधि समायोजन वा पाठका जटिलता वा सरलताका वारेमा छलफल गर्नुहुन्छ जसले शिक्षणमा एकरूपता ल्याएको छ।
१०. खालि भएको समयमा विद्यार्थी,उसको पारिवारिक पृष्टभुमी तथा उसले गरेको प्रगतीको बारेमा छलफल गर्छौ।
११. विद्यार्थीहरुको कक्षागत म्यासेन्जर समूह बनायका छौ,पठन पाठनमा विद्यार्थीले भोगेको समस्यालाई तत्काल रेस्पोन्स गर्ने र थप सामाग्रीहरु शेयर गरेका छौ।
१२. विद्यार्थीहरुका अन्तर निहित प्रतिभाहरु पता लगाई सोको वारेमा विद्यालयमा गठित विभिन्न अतिरिक्त समितीमा जानकारी गराउने र उसलाइ उपलब्ध स्रोत साधनले भ्यासम्मको बाताबरण सृजना गरेका छौ।
१३. CL Method, SARP Student Achievement Reform Plan, TIP, बिद्यार्थी वर्गीकरण गरि दैनिक ४.३० सम्म ReAL Plan, Remedial Teaching, एकीकृत पाठ्यक्रम कार्यान्वयन गरेका छौ।पर्याप्त मात्रामा पाठ्यक्रम, सन्दर्भ सामग्रीको प्रयोग गरि शिक्षण गरेका छौ।
१४. सिकाइ उपलब्धि सुधार बर्ष र बिधालय समुदायमा अभियान संचालन गरेका छौ।
१५. स्टेसनरी बैंक,अक्षय कोष र छात्रवृत्ति कोष मार्फत कम भाग्यमानी विद्यार्थीहरुलाइ सपोर्ट गरेका छौ।आर्थिक बिपन्न्ता भोगेका अभिभावक र विद्यार्थीहरुको शिक्षा पाउने अधिकारको सुनिश्चितता गरेका छौ।
१६. विद्यार्थी र बिधालयको हितलाइ प्रमुख लक्ष्य मानी क्रीयाकलापहरु संचालन गरेका छौ।
रूपान्तरणको लागि बिधालयमा कार्यरत आदरणीय शिक्षक स्टाफ सहकर्मी साथीहरू र सुवेच्छुक तपाईंहरु सबैको योगदान र रचनात्मक सहयोगको लागि बिधालय परिवार सदा ऋणि छ,यहाहरु सबैलाइ उच्च सम्मान व्यक्त गर्दछौ।

06/07/2025

सूचना!
यस श्री खड्ग माध्यमिक बिधालय देवदह १ रुपन्देहीबाट SEE परीक्षा २०८१ को पुरक (ग्रेडबृद्धि) परीक्षामा सहभागी हुने विद्यार्थीहरुले यहि असार मसान्तसम्ममा विद्यालयमा उपस्थित भई पुरक (ग्रेडबृद्धि) परीक्षाको लागि परीक्षा फाराम भर्न सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

08/05/2025

आदरणीय अभिभावकज्यूहरु,नमस्कार🙏
शैक्षिक सत्र २०८२ को नियमित कक्षाहरु शुरु भइसकेकाछन, हाम्रो जिम्मेवारी पनि पूरा गरौँ न, वालवालिका नै हाम्रा वर्तमान र उज्यालो भविष्य पनि हुन
यहाँ १५ वुँदामा दैनिक अनुशासन र पढाइलाई सँगसँगै अगाडि बढाउने उपायहरू प्रस्तुत गरिएको छ:

१. नियमित समय निर्धारण: बालबालिकाका लागि बिहान उठ्ने, खाना खाने, पढ्ने, खेल्ने र सुत्ने समय निश्चित गर्नुहोस्।

२. दैनिक तालिका बनाउने: पढाइ, गृहकार्य, खेलकुद र विश्रामलाई मिलाएर तालिका तयार गर्नुहोस्।

३. पठनको वातावरण तयार गर्ने: शान्त र व्यवस्थित स्थानमा पढ्ने वातावरण बनाउनुहोस्।

४. लक्ष्य निर्धारण: साप्ताहिक वा मासिक साना लक्ष्यहरू तय गरेर बालबालिकालाई पढ्न प्रेरित गर्नुहोस्।

५. स्वतन्त्र रूपमा सोच्न सिकाउने: बालबालिकालाई प्रश्न गर्न, समाधान खोज्न र निर्णय लिन उत्साहित बनाउनुहोस्।

६. अनुशासनमा अभिभावकको उदाहरण: अभिभावकले पनि अनुशासनमा रहेर बालबालिकालाई प्रेरणा दिनुपर्छ।

७. सकारात्मक प्रेरणा दिनु: राम्रो काम र प्रयासको प्रशंसा गरेर सकारात्मक हौसला दिनुहोस्।

८. गृहकार्य नियमित बनाउने: हरेक दिन तोकिएको समयमै गृहकार्य गर्न लगाउनुहोस्।

९. मोबाइल र टिभीको समय नियन्त्रण: डिजिटल उपकरणहरूको प्रयोगमा समयसीमा राख्नुहोस्।

१०. स्वस्थ खानपान, पत्रु खाना निषेध, र नियमित व्यायाम: शारीरिक र मानसिक स्वास्थ्यको लागि आवश्यक दिनचर्या पालना गराउनुहोस्।

११. कहिलेकाहीं मिलेर पढ्ने: अभिभावक वा दाजु–भाइ, दिदीबहिनीले समय-समयमा सँगै बसेर पढ्न सहयोग गर्नुहोस्।

१२. प्रेरणादायी कथा र चरित्रको चर्चा: सफल व्यक्तिहरूको अनुशासन र पढाइबारे कथा सुनाउनुहोस्।

१३. पठन सामग्रीको विविधता: पाठ्यपुस्तकसँगै कथा, विज्ञान, इतिहास जस्ता रोचक सामग्री पनि उपलब्ध गराउनुहोस्।

१४. विभिन्न क्रियाकलापको समायोजन: संगीत, चित्रकला, खेल आदिलाई समय दिँदै पढाइ सन्तुलित बनाउनुहोस्।

१५. नियमित समीक्षा र सुधार: हप्तामा एकपटक तालिका र प्रगति समीक्षा गरेर आवश्यक सुधार गर्नुहोस्।

यी बुँदाहरू अपनाउँदा अनुशासन र पढाइलाई सँगसँगै अघि बढाउन सजिलो हुन्छ। तपाईको घरमा अहिले कुन बुँदा अपनाइएको छ?

सूचना!यो बिज्ञापन अनुरुप आवेदन दर्ता गराउनुभयका सम्पुर्ण आवेदक ज्युहरुको छ्नौट परिक्षा तपसिल बमोजिमको मिति,स्थान र समयमा...
26/02/2025

सूचना!
यो बिज्ञापन अनुरुप आवेदन दर्ता गराउनुभयका सम्पुर्ण आवेदक ज्युहरुको छ्नौट परिक्षा तपसिल बमोजिमको मिति,स्थान र समयमा संचालन गरिने सम्बन्धित सम्पुर्ण सरोकारवालाज्युहरुमा सुचित गरिन्छ।
तपसिल
मिति: २०८१/११/१६ गते शुक्रबार
स्थान:देवदह नगरपालिकाको कार्यालय,देवदह ४,केरवानी,रुपन्देही
समय : बिहान ठिक ९.३० बजे

13/02/2025

आदरणीय अभिभावक ज्युहरु
नमस्कार!
भोलि मिति २०८१/११/०२ गते शुक्रबार देखि कक्षा ५,८ र १० को पुर्व अभ्यास परिक्षा संचालन हुदैछ।परिक्षा समय तालिका अनुसार परिक्षाको प्रथम दिन भोलि बिहान ७ बजे परिक्षा संचालन हुनेछ भने दिउसोका सबै क्लासहरु यथावत नियमित संचालन हुने हुनाले आफ्ना नानिबाबुहरुलाइ परिक्षा तयारीमा सहयोग पुर्याइदिनुहुन र दिउँसो बिधालय पनि नियमित पठाइदिनुहुन सादर अनुरोध छ!
बिधालय प्रशासन

हार्दिक शुभकामना !बिजया दशमी २०८१ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आदरणीय मान्यजन,आफन्त इस्टमित्र,आम...
12/10/2024

हार्दिक शुभकामना !
बिजया दशमी २०८१ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आदरणीय मान्यजन,आफन्त इस्टमित्र,आमाबुवा,दाजुभाइ र दिदिबहिनीज्यूहरुमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!!
विजयादशमीको टीकाको शुभ साइत : ११ बजेर ३६ मिनेटमा!
विजयादशमीको दिन आज चन्द्रमा मकर राशीमा रहेकाले टीका थाप्ने मानिस पूर्व फर्कनुपर्ने,टीका लगाइदिने पश्चिम् फर्कनुपर्ने।यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ।

Address

Devdaha
Devdaha

Telephone

+9779857026677

Website

Alerts

Be the first to know and let us send you an email when श्री खड्ग माध्यमिक बिधालय,देवदह १,बिर्ता,रुपन्देही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category