Area Police Office Gadhawa Dang

Area Police Office Gadhawa Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Area Police Office Gadhawa Dang, Government Organization, Gadhawa, Dang.

नागरिक सुनवाई कार्यक्रम सम्पन्न********************************सम्बन्धमा आज मिति २०८१।१०।३० गते  जिल्ला दाङ गढवा गा.पा.व...
12/02/2025

नागरिक सुनवाई कार्यक्रम सम्पन्न
********************************
सम्बन्धमा आज मिति २०८१।१०।३० गते जिल्ला दाङ गढवा गा.पा.वडा नं. ०५ बाँकी गढवा गा.पा. ०५ नं. वडा कार्यालयको प्राङगणमा यस कार्यालयको आयोजना र ऐ. ०५ नं. वडा कार्यालयको सहयोग तथा यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. कालिका कार्कीको अध्यक्षतामा सञ्चालन भएको सामुदाय-प्रहरी कार्याक्रम अन्तरगत नागरिक सुनावाई कार्याक्रममा ऐ. वडा नं. ५ निर्वाचित वडा अध्यक्ष लेखराज थापा, ऐ.वडा सदस्य पल्टुराम यादव,मा.वि.चयनपुरका प्र.अ. हिमाल प्रकाश अधिकारी, गंगापरसपुर स्वास्थ्य चौकी प्रमुख ज्ञान बहादुर वसेल आमा समुह, युवा क्लब, संजालहरूको प्रतिनिधिहरू लगायत स्थानिय भद्रभलादमी, बुद्धिजिवी, समाजसेवी तथा सर्वसाधारण गरी अ. 80-90जनाको उपस्थिती रहेको उक्त कार्याक्रममा शान्तपुर्ण वातावरणमा सम्पन्न भएको केही तस्विरहरू***********************************************************

04/02/2025
जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट जारी भएको सुचना जानकारीको लागि============================================
30/10/2024

जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट जारी भएको सुचना जानकारीको लागि
============================================

मिति २०८१।०७।१३ गते अं.१७:३० बजे जिल्ला दाङ गढवा गा.पा.५ ठूलीचौर स्थित लमही-कोइलाबास सडक खण्डमा वेवारिसे अबस्थामा सामान ...
29/10/2024

मिति २०८१।०७।१३ गते अं.१७:३० बजे जिल्ला दाङ गढवा गा.पा.५ ठूलीचौर स्थित लमही-कोइलाबास सडक खण्डमा वेवारिसे अबस्थामा सामान रहेको भनि यस इलाका प्रहरी कार्यालय गडवा दाङमा खबर प्राप्त पश्चात तत्काल उक्त स्थानमा यस कार्यालय बाट प्र.ब.ना.नि.बुद्वि प्रसाद रानाको कमाण्डमा ५ जनाको टोली खटिगई हेर्दा बिभिन्न किसिमका निम्न पटकाहरु(१ बोरा) फेला पारी यस कार्यालयममा ल्याई राखिएको ।
निम्नः-
१) मुन्ना पटका २० पाकेट भित्र रहेको २०,००० पिस (मुल्य अं. रु.दुई लाख )
२) POP पटका ३ डिब्बा भित्र रहेको २०० पिस( मुल्य अं.रु.चार हजार)
३) Wonder Throw पटका थान-२० (मुल्य अं.रु.एक हजार)
४) KO201पटका ५ डिब्बा भित्र रहेको ५० पिस (मुल्य अं.रु.एक हजार)
५) Small पटका ५ डिब्बा भित्र रहेको ५० पिस (मुल्य अं.रु.दुई हजार पाँच सय )
६) 2 Sound पटका थान ५० (मुल्य अं.रु.छ हजार)
जम्मा :- २,१४,५०० (दुई लाख चौध हजार पाँच सय )

मिति २०८१।०७।०७ गते जिल्ला दाङ गढवा गा.पा.वडा नं. ०६ गढवा बजार बस्ने बर्ष १४ को अली हुसेन  बिद्यालय बाट घर फर्किने क्रमम...
27/10/2024

मिति २०८१।०७।०७ गते जिल्ला दाङ गढवा गा.पा.वडा नं. ०६ गढवा बजार बस्ने बर्ष १४ को अली हुसेन बिद्यालय बाट घर फर्किने क्रममा घर नआई सम्पर्क विहिन भएको भनी मिति २०८१।०७।०८ गते निजको शिक्षक मौलाना अतिकुर रहमानले यस कार्यालय निवेदन लेखी पेश गरेकोमा निज बालकलाई मिति २०८१।०७।१० गते जिल्ला दाङ गढवा गा.पा. वडा नं. ६ गढवा बजारमा स्थित व्यवारिसे अवस्थामा हिडिरहेको वखतमा यस कार्यालय बाट खटिएको पिकेट डिउटीले फेला पारी निजको आमा समिर उल निशालाई यस कार्यालयमा उपस्थित गराई सकुशल जिम्मा लगाई पठाईएको केही तस्विरहरू ............................................................।

जन्मदिनको शुभकामना,==============
27/10/2024

जन्मदिनको शुभकामना,
==============

सकुशल जिम्मा लगाईएको ।================मिति २०८१।०७।१० गते १३ः०० बजेको समयमा जिल्ला दाङ गढवा गाउँपालिका वडा नं.३ भैसीकुट्...
26/10/2024

सकुशल जिम्मा लगाईएको ।
================
मिति २०८१।०७।१० गते १३ः०० बजेको समयमा जिल्ला दाङ गढवा गाउँपालिका वडा नं.३ भैसीकुट्टी बस्ने बर्ष-१० को सुरेश बुढा मगर र बर्ष-८ को सौगात घर्ती मगरलाई जिल्ला दाङ गढवा बजार चौकमा फेला पारी सोधपुछ गर्दा घरमा कोही कसैलाई जानकारी नगराई घोराही दाङतर्फ हिडेको भनेकाले निजहरुको अभिभावकलाई यस कार्यालयमा बोलाई सकुशल जिम्मा लगाईएको ।

आज मिति २०८१।०७।०८ गते अं.१२:२० बजेको समयमा जिल्ला दाङ गढवा गा.पा. वडा नं. ६ स्थित यस इलाका प्रहरी कार्यालय गढवा दाङको प...
24/10/2024

आज मिति २०८१।०७।०८ गते अं.१२:२० बजेको समयमा जिल्ला दाङ गढवा गा.पा. वडा नं. ६ स्थित यस इलाका प्रहरी कार्यालय गढवा दाङको परिसरमा यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. कालिका कार्की ज्युको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल ज्यू को प्रमुख आतिथ्तामा श्री नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशानलयका प्रहरी वरिष्ठ उपरीक्षक राम कुमार चौधरी ज्यू, UNOPS संस्थाका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपाने ज्यू, UNOPS संस्थाका Lead Architect (Infrastructure Manager) शिशिर उपाध्याय ज्यू, लुम्बिनि प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्र.नि. गिता प्रसाद चौधरीज्यू तथा विभिन्न पार्टी, युवाक्लव, आमा समुहका अध्यक्ष तथा प्रतिनिधीहरु, संचार कर्मीहरु गरी अं. ५०-६० जनाको उपस्थितमा SJP Police Component कार्यक्रम अन्तर्गत यस कार्यालय परिसर भित्र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण सम्बन्धमा निर्माणस्थल भ्रमण तथा सम्बन्धित सरोकारवाला निकाय विच अन्तरक्रिया कार्यक्रम १३:१५ बजेको समयमा कार्यक्रम सु-सम्पन्नको केही तस्विरहरू........................................................................................।

जेष्ठ नागरिकलाई जिम्मा लगाईएको ‌‌‌=====================मिति २०८१।०७।०४ गते अ.३ः०० बजेको समयमा जिल्ला दाङ गडवा गा.पा.वडा ...
22/10/2024

जेष्ठ नागरिकलाई जिम्मा लगाईएको
‌‌‌=====================
मिति २०८१।०७।०४ गते अ.३ः०० बजेको समयमा जिल्ला दाङ गडवा गा.पा.वडा नं.०५ पर्नाहा बस्ने बर्ष ७५ को गोपीराम चौधरी आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई सम्पर्क बिहिन रहेको भनी निजको बुहारीले मिति २०८१।०७।०५ गते यस कार्यालयमा निवेदन लेखी पेश गरेकोमा निज जेष्ठ नागरिक (पुरुष) लाई आज मिति २०८१।०७।०६ गते जिल्ला दाङ गढवा गा.पा.वडा नं.०७ शान्तीपुर स्थित खेतमा हिडिरहेको अवस्थामा यस कार्यालय बाट खटिएको गस्ती टोली गस्ती गर्ने क्रम्मा फेला पारी स-कुशल निजको छोरा छोटे नारायण चौधरीको जिम्मा लगाईएको ।

निरीक्षण सम्पन्न,===========आज मिति २०८१।०७।०४ गते ०७:३० बजेको समयमा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई चुस्त द...
20/10/2024

निरीक्षण सम्पन्न,
===========
आज मिति २०८१।०७।०४ गते ०७:३० बजेको समयमा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुष्ट राख्नको लागि यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक बुद्धि प्रसाद रानाबाट व्यक्तिगत टर्न आउट, व्यारेक, हिरासत कक्ष, कन्ट्रोल रुम, कार्यालय कम्पाउण्ड समेतको निरीक्षण सम्पन्न ।

मौलो पुजा======आज मिति २०८१।०६।२५ गते यस इलाका प्रहरी कार्यालय गढवा दाङमा नेपालीहरूको महान चार्ड बिजया दशमीको ८ औँ (दिनम...
11/10/2024

मौलो पुजा
======
आज मिति २०८१।०६।२५ गते यस इलाका प्रहरी कार्यालय गढवा दाङमा नेपालीहरूको महान चार्ड बिजया दशमीको ८ औँ (दिनमहाअष्टमी/महानवमी) यस कार्यालयका कार्यालय प्रमुख प्र.नि.श्री कालिका कार्की ज्यू अन्य प्रहरी कार्मचारीहरू बाट यस कार्यालयमा रहेको भगवती माई मन्दिरमा मौलो पुजा गरी सम्पन्न गरिइको केही झलकहरू.............................................................................।

Address

Gadhawa
Dang

Alerts

Be the first to know and let us send you an email when Area Police Office Gadhawa Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Gadhawa Dang:

Share